back
CTIZAN AD

डडेल्धुराका तीन गाउपालिकामा काँग्रेस विजयी

वि.सं.२०७४ असार १७ शनिवार

984 

shares

congresh-flag

१७ असार, डडेल्धुरा । गन्यापधुरा गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेपाली काँग्रेसका नवल मल्ल तीन हजार ३६९ र कमला ठगुन्ना तीन हजार ४०७ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

मल्लका प्रतिद्वन्द्वी नेकपा (एमाले)का वीरेन्द्र मल्लले एक हजार ९४६ र ठगुन्नाका प्रतिद्वन्द्वी कृष्णा ओझाले एक हजार ८७३ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी आलिताल गाउँपालिका अध्यक्षमा काँग्रेसकै बलबहादुर गुरुङ दुई हजार २६१ र उपाध्यक्षमा जलादेवी बोगटी दुई हजार २४२ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँहरूका प्रतिद्वन्द्वी क्रमशः माओवादी केन्द्रका जगत पार्कीले दुई हजार ९८ र उपाध्यक्षका उम्मेदवार हरिना खत्रीले एक हजार ९९४ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै भागेश्वर गाउँपालिकामा अध्यक्षमा कौशिला भट्ट दुई हजार सात र उपाध्यक्षमा पदम बोहरा एक हजार ८४४ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँहरूका प्रतिद्वन्द्वी क्रमशः एमालेका विष्णु ठकुराठीले एक हजार ८४४ र कमला मालीले एक हजार ४९५ मत ल्याउनुभएको छ ।

त्यसैगरी अजयमेरु गाउँपालिकामा नेकपा(माओवादी केन्द्र)का उमेशप्रसाद भट्ट दुई हजार ६९० र माओवादी केन्द्रकै कलावती भाण दुई हजार १७१ मत ल्याएर अध्यक्ष र उपाध्यक्षमा विजयी हुनुभएको छ ।

उहाँहरूका निकटतम प्रतिद्वन्द्वी क्रमशः नेपाली काँगे्रसका लोकराज भट्टले एक हजार ७७९ र कमला विष्टले एक हजार ७७५ मत प्राप्त गर्नुभएको छ ।

वि.सं.२०७४ असार १७ शनिवार ०३:०८ मा प्रकाशित

शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदका लागि आवेदन माग

शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदका लागि आवेदन माग

काठमाडौँ । सरकारले शिक्षक सेवा आयोगको रिक्त अध्यक्ष र दुई...

आजदेखि बढ्यो सरकारी कर्मचारीको तलब, २१ प्रतिशत वृद्धि कार्यान्वयनमा

आजदेखि बढ्यो सरकारी कर्मचारीको तलब, २१ प्रतिशत वृद्धि कार्यान्वयनमा

काठमाडौं । नयाँ आर्थिक वर्ष २०८३/८४ आजदेखि औपचारिक रूपमा सुरु...

पेन्सन पाएका कर्मचारीलाई अब करारमा राख्न नपाइने, सरकारको नयाँ निर्णय लागू

पेन्सन पाएका कर्मचारीलाई अब करारमा राख्न नपाइने, सरकारको नयाँ निर्णय लागू

काठमाडौं । सरकारले सरकारी सेवाबाट अवकाश लिएर निवृत्तिभरण (पेन्सन) वा...

आज देखि बढ्दैछन् यी क्षेत्रहरुमा कर, कुन क्षेत्रमा कति बढ्दैछ हेर्नुस्

आज देखि बढ्दैछन् यी क्षेत्रहरुमा कर, कुन क्षेत्रमा कति बढ्दैछ हेर्नुस्

काठमाडौं । सरकारले आजदेखि लागू हुने गरी विभिन्न वस्तु तथा...

मिटरब्याज पीडित र सरकारबिच वार्ता हुँदै

मिटरब्याज पीडित र सरकारबिच वार्ता हुँदै

काठमाडौं । मिटरब्याज पीडित सङ्घर्ष समिति र सरकारबिच सिंहदरबारमा आज...

एनआरएन नागरिकता वा एनआरएन कार्ड भएकाले अब बैंक खाता खोल्न सक्ने

एनआरएन नागरिकता वा एनआरएन कार्ड भएकाले अब बैंक खाता खोल्न सक्ने

काठमाडौं । अब गैरआवासीय नेपाली (एनआरएन) नागरिकता वा एनआरएन परिचयपत्र...