back

लुम्बिनी कपिलवस्तु विश्व अभियान बेल्जियमको दोस्रो साधारणसभा सम्पन्न

वि.सं.२०७४ असोज १७ मंगलवार

561 

shares

LUMBINI-KAPILBASTU-BELGIUM-2

२५ सेप्टेम्बर २०१७, हेरेंट, बेल्जियम भगवान बुद्धको शान्ति सन्देशहरुको प्रचारप्रसार र बुद्धको जन्मस्थल उपर भएका भ्रमहरु चिरेर लुम्बिनी, नेपाललाई विश्वशान्ति नगरको रुपमा विश्वमन्चमा परिचित गराउने कार्यहरु गर्दै आइरहेको लुम्बिनी कपिलवस्तु विश्व अभियान, बेल्जियमको दोस्रो साधारणसभा यहि २५ सेप्टेम्बरका दिन बेल्जियमको हेरेंटस्थित होटल कर्पिनुसमा भव्यताका साथ सम्पन्न भयो ।

उक्त साधारणसभाकी प्रमुख अतिथि बेल्जियमको पूर्वसिनेटर एवं संघीय संसद किसांसद इल्सवान हॊफ़बाट मैनबत्ती बालेर साधारणसभाको समुद्घाटन गर्नुभएको थियो । सभामा विशिष्ट अतिथिका रुपमा पूर्वयुरोपियन युनियनका सांसद एवं साउथ एशिया डेमोक्रेटिक फोरमका संस्थापक कार्यकारी निर्देशक पाउलोकासका, युनेस्को ब्रुस्सेल्सका योजना प्रमुख ओरिओलफ़्रेइ क्षमतलोंगा एवं नेपाली राजदुतावास ब्रुस्सेल्सका प्रतिनिधि द्वितीय सचिव भोजराज भुसालको उपस्थिति रहेको थियो।

LUMBINI-KAPILBASTU-BELGIUM-1

प्रमुख अतिथि सांसद इल्सवानहॊफ़ले विश्वशान्तिको स्रोत बुद्ध र बुद्धको जन्मस्थल लुम्बिनी, नेपाल भएको तथ्यलाई अभियानले महत्वपूर्ण तरिकाले प्रचारप्रसार गरिरहेको छ भन्दै हृदयदेखिनै खुलेर यस कार्यको सराहना गर्दछु भन्नुभयो ।साथै नेपालको राष्ट्रिय झन्डा अन्य कुनै देशसंग मेल नखाने र त्यसमा अंकित चन्द्र र सुर्यले ठुलो महत्व राख्दछ भन्दै नेपाल र नेपालीको सराहना गर्नुभयो।

विशिष्ट अतिथि कार्यकारी निर्देशक पाउलोकासकाले अभियानले गरेका कार्यहरुको प्रशंसा गर्दै आगामी दिनमा अभियानसंग समन्वय गरेर नेपाललाई प्रवर्धन गर्ने कार्यक्रम संयुक्त रुपमा गर्न सकिने मन्तव्य राख्दै कार्यक्रम सफलताको लागि शुभकामना व्यक्त गर्नुभएको थियो।युनेस्कोका प्रतिनिधि ओरिओलफ़्रेइक्षमत लोंगाले बुद्धको जन्मस्थल लुम्बिनी, नेपाल सन्१९९७ मा युनेस्कोको विश्वसम्पदा सुचिमा सुचिकृत रहेको र लुम्बिनीको विकाश र संरक्षणमा युनेस्कोको भूमिकाको जानकारी गराउदै लुम्बिनी विश्वशान्तिको प्रतिकको रुपमा रहेको धारणा राख्नुभयो।नेपाली राजदुतावास ब्रुस्सेल्सका प्रतिनिधि भोजराज भुसालले अभियानले गरेका कार्यहरु अत्यन्तै सकारात्मक रहेको र अन्य देशहरुमा पनि लुम्बिनीको प्रचारप्रसार र प्रवर्धन गर्ने कार्यमा अभियान विस्तार गर्दै जानु उपयुक्त हुने धारणा व्यक्त गर्नुभयो।

उक्त कार्यक्रमका सभापति लुम्बिनी कपिलवस्तु विश्व अभियान, बेल्जियमका अध्यक्ष दामोदरप्रसाद आचार्यले अभियानका मुख्य उद्देश्यहरुको बारेमा प्रकाश पार्दै भगवान बुद्धका शान्ति सन्देशहरुको प्रचारप्रसार संगै बुद्धको जन्मस्थल उपर भएका भ्रमहरुलाई चिर्न विभिन्न देशमा भएका पाठ्यपुस्तकहरुमा रहेका गलत सुचनाहरुलाई सच्च्याउन कुटनीतिक पहल गर्दै अघि बढ्नु पर्ने धारणा व्यक्त गर्दै निमंत्रनालाई स्वीकार गरेर सहभागिता जनाउनु हुने सम्पूर्णमा हार्दिक आभार व्यक्त गर्नुभयो।

