
१ साउन, कतार । प्रवाशी नेपाली मंच कतारको पाचौ अधिबेशन नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ । अधिवशेनले चानक पोखरेलको अध्यक्षतामा ३५ सदस्यीय कमिटी चयन गरेको हो । उपाध्यक्षमा क्रमशः द्रोणबहादुर बस्नेत, चानिलाल राजबंशी, जियाबाबु खान, अब्दुल अफिज मिया, पूर्णबहादुर नेपाली, सजनी केसी कार्की रहेका छन् । यसैगरी, महासचिबमा मुनाफ मिया, सचिबमा प्रभात त्रिपाठी, कोषाध्यक्षमा चेतनारायण श्रेष्ठ निर्वाचित भएका छन् ।
सदस्यहरुमा क्रमशः रामनाथ शर्मा, बिजयबिक्रम बस्नेत, छविरमण कटुवाल, यज्ञप्रसाद दाहाल, बालकृष्ण भित्रीकोटी, आर्इबहादुर खत्री, बिष्णुप्रसाद गौतम, खिमबहादुर राना, धर्मेन्द्र खड्का, मित्रबहादुर बिक, चन्द्र बिक, गोबिन्द सुबेदी, सन्तोष खड्का, सन्तोष कुमार गुरुङ, गणेशप्रसाद ढकाल, हेमबहादुर बगाले, गणेश प्रसाद थक्लुंग लिम्बु, तानबहादुर खण्डलुक मगर, चोलाकान्त बिक, यासिन मामा, महमद तस्लिम, मञ्जु गुरुङ र राम उद्गार महतो निर्वाचित भएका छन् ।
वि.सं.२०७४ साउन १ आइतवार ०८:०७ मा प्रकाशित