१८ असार, पाचँथर । पाँचथरको फाल्गुनन्द गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । गाउँपालिका अध्यक्षमा अमर नेम्वाङ ४ हजार १ सय ६३ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका वीरबहादुर कुरुङबाङले ३ हजार ३ सय ६७ ल्याएका हुन् ।
यसै गरि उपाध्यक्षमा कांग्रेसकी देवित्रा आङदेम्बे ३ हजार ९ सय ५३ मत ल्याएर विजयी भएकी छन् । उनकी निकटतम प्रतिद्वन्दी एमालेकी करुणा राईले ३ हजार ३ सय ९४ मत ल्याएकी छन् ।
वि.सं.२०७४ असार १८ आइतवार ०८:०० मा प्रकाशित