back
CTIZAN AD

महिला बेचेको अभियोग लागेका विरुद्ध थप अर्को मुद्दा

वि.सं.२०७४ साउन १३ शुक्रवार

870 

shares

१३ साउन,नुवाकोट  । दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीकी २३ वर्षीया महिलालाई काम लगाइदिन्छु भनेर बिक्री गर्न लैजाँदै गरेको समयमा पक्राउ परेका चारजना सहित आठजनाविरुद्ध थप दुई महिलालाई भारतमा बिक्री गरेको अभियोग लागेको छ ।

घ्याङफेदीका दुई महिलालाई गत असार १२ गते काठमाडौँमा काममा लगाइदिने भन्दै फकाएर भारतमा लगेर बिक्री गरेको अभियोगमा पीडित परिवारले मानब बेचबिखन मुद्दामा प्रहरी नियन्त्रणमा रहेका चारजनाविरुद्ध किटानी दिएका छन् ।

यही साउन १० गते एक महिलालाई बिक्रीका लागि लैजाँदै गरेको समयमा पक्राउ परेका घ्याङफेदीका १८ वर्षीय कुमार तामाङ, १८ वर्षीय अर्जुन तामाङ, २८ वर्षीय जोगलामा कान्छा भनिने राजु तामाङ र झापाको साबिक महाभारा–९ का २२ वर्षीय विशाल भनिने इन्द्रदेव राजवंशीविरुद्ध गएको असारमा दुई महिलालाई पनि बिक्री गरेको अभियोग लागेको छ ।

पीडित परिवारले दिएको किटानी र प्रहरीको प्रारम्भिक अनुसन्धानका आधारमा उनीहरुविरुद्ध मानब बेचबिखन तथा ओसारपसारविरुद्ध जिल्ला अदालत नुवाकोटमा बिहीबार थप अर्को मुद्दा दर्ता गरेको प्रहरी निरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो ।

पक्राउ तथा नियन्त्रणमा रहेका चारजना सहित फरार रहेका तीनजनाको समूहले साउन १० मा महिला (दुई छोरीकी आमा)लाई फकाएर भारत लैजाँदै गरेको र त्यही समूहका सातसहित थप एकजना गरी आठजनाले एक महिनाअघि दुई महिलालाई भारतको वेश्यालयमा पु¥याइसकेको उजुरीका आधारमा प्रहरीले अनुसन्धान शुरु गरेको छ ।

मानव बेचबिखनमा सर्वाधिक अभियोग लागेका मध्येका एक ‘ठिले’ भनिने मानबहादुर तामाङलाई १२ वर्षीया बालिकालाई बिक्री गरेको अभियोगमा पक्राउ परेपछि थप अन्य घटना र संलग्न रहेको अभियोग लागेका व्यक्तिहरु पक्राउ पर्न थालेका छन् ।

वि.सं.२०७४ साउन १३ शुक्रवार ०४:१४ मा प्रकाशित

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

नवलपरासी । रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको भीषण बाढी तथा...

कृत्रिम अभाव र कालोबजारी रोक्न धादिङबेँसीमा बजार अनुगमन

कृत्रिम अभाव र कालोबजारी रोक्न धादिङबेँसीमा बजार अनुगमन

धादिङ । त्रिशूली नदीमा आएको बाढीले मलेखुस्थित फुर्केखोला पुल बगाएपछि...

आफन्तको खबर पाउन परिवारजन आतुर

आफन्तको खबर पाउन परिवारजन आतुर

महोत्तरी । भोेटेकोशी बाढीसँगै बेपत्ता भएका आफन्तको खबर पाउन परिवारजन...

भोटेकोशी बाढीः सम्पर्कविहीन हुने पर्यटकको संख्या ६४४ पुग्यो, खोजी कार्य तीव्र

भोटेकोशी बाढीः सम्पर्कविहीन हुने पर्यटकको संख्या ६४४ पुग्यो, खोजी कार्य तीव्र

काठमाडौँ । भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ठूलो संख्यामा...

छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार

छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार

काठमाडौँ । रसुवामा आएको बाढीका कारण प्रभावित ३३६ जनाको हवाई...

पश्चिम नवलपरासीमा पाँच शव

पश्चिम नवलपरासीमा पाँच शव

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले...