back
CTIZAN AD

अवरुद्ध महाकाली राजमार्ग पुनः सञ्चालनमा

वि.सं.२०७४ साउन २० शुक्रवार

825 

shares

mahakali

२० साउन, बैतडी । गएरातिको वर्षाका कारण सडकमाथिबाट पहिरो खस्दा अवरुद्ध भएको महाकाली राजमार्ग आज दिउँसोदेखि पुनः सञ्चालनमा आएको छ ।

बैतडीको सतवाझदेखि–गोकुलेश्वर सडकखण्डअन्तर्गत पर्ने डिलाशैनी–६ बांगाबगरमा पहिरो जाँदा यातायात अवरुद्ध बनेको सडक स्थानीय बासिन्दा, प्रहरी र डोजरको सहायताले पन्छाएपछि पुनः सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिनुभयो ।

बांगाबगरमा माथिबाट आएको पहिरोका कारण सडक अवरुद्ध हुँदा यातायात पूर्णरुपमा बन्द भएको थियो ।

सडक सञ्चालन भएपछि बैतडीबाट बाहिरिने र भित्रिने लामो तथा छोटो दूरीका यातायातका साधन गन्तव्यतिर लागेका छन् ।

सडक अवरुद्ध हुँदा काठमाडौँ, महेन्द्रनगर, धनगढी, डडेल्धुरा, दार्चुला, बैतडी सदरमुकामका लागि छुटेका तथा जिल्ला भित्रिन लागेका यात्रु अलपत्र परेका थिए ।
विसं २०६० सालमा आएको उक्त पहिरोको व्यवस्थापन तथा सडक मर्मत राम्रोसँग नहुँदा वर्षात्को समयमा प्रत्येक वर्ष उक्त ठाउँमा बेलाबेलामा सडक अवरुद्ध हुने गरेको छ ।

सोहीबेलादेखि प्रत्येक वर्ष आउने पहिरोले हाल पनि बांगाबगरवासीलाई चिन्तित बनाएको छ । पहिराका कारण स्थानीय बासिन्दासमेत त्रसित छन् । विसं २०६० देखि प्रत्येक वर्ष पहिराले घरखेत बगाउन थालेपछि स्थानीयवासी त्रसित बनेका हुन् ।

विसं २०६० मा छ परिवार पहिराका कारण पूर्णरुपमा विस्थापित भएका थिए भने पछिल्लो समयमा थप सात परिवार पनि पहिराका कारण विस्थापित भएका छन् । पहिराले अहिलेसम्म १५० रोपनी जमिनलाई बगरमा परिणत गरिसकेको छ । वर्षात्सँगै पहिरो खस्न थालेपछि बांगाबगरवासीलाई चिन्तित बनाएको स्थानीयवासी धनीराम सार्कीले बताउनुभयो ।

पहिराको छेउमै टहरा हालेर बसेका दलित समुदायका सात परिवारलाई अहिले निकै चिन्तित बनाएको उहाँले बताउनुभयो । ओत लाग्न आफूहरुसँग जमिन नभएकाले पहिराको छेउमै टहरामा हालेर बस्न बाध्य भएका उहाँले बताउनुभयो । दुवैतर्फ गरेर अहिले ३० भन्दा बढी परिवार पहिराको जोखिममा रहेका स्थानीयवासी तेजबहादुर साउदले बताउनुभयो ।

उता पहिराका कारण गोकुलेश्वर–गन्ना सडक भने अवरुद्ध भएको छ । सो सडकखण्डअन्तर्गत रुद्रेश्वरको बगडीमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । सडकमाथिबाट पहिरो खस्ने क्रम नरोकिएकाले पहिरो पन्छाउन समस्या भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

वि.सं.२०७४ साउन २० शुक्रवार ०९:३१ मा प्रकाशित

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले अन्तरराष्ट्रिय...

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

गोरखा । उँभौली पर्व सुरु भएसँगै छ महिनाअघि बेशी झरेका...

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटन (बागलुङ) । ढोरपाटन नगरपालिकाले यहाँका ४८ जना किसानलाई ५०...

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

बन्दीपुर । गाउँ पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले तनहुँको प्रसिद्ध पर्यटकीय...

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले सिद्धार्थ गौतमबुद्धका उपदेश र मार्गदर्शनले...

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब...