back
CTIZAN AD

प्लेनमा भन्दा कम छैन सुविधा यो बसमा ! ल हेर्नुस हाम्रै नेपालमा (तस्बिर सहित)

वि.सं.२०७४ असोज ८ आइतवार

1.1K 

shares

bus८ असोज, काठमाडौं । राजधानी काठमाडौँदेखि प्रमुख पर्यटकीय शहर पोखरासम्म दशैँको आगमनसँगै शुक्रबारदेखि सञ्चालनमा ल्याएको अत्याधुनिक सुविधा सम्पन्न पर्यटकीय बस । बसभित्र टेलिभिजन, खाना, खाजा, चिया, कफि, चिसो, चकलेट, ट्वाइलेट आदिको सुविधा रहेको छ ।

दक्षिण एसियालीस्तरको बस सेवा संचालन गर्दै आएको जगदम्भा ट्राभल्सद्धारा उक्त  बस संचालनमा ल्याइएको हो ।

पर्यटकहरुलाई लक्षित गरेर ल्याइएको अन्तराष्ट्रिय स्तरको सुविधा रहेको उक्त बसको सिट सिंगापुर र अमेरिकाको वासिङटन डिसीबाट ल्याइएको हो भने फिट भारतमा गरिएको हो ।

नेपालमै पहिलोपटक भित्रिएको अन्तराष्ट्रियस्तरको सुविधा रहेको उक्त बस २ करोडमा खरिद गरिएको हो । बस पोखरा–काठमाडौं रुटमा चलाइने बताइएको छ ।

photo1

बसमा लक्जरियस सिट भएकाले चाहे अनुसार बस्न र सुत्न समेत सकिन्छ । साथै सिटमै बसेर खान समेत मिल्छ । बसमा प्लेनमाजस्तै प्रत्येक सिटका लागि टिभी जडान गरिएको छ । यात्रुले आफ्नै तरिकाले विभिन्न च्यानल लगाएर आफूलाई मन परेको प्रोगाम हेर्न सक्छन् ।

वाइफाइ फ्रि रहेको उक्त बसमा ट्वाइलेट, बाथरुम सहित मोबाइल चार्ज गर्न पनि मिल्छ । बसमा ग्लोबल पोजिसन सिस्टम (जीपीएस) जडान गरिएको छ । जसमा वसमा यात्रु गर्नेकापरिवारले वस कहाँ पुग्यो भनेर हेर्न सकिने पनि बताइएको छ ।

photo3

२१ जना बस्न मिल्ने उक्त बसमा यात्रा गर्ने नेपालीलाई प्रतिव्यक्ति २ हजार २ सय र विदेशीलाई २ हजार ७ सय भाडादर कायम गरिएको छ । त्यसमा यात्रुले खाना, चिया, कफी लगायतका सबै सुविधा रहेको छ ।

photo4

बस  प्रत्येक दिन काठमाडौंको दरमार्गमा रहेको होटल अन्नपूर्णबाट  विहान सात ३० बजे पोखराका लागि छुट्ने  बताइएको छ । बस सञ्चालका अनुसार नेपालीले तिर्ने २ हजार २ सयमा बसको भाडामा ६५० भाडा, बफेट खानाकमो ५५०, खाजा १५०, क्र्यु सर्भिस चार्ज १००, २ वटा मिनिरल वाटर ५०, काउज सिट चार्ज २००, मनोरन्जन खर्चबापत २५०, चिया, कफि र चकलेट वापतको २०० र रेष्टुरुम चार्ज ५० रहेको छ ।

वि.सं.२०७४ असोज ८ आइतवार ०३:२८ मा प्रकाशित

छोटेलालले बुझाए धितोपत्र बोर्डका अध्यक्षलाई १५ बुँदे सुझावपत्र

छोटेलालले बुझाए धितोपत्र बोर्डका अध्यक्षलाई १५ बुँदे सुझावपत्र

काठमाडौँ । नेपालको पुँजी बजारलाई सुदृढ, व्यवस्थित र दिगो बनाउन...

माछापुच्छ्रे बैंकको ‘एम–स्मार्ट’बाट कर तिर्दा पुरस्कार जित्ने अवसर

माछापुच्छ्रे बैंकको ‘एम–स्मार्ट’बाट कर तिर्दा पुरस्कार जित्ने अवसर

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आन्तरिक राजस्व विभागसँगको सहकार्यमा सञ्चालन...

२७ वर्षका विनोदले गाउँमै माछा पालेर बार्षिक २५ लाखसम्म आम्दानी गर्दछन् 

२७ वर्षका विनोदले गाउँमै माछा पालेर बार्षिक २५ लाखसम्म आम्दानी गर्दछन् 

घोडाघोडी (कैलाली), । गाउँका प्रायः युवा वैदेशिक रोजगारमा गए पनि...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको...

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

काठमाडौँ । सानिमा बैंक लिमिटेडले आफ्नो संस्थापक शेयरधनी सुधिर कुमार...

महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष तथा डे केयर सञ्चालन

महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष तथा डे केयर सञ्चालन

काठमाडौँ । महालक्ष्मी विकास बैंकले आफ्ना महिला कर्मचारीहरुको शिशु मातृत्वलाई...