back
CTIZAN AD

अरुण खोलाले बगाएका बालकको पन्ध्र घण्टापछि जीवितै उद्धार

वि.सं.२०७४ असार २७ मंगलवार

834 

shares

२७ असार, रामपुर, पाल्पा । अरुणखोलाले बगाएर खोलाको बीचमा अलपत्र अवस्थामा बसेका एक बालकको १५ घण्टापछि जीवितै उद्धार गरिएको छ ।

निस्दी गाउँपालिका–४ मित्याल गोठडाँडा बस्ने वर्ष १० का रजिन सुनारी अरुण खोलाको बीच भागमा अलपत्र अवस्थामा अड्किएर बसेका थिए ।

खोलामा पानीको बहाव बढेका कारण उनको सोमबार नै तत्काल उद्धार हुन सकेको थिएन । आज बिहान ६ बजे उनको रुप्सेभन्ज्याङ प्रहरीचौकी मित्यालको टोली र स्थानीयवासीद्वारा सकुशल उद्धार गरिएको छ ।

सोमबार दिउँसो करिब ३ बजेको समयमा अरुणखोलाको दोभानमा रहेको भन्टाकेको नारटोडी खोलामा पौडी खेल्ने क्रममा खोलामा एक्कासि पानी बढेर आउँदा उनलाई बगाएर अरुणखोलामा पु¥याएको हो ।

पौडी खेलेको स्थानबाट झन्डै २०० मिटर तल अरुण खोलाको बीच भागमा थुप्रिएको बगरमा उनलाई आफन्तले देखेपनि उनको उद्धार गर्न सकिएको थिएन ।

बालकले इशारा गरेर उद्धारका लागि आफन्तलाई बोलाए पनि खोलामा पानीको गति बढ्दो अवस्थामा रहेकाले खोलामा पस्न नसक्दा उनको आज बिहान मात्र उद्धार भएको स्थानीयवासी धनबहादुर ठाडाले जानकारी दिनुभयो ।

वि.सं.२०७४ असार २७ मंगलवार ०३:२६ मा प्रकाशित

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

नेपालगञ्ज । बाँकेको सीमा क्षेत्रबाट हुने बोइलर कुखुराको अवैध ओसारपसार...

ज्योति विकास बैंकका एटिएमहरूमा ‘नेपालपे’ कार्ड चल्ने

ज्योति विकास बैंकका एटिएमहरूमा ‘नेपालपे’ कार्ड चल्ने

काठमाडौँ । ज्योति विकास बैंकका ग्राहक तथा सर्वसाधारणले अब बैंकको...

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

कर्णाली । सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन...

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

गण्डकी । बिना व्यावसायिक योजना निर्माण गरिएका कतिपय विमानस्थल सञ्चालनमा...

आँपको उत्पादन बढ्यो, घटेन मूल्य

आँपको उत्पादन बढ्यो, घटेन मूल्य

काठमाडौँ । आँपको उत्पादनको पछिल्लो तथ्यांक हेर्ने हो भने यसको...

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन । ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडक पूर्ण रूपमा...