back
CTIZAN AD

तिनाउ खोलामा बेपत्ता जिपका चार यात्रु अझै फेला परेनन्

वि.सं.२०७४ असार २७ मंगलवार

795 

shares

tinauko badhi

२७ असार,  पाल्पा । पाल्पाको तिनाउ खोलामा बेपत्ता भएका चार यात्रु तीन दिनसम्म अझै फेला परेका छैनन् ।

पाल्पा जिल्लाको माथागढी गाउँपालिका–३ र तानसेन नगरपालिका–९ स्थित अमलेनमा पुलबाट आइतबार लु १ ज १७१२ नम्बरको जिपसहित चार यात्रुलाई बाढीले बगाउँदा दुई महिला र दुई पुरुष तिनाउ खोलामा बेपत्ता भएको प्रहरीले जनाएको छ ।

पाल्पामा वर्षाका कारण खोलामा पानीको बेग बढेकाले बेपत्ताको खोजी कार्य सफल हुन नसकेको हो । प्रहरीले जिपको सिट भेटृाए पनि जिप र चार यात्रु अझै फेला पार्न नसकेको हो ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीले तिनाउ खोलाको चरचरे, झुम्सा र अमलेनमा खोजी कार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय पाल्पाका नायब प्रहरी उपरीक्षक रमेश पण्डितले जानकारी गराउनुभयो ।

तानसेन नगरपालिकाको भुसलडाँडा बस्ने २६ वर्षीया उषा श्रेष्ठ, माथागढी गाउँपालिका–१ का २३ वर्षीय तिलविर गाहा, सोही स्थानका ४३ वर्षीया माया गाहा, बगनासकाली गाउँपालिकाका ४० वर्षीय पदमबहादुर कुवर मगरलाई आइतबारदेखि तिनाउ खोलामा बगाएको हो । गाडी चालक शक्ति श्रेष्ठको भने उद्धार गरी ज्यान जोगिएको छ ।

तीनदिन अघिसम्मको अविरल वर्षाका कारण माडी क्षेत्र डुबानमा परेको छ । तानसेन नगरपालिकाका तीन घर अति जोखिममा रहेका छन् । पाल्पाको माडी क्षेत्रमा वर्षेनी डुबानको समस्या हुने र पुलमा मानिस बगाउँदै आएको स्थानीय बासिन्दा बताउँछन् ।

वि.सं.२०७४ असार २७ मंगलवार ०५:५८ मा प्रकाशित

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

गण्डकी । बिना व्यावसायिक योजना निर्माण गरिएका कतिपय विमानस्थल सञ्चालनमा...

आँपको उत्पादन बढ्यो, घटेन मूल्य

आँपको उत्पादन बढ्यो, घटेन मूल्य

काठमाडौँ । आँपको उत्पादनको पछिल्लो तथ्यांक हेर्ने हो भने यसको...

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन । ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडक पूर्ण रूपमा...

एनआईसी एशिया बैंकको “मोबैंक” एपबाटै सजिलै डाटाप्याक खरिद गर्न सकिने

एनआईसी एशिया बैंकको “मोबैंक” एपबाटै सजिलै डाटाप्याक खरिद गर्न सकिने

काठमाडौँ । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई इन्टरनेट सेवामा निरन्तर...

जगेडा ग्यास नराख्न उद्योगीको आग्रह

जगेडा ग्यास नराख्न उद्योगीको आग्रह

चितवन । नेपाल एलपी ग्यास उद्योग सङ्घले उपभोक्तालाई आवश्यकताभन्दा बढी...

सांसद खनालले धम्काए अस्पताल व्यवस्थापन समिति सदस्य थापालाई

सांसद खनालले धम्काए अस्पताल व्यवस्थापन समिति सदस्य थापालाई

कैलाली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद केपी खनालले...