back

महिला बेचेको अभियोग लागेका विरुद्ध थप अर्को मुद्दा

वि.सं.२०७४ साउन १३ शुक्रवार

528 

shares
IME Limited
NTC AD

१३ साउन,नुवाकोट  । दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीकी २३ वर्षीया महिलालाई काम लगाइदिन्छु भनेर बिक्री गर्न लैजाँदै गरेको समयमा पक्राउ परेका चारजना सहित आठजनाविरुद्ध थप दुई महिलालाई भारतमा बिक्री गरेको अभियोग लागेको छ ।

घ्याङफेदीका दुई महिलालाई गत असार १२ गते काठमाडौँमा काममा लगाइदिने भन्दै फकाएर भारतमा लगेर बिक्री गरेको अभियोगमा पीडित परिवारले मानब बेचबिखन मुद्दामा प्रहरी नियन्त्रणमा रहेका चारजनाविरुद्ध किटानी दिएका छन् ।

यही साउन १० गते एक महिलालाई बिक्रीका लागि लैजाँदै गरेको समयमा पक्राउ परेका घ्याङफेदीका १८ वर्षीय कुमार तामाङ, १८ वर्षीय अर्जुन तामाङ, २८ वर्षीय जोगलामा कान्छा भनिने राजु तामाङ र झापाको साबिक महाभारा–९ का २२ वर्षीय विशाल भनिने इन्द्रदेव राजवंशीविरुद्ध गएको असारमा दुई महिलालाई पनि बिक्री गरेको अभियोग लागेको छ ।

पीडित परिवारले दिएको किटानी र प्रहरीको प्रारम्भिक अनुसन्धानका आधारमा उनीहरुविरुद्ध मानब बेचबिखन तथा ओसारपसारविरुद्ध जिल्ला अदालत नुवाकोटमा बिहीबार थप अर्को मुद्दा दर्ता गरेको प्रहरी निरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो ।

पक्राउ तथा नियन्त्रणमा रहेका चारजना सहित फरार रहेका तीनजनाको समूहले साउन १० मा महिला (दुई छोरीकी आमा)लाई फकाएर भारत लैजाँदै गरेको र त्यही समूहका सातसहित थप एकजना गरी आठजनाले एक महिनाअघि दुई महिलालाई भारतको वेश्यालयमा पु¥याइसकेको उजुरीका आधारमा प्रहरीले अनुसन्धान शुरु गरेको छ ।

मानव बेचबिखनमा सर्वाधिक अभियोग लागेका मध्येका एक ‘ठिले’ भनिने मानबहादुर तामाङलाई १२ वर्षीया बालिकालाई बिक्री गरेको अभियोगमा पक्राउ परेपछि थप अन्य घटना र संलग्न रहेको अभियोग लागेका व्यक्तिहरु पक्राउ पर्न थालेका छन् ।

वि.सं.२०७४ साउन १३ शुक्रवार ०४:१४ मा प्रकाशित

आज थप चार प्रदेशमा फैलियो मनसुन

आज थप चार प्रदेशमा फैलियो मनसुन

काठमाडौं । नेपालमा १५ दिन अगावै भित्रिएर रोकिएको मनसुन आज...

आयोगद्वारा अध्यक्षसहित १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

आयोगद्वारा अध्यक्षसहित १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको चक्रघट्टा गाउँपालिकामा सौर्यबत्ती...

बढ्दो तापक्रमले ल्याउने जोखिमबारे गम्भीर हुन आग्रह

बढ्दो तापक्रमले ल्याउने जोखिमबारे गम्भीर हुन आग्रह

काठमाडौं । विज्ञहरूले बढ्दो तापक्रमले ल्याउन थालेका विपत्तिबाट हुने जन...

चट्याङ लागेर बालकको मृत्यु

चट्याङ लागेर बालकको मृत्यु

बागमती । वर्षासँगै आज चट्याङ लागेर मकवानपुरमा एक बालकको मृत्यु...

कैलालीका १८ स्थानमा जलमापन केन्द्र स्थापना

कैलालीका १८ स्थानमा जलमापन केन्द्र स्थापना

गोदावरी (कैलाली) । कैलालीमा १८ स्थानमा जलमापन केन्द्र र २२...

कौरा संरक्षण गर्न प्रतियोगिता

कौरा संरक्षण गर्न प्रतियोगिता

दमौली (तनहुँ) । जिल्लाको भिमाद नगरपालिका–१ बडहर भञ्ज्याङमा कौरा संरक्षणका...