back

तिनाउ खोलामा बेपत्ता जिपका चार यात्रु अझै फेला परेनन्

वि.सं.२०७४ असार २७ मंगलवार

498 

shares
IME Limited
NTC AD

tinauko badhi

२७ असार,  पाल्पा । पाल्पाको तिनाउ खोलामा बेपत्ता भएका चार यात्रु तीन दिनसम्म अझै फेला परेका छैनन् ।

पाल्पा जिल्लाको माथागढी गाउँपालिका–३ र तानसेन नगरपालिका–९ स्थित अमलेनमा पुलबाट आइतबार लु १ ज १७१२ नम्बरको जिपसहित चार यात्रुलाई बाढीले बगाउँदा दुई महिला र दुई पुरुष तिनाउ खोलामा बेपत्ता भएको प्रहरीले जनाएको छ ।

पाल्पामा वर्षाका कारण खोलामा पानीको बेग बढेकाले बेपत्ताको खोजी कार्य सफल हुन नसकेको हो । प्रहरीले जिपको सिट भेटृाए पनि जिप र चार यात्रु अझै फेला पार्न नसकेको हो ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीले तिनाउ खोलाको चरचरे, झुम्सा र अमलेनमा खोजी कार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय पाल्पाका नायब प्रहरी उपरीक्षक रमेश पण्डितले जानकारी गराउनुभयो ।

तानसेन नगरपालिकाको भुसलडाँडा बस्ने २६ वर्षीया उषा श्रेष्ठ, माथागढी गाउँपालिका–१ का २३ वर्षीय तिलविर गाहा, सोही स्थानका ४३ वर्षीया माया गाहा, बगनासकाली गाउँपालिकाका ४० वर्षीय पदमबहादुर कुवर मगरलाई आइतबारदेखि तिनाउ खोलामा बगाएको हो । गाडी चालक शक्ति श्रेष्ठको भने उद्धार गरी ज्यान जोगिएको छ ।

तीनदिन अघिसम्मको अविरल वर्षाका कारण माडी क्षेत्र डुबानमा परेको छ । तानसेन नगरपालिकाका तीन घर अति जोखिममा रहेका छन् । पाल्पाको माडी क्षेत्रमा वर्षेनी डुबानको समस्या हुने र पुलमा मानिस बगाउँदै आएको स्थानीय बासिन्दा बताउँछन् ।

वि.सं.२०७४ असार २७ मंगलवार ०५:५८ मा प्रकाशित

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली नेपाल–चीन सिमानाको ल्हेन्दे खोला...

ल्हेन्दे खोला बाढीः ५७ जनाको उद्धार

ल्हेन्दे खोला बाढीः ५७ जनाको उद्धार

रसुवा । नेपाल–चीन सिमानाको ल्हेन्दे खोलामा सोमबार राति आएको बाढी...

हिमाली क्षेत्रमा बढी मूल्यवृद्धि

हिमाली क्षेत्रमा बढी मूल्यवृद्धि

काठमाडौँ । तुलनात्मक रुपमा हिमाली क्षेत्रमा बढी महङ्गी देखिएको छ...

भारी वर्षा बिना कसरी गयो भोटेकोसीमा बाढी ?

भारी वर्षा बिना कसरी गयो भोटेकोसीमा बाढी ?

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले नेपाल र चीनको...

विदेशी मुद्रा सञ्चिती २५ खर्ब ६९ अर्ब

विदेशी मुद्रा सञ्चिती २५ खर्ब ६९ अर्ब

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को जेठ मसान्तसम्ममा चालु...

खराब कर्जा बढ्दा बैंक तथा वित्तीय संस्थामा समस्याः गभर्नर पौडेल

खराब कर्जा बढ्दा बैंक तथा वित्तीय संस्थामा समस्याः गभर्नर पौडेल

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलले कृषि...