back
CTIZAN AD

बिना जमिन छतमा पनि तरकारी खेती

वि.सं.२०७४ साउन १३ शुक्रवार

792 

shares

१३ साउन,पाल्पा । जमिन छैन, तर उहाँले ७० किलो तरकारी उत्पादन गरी बेच्नुभयो । श्रम, ज्ञान र सीपको प्रयोग गरेर पाल्पा जिल्ला बगनासकाली गाउँपालिका–२, पोखराथोकका एक किसानले घरको छतमा राखिएका ड्रममा गरिएको तरकारी उत्पादन जमिन बिना पनि उत्पादन सफल हुँदोरहेछ भन्ने एक नमूना हो ।

तरकारी खेती गर्नका लागि प्रशस्त जमिन चाहिन्छ भन्ने मान्यतालाई उहाँले गलत साबित गर्नुुभयो । पाल्पा पोखराथोकका ५७ वर्षीय कवि नेपालले प्लास्टिकका ड्रममा तरकारी खेती गरी सफलता पाएपछि श्रम र पसिना पोखेको अवस्थामा प्रशस्त जमिनको अभावमा पनि तरकारी खेती गरी आम्दानी गर्न सकिने बताउनुभयो ।

एउटा सिङ्गो ड्रमलाई काटेर उहाँले दुईओटा भाँडा बनाउनुभएको छ । माटोले भरिएका ड्रमका दुईओटा भाडामा सिमी ४० किलो, लसुन १५ किलो, प्याज १५ किलो र बोडीसमेत उत्पादन भएको नेपालले बताउनुभयो । बारीमा झैँ बाँसका झिक्रामा झाल बेरिएर सीमी फलेका छन् ।

मुटुको बाइपास सर्जरी गरेका बिरामी नेपाल बिहान बेलुका छतमा चढ्नुहुन्छ, कहिले तरकारी खेतीमा चाहिने पानी हाल्नुहुन्छ त कहिले ड्रममा झार गोड्नुहुन्छ, यसरी घरमा नै विषादीविहीन तरकारी उत्पादनमा उहाँ केन्द्रित हुनुहुन्छ । यो समयमा उहाँ रु १५ हजार आम्दानी गर्नसमेत सफल हुनुभएको छ ।

जमिन नभएकोमा चिन्ता लिनु पर्दैन । नेपालले घरको छतमा तरकारी खेती गरेर बूढेसकालमा समयको सदूपयोग गरी शरीरलाई नियमित कसरत गर्ने र भान्छामा विषादीविहीन तरकारी पकाउने उहाँलाई दोहोरो फाइदा भएको छ । यो उहाँको समय बिताउने काम मात्र होइन, दुई–चार रुपैयाँ पनि कमाउने र शरीरलाई स्वच्छ र स्वस्थ राख्न समेत सफल हुने विधि पनि हो ।

उहाँको दुईतले पक्की घरको छतमा ड्रममा गरिएको तरकारी खेती वन्यजन्तुबाट पनि सुरक्षित रहेको उहाँ बताउनुहुन्छ ।

सिमी, बोडी, प्याज, लसुन लगायतका तरकारीले घरको सौन्दर्यसमेत बढाएको छ । ग्रामीण तथा शहरी क्षेत्रमा बसोबास गर्ने जो कोहीले पनि जमिनको अभावमा घरमा नै तरकारी खेती गरेर आत्मनिर्भर बन्दै दुई–चार पैसा कमाउन सकिने सम्भावना उहाँले देखाउनुभएको छ ।

वि.सं.२०७४ साउन १३ शुक्रवार ०४:२६ मा प्रकाशित

कृत्रिम अभाव र कालोबजारी रोक्न धादिङबेँसीमा बजार अनुगमन

कृत्रिम अभाव र कालोबजारी रोक्न धादिङबेँसीमा बजार अनुगमन

धादिङ । त्रिशूली नदीमा आएको बाढीले मलेखुस्थित फुर्केखोला पुल बगाएपछि...

आफन्तको खबर पाउन परिवारजन आतुर

आफन्तको खबर पाउन परिवारजन आतुर

महोत्तरी । भोेटेकोशी बाढीसँगै बेपत्ता भएका आफन्तको खबर पाउन परिवारजन...

भोटेकोशी बाढीः सम्पर्कविहीन हुने पर्यटकको संख्या ६४४ पुग्यो, खोजी कार्य तीव्र

भोटेकोशी बाढीः सम्पर्कविहीन हुने पर्यटकको संख्या ६४४ पुग्यो, खोजी कार्य तीव्र

काठमाडौँ । भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ठूलो संख्यामा...

छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार

छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार

काठमाडौँ । रसुवामा आएको बाढीका कारण प्रभावित ३३६ जनाको हवाई...

पश्चिम नवलपरासीमा पाँच शव

पश्चिम नवलपरासीमा पाँच शव

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले...

भोटेकोशी बाढीः खोज तथा उद्धारमा सात हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

भोटेकोशी बाढीः खोज तथा उद्धारमा सात हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

काठमाडौँ । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत...