back
CTIZAN AD

नेपालले विश्व पौडी च्याम्पियनसिपमा भाग लिने

वि.सं.२०७४ साउन ३ मंगलवार

669 

shares

३ साउन, काठमाडौँ  । नेपालले हङ्गेरीको बुढापेस्टमा हुने सत्रौँ एसियाली विश्व पौडी च्याम्पियनसिपमा सहभागिता जनाउने भएको छ । यही साउन ८ गतेदेखि सञ्चालन हुने पौडीमा चार खेलाडीसहित ६ सदस्यीय नेपाली टोली भोलि त्यसतर्फ प्रस्थान गर्दैछ । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का कोषाध्यक्ष एवं ओलम्पियन सुरेन्द्र हमाल, पौडी सङ्घका महासचिव जगतमान श्रेष्ठले आज एक कार्यक्रमबीच सफलताको शुभकामना दिँदै बिदाइ गर्नुभयो ।

प्रतियोगितामा पुरुषको ५० र १०० मिटर ब्रेस्टस्ट्रोकमा शुभम श्रेष्ठ तथा ५० मिटर बटरफ्लाई र १०० मिटर फ्री स्टायलमा अनुभव सुब्बाले प्रतिस्पर्धा गर्नेछन् । त्यस्तै, महिलाको ५० र १०० मिटर फ्री स्टायलमा सोफिया शाह, १०० मिटर ब्रेस्ट स्ट्रोक र २०० मिटर फ्री स्टायलमा टीसा शाक्यले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । अफिसियलमा भने पारस श्रेष्ठ र प्रशिक्षकमा रत्नलाल महर्जन रहेका छन् ।

अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपालाई स्वर्ण र रजत 

यसैगरी, मलेसियामा भएको सारावाक चिफ मिनिस्टर बोर्नेओ कप अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपालले एक स्वर्ण र एक रजत पदक हात पारेको छ । मलेसियाको कुचिङमा आज भएको अन्तर्राष्ट्रिय तेक्वान्दोको फाइटतर्फ नेपालका पुजन खड्काले स्वर्ण र शिवहरि श्रेष्ठले रजत पदक हात पारेको टोलीका प्रशिक्षक विकेस विडारीले जानकारी दिनुभयो ।

पुजनले फाइटको क्याडेट ४५ केजी तौल समूहको क्वाटरफाइनलमा मलेसिया, सेमिफाइनलमा इन्डानेसिया र फाइनलमा सिङ्गापुरलाई हराउँदै नेपाललाई स्वर्ण दिलाएका हुन् ।

त्यस्तै, क्याडेट ४८ केजीमा शिवहरिले क्वाटरफाइनलमा अस्ट्रेलिया र सेमिफाइनमा मलेसियालाई हराउँदै स्वर्णका लागि प्रतिस्पर्धा गरेको थिए । तर फाइनल खेलमा इन्डानेसियासँग पराजित भएपछि रजत पदकमै सीमित भए । रासस

वि.सं.२०७४ साउन ३ मंगलवार १४:३१ मा प्रकाशित

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले नेपाली खेलकुद...

त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता बुधबारदेखि, करिब ६ सय खेलाडी प्रतिस्पर्धामा

त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता बुधबारदेखि, करिब ६ सय खेलाडी प्रतिस्पर्धामा

काठमाडौं । त्रियोग हाइ स्कुलको आयोजनामा छैटौँ त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता...

एसियाली खेलकुद तयारीका लागि राहुल र तेन्जिङ थाइल्यान्ड प्रस्थान

एसियाली खेलकुद तयारीका लागि राहुल र तेन्जिङ थाइल्यान्ड प्रस्थान

काठमाडौं । नेपालको राष्ट्रिय गल्फ टोलीका खेलाडी राहुल विश्वकर्मा र...

पदक विजेता टेबलटेनिस खेलाडी थाइल्यान्ड प्रस्थान

पदक विजेता टेबलटेनिस खेलाडी थाइल्यान्ड प्रस्थान

काठमाडौं । सातौं इटिटी टेबलटेनिस प्रतियोगिता तथा ४२ औं राष्ट्रिय...