back
CTIZAN AD

प्रदेशस्तरीय टि–२० क्रिकेट शुरु

वि.सं.२०७४ असोज १७ मंगलवार

750 

shares

१७ असोज, पाल्पा ।  दमकडा क्रिकेट क्लबको आयोजनामा प्रदेशस्तरीय टि–२० क्रिकेट प्रतियोगिता पाल्पाको तानसेनस्थित दमकडामा शुरु भएको छ ।

सोमबारदेखि सञ्चालनमा आएको टि–२० क्रिकेट प्रतियोगिताको पहिलो खेलमा करुवा ब्वायजलाई प्रोफेसनल क्रिकेट क्लबले ८ विकेटले पराजित गरेको छ । करुवाले सागर थापा र बोधि शाक्यको २५–२५ रनको मद्दतले ९४ रन बनाउन सफल भएको हो ।

प्रोफेसनलका महेन्द्र सुवेदीले ४ विकेट, राजनमान शाक्य ४३ रन, महेन्द्र सुवेदीले ३२ रन र आनन्द कुमारले १५ रन बनाएर ५८ रनसहित विजय भएका हुन् । त्यस्तै, दोसो खेलमा आयोजक दमकडा क्रिकेट क्लबले मालुङ्गा क्रिकेट क्लब स्याङ्जालाई ६ विकेटले पराजित गरेको हो ।

टस जितेर पहिलो ब्याटिङ गरेको मालुङ्गाले शक्ति बस्यालको ५३ र राजन श्रेष्ठको ३७ रनको मद्दतले १४८ रन बनाउन सफल भएको खेल संयोजक आदित्य पाण्डेयले जानकारी दिए ।

दमकडाका गोपाल तिमिल्सेनाले ४ विकेट, श्रीधर भुसाल र प्रेम पाण्डेयले एक–एक विकेट लिएका हुन् । जवाफी ब्याटिङमा दमकडाका गोपाल तिमिल्सेनाले २७ बल खेल्दै ६१, मोहन भुसाल २६ र भुवनराज पाण्डेयले मात्र ८ बलमा २३ रन बनाएर १६ ओभरमा नै विजय हासिल गरेको खेल पत्रकार विजय बौडेलले बताए ।

पहिलो खेलमा महेन्द्र सुवेदी र दोस्रो खेलमा गोपाल तिमिल्सेना म्यान अफ दी म्याच घोषित भएका हुन् । प्रतियोगिताको विजेताले रु ६० हजार र उपविजेताले रु ३० हजार पुरस्कारस्वरुप प्राप्त गर्नेछन् ।

तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले पुरस्कारको राशि बराबरको नगरपालिकाले सहयोग गर्ने बताए । क्रिकेट एशोसिएसन पाल्पाका अध्यक्ष राजेश श्रेष्ठले खेल क्षेत्रको विकासका लागि आफूले सहयोग गर्ने बताए । खेल असोज २३ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएका छन् ।

प्रतियोगितामा लुम्बिनी क्रिकेट क्लब, कपिलवस्तु, बुटवल युथ रुपन्देही, नयाँगाउँ रोयल्स क्लब, न्यू होराइजन, जनज्योति युवा क्लब रुपन्देही, मालुङ्गा क्रिकेट क्लब स्याङ्जा, स्याङ्जा युनाइटेड, प्रोफेसनल क्रिकेट क्लब, मिसन क्रिकेट क्लब, पाल्पाली क्रिकेट प्लेयर र दमकडा क्रिकेट क्लबको सहभागिता रहेको छ ।

वि.सं.२०७४ असोज १७ मंगलवार ०२:२९ मा प्रकाशित

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

विश्वकप फुटबल प्रतियोगिता : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

विश्वकप फुटबल प्रतियोगिता : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

काठमाडौँ । जर्मनीलाई हराउँदै इक्वेडर फिफा विश्वकप फुटबल प्रतियोगिताको नकआउट...

विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

काठमाडौँ । ब्राजिलले स्कटल्याण्ड र मोरक्काले हाइटीलाई पराजित गर्दै फिफा...

क्यानडालाइ हराउँदै स्विट्जरल्यान्ड ‘नकआउट’ चरणमा प्रवेश

क्यानडालाइ हराउँदै स्विट्जरल्यान्ड ‘नकआउट’ चरणमा प्रवेश

काठमाडौँ । स्विट्जरल्यान्डले क्यानडालाई पराजित गर्दै फिफा विश्वकप–२०२६ को ‘नकआउट’...

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा पोर्चुगल विजयी...

विश्वकप फुटवल : इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा

विश्वकप फुटवल : इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा इङ्ल्याण्ड र...