Logo
१७ चैत्र २०७९, शुक्रबार
     Fri Mar 31 2023
E-paper
  English Edition
   Unicode
Logo

कन्फडरेसन कप फाईनल आज ः चिली भर्सेस जर्मनी कसको सम्भावना कति ?



chiliean

१८ असार एजेन्सी । रुसमा जारी कन्फडेरेसनको फाईनलमा आज राति जर्मनी चिली एक आपसमा आम्नेसाम्ने हुदै छन् । आज राति पौने १२ बजे रुसको सेन्ट पिर्टसबर्गमा हुन गईरहेको यो खेल निकै प्रतिस्पर्धी हुने अनुमान गरिएको छ । समुह चरणको खेलमा एक एक बराबरी खेलेका यी दुई टोलीहरु फाईनलमा प्रतिस्पर्धा गर्न लागेका हुन् । जर्मनीले सेमिफाईनलमा मेक्सिकोलाई ४ १ गोलले पराजित गर्दै फाईनलको यात्रा तय गरेको हो । प्रतियोगितामा मुख्य खेलाडीहरुलाई आराम दिएर युवा खेलाडीहरुलाई खेलाएको जर्मन युवा टोलीले निकै स्तरीय प्रर्दशन गर्दै आएको छ । जर्मनीका टिम वेर्नर, जुलियन डल्याक्सर, जोसुवा किमिच, लेरोए साने, मार्क टर स्टेगेन लगायतका खेलाडीले उत्कृष्ट प्रर्दशन गर्दै आएका छन् । आक्रामक तथा बल पोसेसनमा उत्कृष्ट खेल खेल्दै काउन्टर आक्रमण गर्न माहिर जर्मन टोलीलाई प्रतियोगिताको उपाधि जित्न सक्ने टोलीके रुपममा लिइएको छ ।

germany
एता दक्षिणी अमेरिकी टोली चिली भने निकै रक्षात्मक खेल खेल्दै आएको छ । शारिरीक रुपमा निकै शसक्त चिलीका खेलाडीहरु रक्षात्मक खेल खेल्दै आएका छन् । चिलीले नियमित टाईम सम्म रक्षात्मक खेल खेल्दै अतिरिक्त समयमा पुराएर पेनाल्टी सुटआउट सम्म रणनितिमा हुने छन् । जुन रणनितीमा चिलीयन टोली ३ वर्ष देखि सफल हुदै आएको छ । सेमिफाईनलमा चिलीका कप्तान तथा गोलकिपर क्लाउडिओ ब्राभो उत्कृष्ट फर्ममा रहेका छन् । उनले सेमिफाईनलमा पोर्चुगलको ३ वटा पेनाल्टी रोकेका थिए । चिलीयन टोलीले लामो समय सम्म बललाई हावामा नियन्त्रण गर्दै खेल खेल्न माहिर रहेका छन् ।

claudio bravo

तर्सथ यी दुई टोली बिचको खेल निकै रोमाञ्चक हुने कुरामा दुईमत रहेको छैन् । दुवै टोलीले उत्कृष्ट खेल खेलिरहेको कारण यो टिमले उपाधि जित्छ भनेर अनुमान लगाउन निकै गाह्रो हुन्छ । फुटबल विश्लेषकहरुले यो खेललाई ५०\५० को खेल भनेर विश्लेषण गरेको देखिन्छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

लिस्बन । युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी विभाग

काठमाडौं । स्किल सेवा प्रालिले घर निर्माण सम्बन्धी निःशुल्क प्राविधिक परामर्श दिने भएको छ