back
CTIZAN AD

त्रिपालभित्र इटहरीका बाढीपीडितहरुको खल्लो दशैँँ

वि.सं.२०७४ असोज १७ मंगलवार

831 

shares

१७ असोज, इटहरी ।  कहिले घाम कहिले पानी, कहिले चर्को घाम त कहिले केही शीलत । सबैतिर हिन्दू नेपालीहरुको महान् चाड बडादशैँँको रमझम छ ।

हुनेखानेहरु दशैँँमा नयाँ लुगा लगाएर मीठो मसिनो खाएर दशैँ मनाइरहेका छन् । तर, हुँदा खानेहरु अनि बाढीले आफन्तसँगै घर पनि बगाएर पीडित बनेकाहरुका लागि भने दशैँँ दशा बनेर खल्लो पर्व बनेको छ ।

बाढीमा आमाबाबु गुमाएका बालबच्चा अनि बालबच्चा गुमाउन पुगेका आमाबाबुको टहरोमा दशैँको खुशियालीको आगमन हुन सकेको छैन । केही पीडितको घरमा भने दशैँको रमाइलो होइन आफन्तको सम्झनामा रुवावासी अनि बलिन्द्रधारा आँसुको भेल बनेर आएको छ यो वर्षको दशैँ । उनीहरुमा यसपटकको दशैँ उमंगको सट्टामा आँसु र पीडासँगै चिसो भुँई अनि त्रिपालभित्र पीडाको भुङ्ग्रोमा बितिरहेको छ ।

गएको साउन अन्तिम साता अर्थात २७ गते राति आएको मुसलधारे वर्षासँगै बूढीगंगा, सेहेरा, टेङ्ग्रा र गछिया खोला आदिमा आएको बाढीका कारण घरबारविहीन भएका इटहरी र यस आसपासका धेरै घर परिवारका लागि यो वर्षको खुशियालीको पर्व दशैँँ आफन्त गुमाउनु परेको पीडासँगै घर बगेर चिसो त्रिपालमुनि नै त्रासपूर्ण जीवन दशैँमा पनि पीडामा बित्दैछ ।

इटहरी उपमहानगरपालिका वडा नं ३ को सुनौलो टोल, खोर्साने खाप, इटहरी–४ को गौरीगाउँ, इटहरी–९ को मरिक बस्ती र इटहरी–१० को बरगाछीमा बाढी पसी धेरैको घर बाढीले बगाएर लगेपछि त्रिपालका टहरामा सयौँ मानिस राहतको सीमित साधन स्रोतको उपयोग गरी पीडाले छटपटिँदै गुमेका आफन्त अनि घर भएको भूमि हेर्दै समय बिताइरहेका छन् ।

यत्रतत्र दशैँको खुशियालीले रमाएका छिमेकीहरु भए पनि आफ्नो घर परिवारमा भने खुशियाली नभएको पीडा उनीहरुभित्र रहेको पाइन्छ ।

देश दुनियाँ दशैँमा रमिरहेको छ । तर इटहरी र यस आसपासका बाढीपीडित बस्तीमा भने दशैँ ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात’ भनेजस्तै बनिरहेको छ । दशैँ, मीठो मसिनो खाने, राम्रो लगाउने, नातागोता र कुलकुटुम्बसँग भेटघाट गरी सुखदुःख साटासाटसँगै रमाइलो गरी बिताउँदै ठूलाबडाको हातबाट टीका जमरा लगाई आशीर्वाद लिने हर्षको चाडका रुपमा देशभरी मनाइँदैछ ।

तर आफन्त र घरबार गुमाएर त्रिपालको चिसो भुइँमा जीवन गुजार्न बाध्य बन्न पुगेका बाढीपीडित भन्छन्, “हुनेखानेका लागि दशैँ उत्सव र उमंगको चाड हो । तर, हामी गरिब र बाढीपीडितका लागि भने यो वर्षको दशैँ न उत्सव बन्न सकेको छ, न त उमंग नै बनेर आउन सक्यो । बरु, हाम्रा लागि त छिमेकीको घर आँगनमा ल्याएको दशैँको रौनकताले अरु पीडामात्रै थपेको छ ।”

घरबारविहीन भई त्रिपालमुनिको चिसो भुइँमा दिनरात गुजार्दै टहरामा रहनुपर्दा अनि जमरा राख्नका लागि आवश्यक अन्नपातसम्म नभएपछि छरछिमेकमा राखेको जमरा मागेर ल्याएर जसोतसो नेपाली संस्कृति मनाउनुपर्दाको पीडा बताएर नसकिने पीडाका रुपमा हुँदोरहेछ भनेर बाढीपीडितले बताइरहँदा उनीहरुका छिमेकीको आँखा पनि रसाइरहेको देखिन्छ ।

मूलतः दशैँ केटाकेटीका लागि बढी रमाउने चाडका रुपमा मानिँदै आएको पाइन्छ । नयाँ नाना लगाउने अनि चिचीपापा खाने अनि मावली जाने र हातभरि दक्षिणा थापेर खुशीले गद्गद हुने यो चाड बालबालिकाका लागि साँच्चिकै खुशी र उमंगको चाड हो ।

तर यो वर्ष बाढीपीडित बस्तीमा बालबालिकामा पनि दशैँ उमंग र खुशियालीका रुपमा आएको पाइएको छैन । कतिपयले आमाबाबु गुमाएका छन् त कतिपयले दाजुभाइ अनि दिदीबहिनी गुमाएका कारणले पनि उनीहरुबीच रमाइलो बन्न सकिरहेको छैन यसपालीको दशैँ ।

वि.सं.२०७४ असोज १७ मंगलवार ०२:३६ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...