back

डडेल्धुराका तीन गाउपालिकामा काँग्रेस विजयी

वि.सं.२०७४ असार १७ शनिवार

606 

shares
IME Limited
NTC AD

congresh-flag

१७ असार, डडेल्धुरा । गन्यापधुरा गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेपाली काँग्रेसका नवल मल्ल तीन हजार ३६९ र कमला ठगुन्ना तीन हजार ४०७ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

मल्लका प्रतिद्वन्द्वी नेकपा (एमाले)का वीरेन्द्र मल्लले एक हजार ९४६ र ठगुन्नाका प्रतिद्वन्द्वी कृष्णा ओझाले एक हजार ८७३ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी आलिताल गाउँपालिका अध्यक्षमा काँग्रेसकै बलबहादुर गुरुङ दुई हजार २६१ र उपाध्यक्षमा जलादेवी बोगटी दुई हजार २४२ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँहरूका प्रतिद्वन्द्वी क्रमशः माओवादी केन्द्रका जगत पार्कीले दुई हजार ९८ र उपाध्यक्षका उम्मेदवार हरिना खत्रीले एक हजार ९९४ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै भागेश्वर गाउँपालिकामा अध्यक्षमा कौशिला भट्ट दुई हजार सात र उपाध्यक्षमा पदम बोहरा एक हजार ८४४ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँहरूका प्रतिद्वन्द्वी क्रमशः एमालेका विष्णु ठकुराठीले एक हजार ८४४ र कमला मालीले एक हजार ४९५ मत ल्याउनुभएको छ ।

त्यसैगरी अजयमेरु गाउँपालिकामा नेकपा(माओवादी केन्द्र)का उमेशप्रसाद भट्ट दुई हजार ६९० र माओवादी केन्द्रकै कलावती भाण दुई हजार १७१ मत ल्याएर अध्यक्ष र उपाध्यक्षमा विजयी हुनुभएको छ ।

उहाँहरूका निकटतम प्रतिद्वन्द्वी क्रमशः नेपाली काँगे्रसका लोकराज भट्टले एक हजार ७७९ र कमला विष्टले एक हजार ७७५ मत प्राप्त गर्नुभएको छ ।

वि.सं.२०७४ असार १७ शनिवार ०३:०८ मा प्रकाशित

एक करोड बढीका अवैध सामान बरामद

एक करोड बढीका अवैध सामान बरामद

रौतहट । सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण हेडक्वाटर...

अर्थतन्त्रका चुनौतीलाई सामना गर्नेगरी बजेट आएको छः अर्थमन्त्री

अर्थतन्त्रका चुनौतीलाई सामना गर्नेगरी बजेट आएको छः अर्थमन्त्री

काठमाडौँ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रका चुनौतीलाई सामना...

हेवाखोलामा बेलीबृज जडान गर्न सरकारको ध्यानाकर्षण

हेवाखोलामा बेलीबृज जडान गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद योगेशकुमार भट्टराईले पाँचथरको...

निष्पक्षताका लागि लोक सेवा आयोगप्रति जनविश्वास प्रबल छ : प्रधानमन्त्री ओली

निष्पक्षताका लागि लोक सेवा आयोगप्रति जनविश्वास प्रबल छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निष्पक्षता कायम गर्ने कुरामा...

पर्यटक भित्र्याउन धार्मिक पर्यटन प्रवर्द्धन अपरिहार्य : मन्त्री पाण्डे

पर्यटक भित्र्याउन धार्मिक पर्यटन प्रवर्द्धन अपरिहार्य : मन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मुलुकका...

संसद्को गतिरोध हटाउने प्रयासमा सभामुख

संसद्को गतिरोध हटाउने प्रयासमा सभामुख

काठमाडौँ । सभामुख देवराज घिमिरेले संसद्मा जारी अवरोध हटाउन राष्ट्रिय...