back
CTIZAN AD

रियल म्याड्रिडका फरवार्ड डाएज फ्रेन्च क्लब लियोनमा अनुवन्धित

वि.सं.२०७४ असार १८ आइतवार

1K 

shares

diazz

१८ असार, एजेन्सी । रियल म्याड्रिडका स्पेनिश फरवार्ड मारिएनो डाएज फ्रेन्च क्लब ओलम्पिका लियोनमा अनुबन्धित भएका छन् । फ्रेन्च क्लबले डाएजलाई करिब ८० लाख युरोमा डाएजलाई किनेको हो । गत सिजन रियलको पहिलो टिममा पर्न सफल डाएज रियल म्याड्रिड एकेडेमीका उत्पादन समेत हुन् । रियल म्याड्रिडको रिर्जभ साईड तथा स्पेनको तेस्रो डिभिजनको क्लब क्यासिल्लाका भरपर्दा स्ट्राईकर हुन् ।

lyon
गत सिजन रियलको पहिलो टिमबाट खेल्दै ४ गोल समेत गरेका छन् । उनी रियलमा थोरै खेलमा सिमित हुन् परेको भन्दै नियमित फुटबल खेल्न पाउने अवसरको खोजीमा रियल म्याड्रिड छाडेर लियोन गएका हुन् ।
उनले लियोनमा समेत स्टार स्ट्राइकर एलेक्जान्डर लाकाजेटि, मेम्फिस डिपे जस्ता चर्चित खेलाडीहरु सँग पहिलोरोजाईमा पर्न प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ ।

वि.सं.२०७४ असार १८ आइतवार ११:४९ मा प्रकाशित