back
CTIZAN AD

 एनआरएनए कतारको सचिवमा दिल कुमार श्रेष्ठको उम्मेदवारी

वि.सं.२०७४ साउन १ आइतवार

759 

shares

dil-kumar-shresthaगैरआवासीय नेपाली संघ कतार च्याप्टरको सचिव पदमा दिल कुमार श्रेष्ठले उम्मेदवारी दिएका छन् । पर्वतको फलेवास नगरपालिका वडा नं २ थापाठाना घर भइ हाल कतारमा कार्यरत श्रेष्ठले मध्यपूर्वमा सम्पूर्ण नेपालीहरुको आवाजलाई उठाउन तथा क्रमिक रुपमा अगाडि बढ्नुपर्छ भन्ने महसुस गरेर आफूले उम्मेदवारी दर्ता गरेको बताएका छन् ।
लामो समयदेखि संचार क्षेत्रमा आवद्ध श्रेष्ठ कतारमा रहेका नेपालीको समयस्या, दुःख, पीडा तथा खुसी अनि सफलताका कथाहरुमा सक्रिय रहेर कलम चलाएका छन् ।

उनले भनेका छन्

‘गैरआवासिय नेपाली संघ कतार च्याप्टरको सचिव पदमा मेरो उम्मेद्धवारी
नाम दिल कुमार श्रेष्ठ
ठेगानाः फलेवास नगरपालिका ( २, थापाठाना पर्वत ।

हाल -दोहा कतार आदरणिय परिषद् सदस्यज्यूहरु, गैर आवासिय नेपाली संघ कतार च्याप्टर ।

सर्बप्रथम त यस गरिमामय संस्थाको बर्ष २०१७ –२०१९ को लागि परिषद् सदस्य हुनु यहाँलाई भएकोमा मुरी मुरी बधाइ दिदै गैरआवासीय नेपाली संघ कतार च्याप्टरको आसन्न सातौ महाधिवेशनमार्फत चयन हुने कार्यसमितिको सचिव पदमा मैले आफ्नो उम्मेद्धवारी दर्ता गराउने जानकारी गराउन चाहान्छु । गैरआवासिय नेपाली संघ आज नेपालीहरुको विश्वव्यापी संगठन सहित स्थापित भइरहेको परिवेसमा हामी बैदेशिक रोजगारीको क्रममा प्रवासमा रहेका समस्त नेपालीहरुका तत्कालिन तथा दिर्घकालिन समस्याहरु एवं सुरक्षित तथा समुन्न्त भविष्यका विषयहरुलाइ एन आर एन अभियानमा समेटिनु पर्दछ । यति मात्र होइन बेला बेलामा विभिन्न कोणबाट आलोचना खेपिरहेको संस्थालाइ सुधार गर्दै सबै तहका गैरआवासियहरुको नितान्त सामाजिक छाता संस्थाको रुपमा विकास गर्दै लानु अर्को चुनौति छ । यि सबै गहन विषयहरुलाई निणर्य र कार्यान्वयनको तहसम्म पुर्याउन संस्थाको गरिमालाई उच्च राख्दै राष्ट्रिय समन्न्वय परिषदको तहदेखि नै उपयुक्त पहल गरिनुपर्छ भन्ने मेरो मान्यता हो ।

हामी तमाम मध्यपूर्वमा कार्यरत गैरआवासियहरुका यी आवाजलाइ उठाउनको लागि आफू पनि क्रमिक रुपमा अगाडि बढ्नु पर्छ भन्ने महसुस गरी मैले यो उम्मेद्धवारी दर्ता गरेको छु । साथै एक जिम्मेबार पार्षदको रुपमा संस्थालाई केहि न केहि योगदान दिनु आफ्नो दायित्व समेत सम्झेको छु र जुन मैले सचिबको जिम्मेबारी बाट नै दिने प्रयास गर्नेछु। पत्रकारिताको साथै सदैव संस्थागत सामाजिक गतिविधिहरुमा रुचि राख्ने गरेको म विगतमा विभिन्न संस्थामा आबद्ध रहि सचिव तथा महासचिव लगाएतका जिम्मेवारीहरु बहन गरिसकेको छु िसाथै राष्ट्रिय समन्न्वय परिषद्का अधिकांश कार्यक्रमहरुमा निरन्तर सहभागी भइरहेकोले पनि यो जिम्मेवारी समेत बहन गर्न सक्छु भन्ने आत्मविश्वासका साथ अगाडि बढेको छु । सकरात्मक सोच, दायित्वबोध, अनुशासित तथा निष्पक्ष कार्य सम्पादन जस्ता कुराहरु संस्थागत जीवनका आधार हुन भन्ने यथार्थतालाई आत्मसाथ गर्दे भोलिका दिनहरुमा राजनैतिक, साम्प्रदायिक घेराबाट माथि उठेर नितान्त सामाजिक कार्यकर्ताको रुपमा कार्य गर्ने प्रतिबद्धताका साथ यहाँहरुको पूर्ण सहयोगको लागि विनम्र अनुरोध गर्दछु । आशा छ यस गरिमामय संस्थाको परिषद सदस्यका हैसियतले यहाँले आफ्नो अमूल्य मतको सहि प्रयोग गर्दै मलाइ विजयी बनाउनुहुनेछ ।’

दिल कुमार श्रेष्ठ
निवर्तमान महासचिव
पर्वत युवा सेवा समाज कतार

वि.सं.२०७४ साउन १ आइतवार ०८:१८ मा प्रकाशित

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

नैरोबी, केन्या । २१३ औं भानु जयन्तीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली...

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

प्रेमपरियार, नर्वे । नेपाली जन सम्पर्क समिति जे एस एस...

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्किल, नलेज एण्ड...

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...