back
CTIZAN AD

जनप्रगतिशिल मन्च कतारको पाँचौ महाधिवेशन सेप्टेम्बर १५ मा हुने

वि.सं.२०७४ साउन ८ आइतवार

705 

shares

qatarनारायण रपाल बिस्वकर्मा, कतार । नेपाली जनप्रगतिशिल मन्च कतारको महाधिवेशन आयोजक समितीको बैठक सम्पन्न भएको छ ।
पाँचौ माहाधिबेशन आयोजक कमिटी संयोजक रकम राईको अध्यक्षतामा जुलाई २१ का दिन कतारको औद्योगिक क्षेत्र सनैयाको एक लेबर क्याम्पमा सम्पन्न बैठकले महाधिवेशनलाई मध्यनजर राख्दै विभिन्न कार्यबिभाजन समेत गरेको आयोजक समिती सदस्य तथा पुर्ब सचिब महेश दहालले जानकारी दिएका छन ।
१० बर्षे महान जनयुद्ध तथा विभिन्न कालखण्डमा भएका आन्दोलनमा देश र जनताका खातिर ज्यानको आहुती दिने महान सहिदहरुप्रति श्रद्धाञ्जली स्वरुप एक मिनेट मौनधारण गर्दै सुरु भएको कार्यक्रमलाई सन्चालन मन्चका पुर्बसचिब तथा आयोजक कमिटी सदस्य महेश दाहालले गरेका थिए ।
बैठकले साँस्कृतिक विभागमा निकास घलान तामाङ, संगठन विभागमा मोहन कार्की, प्रचारप्रसार बिभागमा राज देबकोटा, व्यवस्थापन बिभागमा राजु डुम्रे, विधान शंसोधनमा टिकाराम भण्डारी, आर्थिक विभाग बुद्धि भण्डारी, यातयात विभागमा प्रेम परियार, यूवा विभागमा लक्ष्मण कंडेल, सांगठनिक प्रतिवेदनमा रकमध्वज राई संयोजक तोकेको छ ।
मन्चले कतारमा संगठनलाई ब्यवस्थित गर्दै अल्खोर रस्लाफान, ओखीर होमसाईड ओख्रा, सनैया, न्यूसैलिया सुपर सैलीया, दोहा मुर्रा र लेबर सिटि भरूवा सिटि गरि सात क्षेत्रीय समितिमा गठन गरेको छ ।
बैठकमा महाधिवेशन आयोजक समितीका सहसंयोजक राजु डुम्रेले सात पेजको लामो संगठनको अबधाराणा पत्र समेत प्रस्तुत गरेका थिए भने आयोजक समितीमा रहेका पदाधिकारीहरु रमेश भट्ट, मोहन कार्की, टिकाराम भण्डारी, प्रेम बिक, प्रेम लामा लगायतको उपस्थिति रहेको मन्चका पुर्बसल्लाहकार तथा आयोजक समिति सदस्य मोहन कार्कीले जानकारी दिएका छन ।
सोही बैठकमा रोजगारीको सिलसिलामा कतारमा रहेर आफ्नो बचेको समय मञ्च प्रति समर्पित गर्दै संगठनमा आबद्ध सदस्य शेर बहादुर शाहि कतारको बसाई बिट मार्दै मातृभुमी फर्कन लागेपछि बैठक अध्यक्ष रकमध्वज राईले खादा ओडाई ससम्मान बिदाई गरेका छन । उनी दुई बर्षदेखि कतारमा कार्यरत थिए ।
नेकपा माओवादी केन्द्र सम्बद्ध बिदेशस्थित संगठन नेपाली जनप्रगतिशिल मन्च कतारको जुलाई १४ मा सम्पन्न भएको राष्ट्रिय बिस्तारित भेलाले सेप्टेम्बर १५ मा मञ्चको पाँचौ महाधिवेशन गर्ने निर्णय गरेको थियो । सोही भेलाले सबै प्रकारका पुराना समितिहरु बिगठन गर्दै रकमध्वज राईको संयोजकत्वमा राजु डुम्रे उपसंयोजक रहने गरि ५१ जना को पाँचौ महाधिवेशन आयोजक समिती गठन गरेको थियो ।

वि.सं.२०७४ साउन ८ आइतवार ११:३६ मा प्रकाशित

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...