back
CTIZAN AD

एमाले र लोकतान्त्रिक फोरमको गठबन्धन विजयी

वि.सं.२०७४ साउन २७ शुक्रवार

771 

shares

२७ साउन,धनगढी  । जिल्ला समन्वय समिति कैलालीमा नेकपा (एमाले) र नेपाल लोकतान्त्रिक फोरमको गठबन्धन निर्विरोध निर्वाचित भएको छ ।

मुख्य निर्वाचन अधिकृत धनसिं महराले जिल्ला समन्वय समितिको अध्यक्षमा नेकपा (एमाले)का सूर्यबहादुर थापा र उपाध्यक्षमा एमालेकै सुन्दरीदेवी चौधरी निर्विरोध निर्वाचित हुनु भएको जानकारी दिनुभयो । भदौ १ गतेका लागि निर्वाचनको मिति तोकिए पनि निर्विरोध भएकाले आजै विजयी घोषणा गरिएको हो ।

यसैगरी एमालेबाट लालित साउद, टेकबहादुर बुढा, मालती सार्की, देवी भण्डारी समन्वय समितिको सदस्यमा निर्वाचित हुनुभएको छ । नौ सदस्य समन्वय समितिमा नेपाल लोकतान्त्रिक फोरमबाट विष्णु चौधरी, राजकुमार महतो र मिनादेवी चौधरी निर्वाचित हुनुभएको छ ।

जिल्ला समन्वय समितिको चयनका लागि आज मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको थियो । एमाले र लोकतान्त्रिक फोरमको गठबन्धनको मात्र उम्मेदवारी परेपछि उहाँहरू निर्विरोध निर्वाचित हुनुभएको हो ।

तेह्रवटा स्थानीय तह रहेको कैलालीमा हालै सम्पन्न स्थानीय तह निर्वाचनमा एमाले सात, नेपाली कांग्रेस तीन, नेकपा (माओवादी केन्द्र) दुई र नेपाल लोकतान्त्रिक फोरम एक तहमा विजयी भएका थिए । रासस

वि.सं.२०७४ साउन २७ शुक्रवार १३:५० मा प्रकाशित

पहिरामा परी एकाघरका दुई जनाको मृत्यु

पहिरामा परी एकाघरका दुई जनाको मृत्यु

गण्डकी । पहिरामा परी लमजुङको मध्यनेपाल नगरपालिका–७ भाटवेशीमा बुबा र...

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले नयाँ प्रमुख...

ह्वातै घट्यो सुनको मूल्य प्रतितोला कतिमा हुँदै छ कारोबार ?

ह्वातै घट्यो सुनको मूल्य प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ ।...

करिडोरमा ठोकिँदा ट्रकमा आगलागी, चालकको जलेर मृत्यु

करिडोरमा ठोकिँदा ट्रकमा आगलागी, चालकको जलेर मृत्यु

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका–४ फलामेटारस्थित तमोर करिडोर सडकखण्डमा ब्रेक...

दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने

दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने

काठमाडौँ । सुदूरपश्चिम प्रदेशको जलविद्युत् केन्द्रका रुपमा स्थापित चमेलिया नदीमा...

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

नेपालगञ्ज । बाँकेको सीमा क्षेत्रबाट हुने बोइलर कुखुराको अवैध ओसारपसार...