back
CTIZAN AD

गल्कोटमा खेलकुद तथा शैक्षिक विकासका लागि जापानमा गल्कोटवासी जुटे

वि.सं.२०७४ साउन २७ शुक्रवार

972 

shares

galkot
स्वास्थ्यका लागी खेल राष्ट्रका लागी खेल भन्ने मुल नाराका साथ बागलुङको गलकोट क्षेत्रबाट उच्च शिक्षा, बैदेशिक रोजगारी, ब्यवशाय र अन्य शिलशिलामा टोकियोमा रहेका गलकोटका युवाहरुबाट जापानको टोकियोमा स्थापित गलकोट स्पोर्टस क्लब टोकियोको प्रथम अधिबेशनबाट निर्वाचित दोस्रो कार्यसमितीको प्रथम बैठक सम्पन्न भएको छ ।

क्लबका अध्यक्ष रत्नसिह बस्नेतको अघ्यक्षतामा अगष्ट १ तारिख टोकियो मेजिरो स्थित सिर्जना रेष्टुरेन्टमा बसेको अधिबेशन पछिको प्रथम बैठकले क्लबका संरक्षक, सल्लाहकार र मनोनित सदस्य चयन गर्दै पहिलो कार्यसमितिले दोस्रो कार्यसमितिलाई क्लवको आयब्यय हस्तान्तरण, सकृय सदस्यता बितरण, साथै बार्षिक कार्ययोजनाहरु सार्वजनिक लगाएतका महत्वपुर्ण निर्णयहरु गरेको छ ।

गलकोटबाट टोकियोमा आई बसोबास गरिरहेका गलकोटका नयाँ तथा पुराना पुस्तालाई खेलकुदका माध्यमबाट एकिकृत गर्दै टोकियोमा खेलकुद गतिबिधीहरु संचालन गर्ने साथै समग्र गलकोट क्षेत्रको खेलकुद र शैक्षिक बिकासका लागी समेत समन्वय गर्दै परियोजना तथा कार्यक्रम संचालन गर्ने निर्णय भएको क्लबका महासचिब लक्ष्मण कार्कीले जानकारी दिए ।

बैठकले गलकोटको खेलकुद तथा शैक्षिक बिकासका लागी क्लबका सचिब दुर्गा बहादुर खत्रीको संयोजकत्वमा गलकोट क्षेत्र भित्र पर्ने तारा गाउँपालिका र गलकोट नगरपालिकाका प्रत्येक वडाका प्रतिनिधी सम्मिलित गलकोट समन्वय समिती टोकियो मार्फत गलकोट क्षेत्रका प्रत्येक वडामा रहेका सामुदायिक विद्यालयहरुको खेलकुद सँगै शैक्षिक गुणस्तर अभिबृद्धीका लागी आवस्यक खेलकुद सामग्री उपलब्ध गराउने र प्रत्येक सामुदायिक विद्यालयहरुमा १ बर्ष भित्रमा ईपुस्तकालयको बिस्तार र त्यसको ब्यवस्थापनका लागी समन्वय गर्ने, साथै गलकोटमा क्रियाशिल क्लबहरुसंग राष्ट्रिय खेल भलिबलको बिकासका लागी आवस्यक समन्वय गर्ने लगायतका कार्यक्रम तय गरिएको क्लबका अध्यक्ष रत्नसिंह बस्नेतले जानकारी दिए ।

गलकोट स्पोर्टस क्लब टोकियो, गलकोट समन्वय समिति चयनका लागी यस अभियानका संयोजक तथा क्लबका सचिब दुर्गा बहादुर खत्री र क्लबका प्रत्येक वडा संयोजकहरुसँग समन्वयका लागी खेलकुद तथा शिक्षा प्रेमी सम्पुर्ण गलकोटे युवाहरुलाई आह्वान गरिएको छ । गलकोट स्पोर्टस क्लब टोकियो खेलकुद र शैक्षिक बिकाशका लागी नेपाल र जापानबिचको गतिशील पुल बन्न खोजिरहेको र यस अभियानमा समाहित हुनका लागी सम्पुर्ण बिकाशप्रेमी युवाहरुलाई हातेमालोका लागी सम्बन्धित निकायसम्म पहल गरिने क्लबका सचिब दुर्गा बहादुर खत्रीले बताए।

वि.सं.२०७४ साउन २७ शुक्रवार १२:१३ मा प्रकाशित

गैरआवासीय नेपाली नागरिकता र अधिकारकाे कार्यान्वयनमा सरकार अघि बढ्ने

गैरआवासीय नेपाली नागरिकता र अधिकारकाे कार्यान्वयनमा सरकार अघि बढ्ने

काठमाडौं । गैरआवासीय नेपाली (एनआरएन) का अधिकार, नागरिकता ऐनको प्रभावकारी...

ओएनएफ नर्वे टि-१० क्रिकेट रनिङ शिल्डको उपाधि हिमालयन भाइकिङलाइ

ओएनएफ नर्वे टि-१० क्रिकेट रनिङ शिल्डको उपाधि हिमालयन भाइकिङलाइ

प्रेम परियार, नर्वे । प्रवासी नेपाली एकता मञ्च (ओएनएफ) नर्वेको...

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएका नेपाली समाजसेवी हेम थापाले...

एनआरएनए मेडिहेल्थ सेन्टर आधिकारिक रूपमा भयो दर्ता

एनआरएनए मेडिहेल्थ सेन्टर आधिकारिक रूपमा भयो दर्ता

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी)...

नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको अध्यक्षमा युद्ध थापा चयन

नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको अध्यक्षमा युद्ध थापा चयन

लक्जम्बर्ग । नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको १३ औँ वार्षिकोत्सव तथा अधिवेशनबाट...

सुदूरपश्चिम समाज मेरिल्यान्डको अध्यक्षमा यज्ञबहादुर राना निर्वाचित

सुदूरपश्चिम समाज मेरिल्यान्डको अध्यक्षमा यज्ञबहादुर राना निर्वाचित

मेरिल्यान्ड (अमेरिका) । सुदूरपश्चिमेली नेपालीहरूको साझा संस्था सुदूरपश्चिम समाज मेरिल्यान्डको...