कार्यक्रममा गैरआवासीय नेपाली संघ अन्तर राष्ट्रिय समन्वय परिषद्का सचिव अर्जुनकुमार श्रेष्ठ, गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद, बेल्जियमका अध्यक्ष लोकप्रसाद दाहाल, एक्टिभ इन्टरकल्चरल फेडेरेसनकि प्रतिनिधि अर्तेमिसकुबलाले पनि शुभकामना मन्तव्य राख्नुभएको थियो ।

साधारणसभामा अभियानले गरेका कार्यहरुबारे सचिव गीर्टकात्रय्स्सेले पावर पोइन्टमार्फत प्रकाश पार्नु भयो भने कार्यक्रमको संचालन महासचिव नन्दराज घले र कार्यकारी सदस्य योगिता थापाले गर्नुभएको थियो।

अभियान र लुम्बिनी विकाश कोषको संयुक्त आयोजनामा गतवर्ष ब्रुस्सेल्सको होटल बेद्फोर्ड एण्ड कंग्रेस सेन्टरमा सम्पन्न भएको विश्व शान्ति नगर लुम्बिनी, नेपाल नामक अन्तर्राष्ट्रिय सम्मेलनका अधिकारिक प्रायोजकहरु नेपाली राजदुतावास ब्रुस्सेल्स, गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद, बेल्जियम तथा बेल्जियम नेपाल फ्रेन्डशिप एसोसियसनलाई प्रमुख अतिथिले अवार्ड वितरण गर्नुभयो। साथै अशक्त स्वास्थ्यको पर्वाह नगरी सम्मेलनमा सहभागी भएर योगदान पुर्याउनु हुने प्रोफेसर डा कविताराम श्रेष्ठ, कार्यक्रम संचालिका शुश्मा श्री थापा र गीर्टकात्रय्स्सेलाई सर्टिफिकेट ओफ एप्रिसियसन प्रदान गर्नुभएको थियो।

सभामा बेल्जियमस्थित सांग्रिला समाज, बेल्जियमका अध्यक्ष खड्कबहादुर केसी, शेर्पा समाज, बेल्जियमका प्रतिनिधि आङ्गमाया लामा, काभ्रेपलान्चोक सहायता समिति, बेल्जियमका अध्यक्ष दिनेश उप्रेती, गैरआवासीय नेपाली संघ अन्तर राष्ट्रिय समन्वय परिषद्का सदस्यद्वय जानकी गुरुङ र पदम गुरुङ, तमु समाज, बेल्जियमका प्रतिनिधिसहित नेपाली तथा विदेशी महानुभावहरुको सहभागिता रहेको थियो।

वि.सं.२०७४ असोज १७ मंगलवार ०८:३३ मा प्रकाशित

सांसद भगबती चौधरी ‘वर्ल्ड बुक अफ रेकर्ड’द्वारा लण्डनमा सम्मानीत

सांसद भगबती चौधरी ‘वर्ल्ड बुक अफ रेकर्ड’द्वारा लण्डनमा सम्मानीत

काठमाडौं । नेपालको लोकतान्त्रिक मूल्य मान्यता र राष्ट्रिय अखण्डताको प्रवद्र्धनमा...

नरेश भट्टमाथि दुई वटा अभियोग

नरेश भट्टमाथि दुई वटा अभियोग

काठमाडौँ । केहि समयअघि अमेरिकाको मानसासमा बेपत्ता भएकी ममता काफ्लेको...

जिपी फाउण्डेसद्वारा उडसाईड परीसरमा निःशुल्क खाद्यान्न वितरण

जिपी फाउण्डेसद्वारा उडसाईड परीसरमा निःशुल्क खाद्यान्न वितरण

गिरिजाप्रसाद कोइराला फाउन्डेसन (जिपी फाउण्डेसन)अमेरिकाले नोभेम्बर २८, २०२४ मा न्युयोर्क...

फिप्ना अमेरिकाको आयोजनामा मेन्टल हेल्थ फस्र्ट एड प्रशिक्षण

फिप्ना अमेरिकाको आयोजनामा मेन्टल हेल्थ फस्र्ट एड प्रशिक्षण

अमेरिका । नेपाल आदिवासी जनजाति महासङ्घ अमेरिका (फिप्ना) ले मेन्टल...

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका स्वीकृत गरिएकाेमा एनआरएनए उत्साहित

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका स्वीकृत गरिएकाेमा एनआरएनए उत्साहित

काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए)ले धितोपत्र निष्काशन तथा बाँडफाँड (आठौँ...

गोरखाली समाज फ्रान्समा नयाँ कार्यसमिति चयन, देउसीभैलो पनि खेलियो

गोरखाली समाज फ्रान्समा नयाँ कार्यसमिति चयन, देउसीभैलो पनि खेलियो

गोरखाली समाज फ्रान्सको अधिबेशन नयाँ कार्यसमिति निर्वाचन गर्दै सम्पन्न भएको...