back
CTIZAN AD

लभ एट पच्चीस’ उपन्यास विमोचन

वि.सं.२०७४ कात्तिक ३० बिहीवार

873 

shares

love at 25

३० कात्तिक , काठमाडौँ । लेखक अनल गौतमको चौथो कृति ‘लभ एट पच्चीस’ बुधबारदेखि बजारमा आएको छ ।

युवावस्थामा नारी–पुरुषको मनोवैज्ञानिकलाई चित्रण गरिएको उक्त उपन्यासमा एक अर्काप्रतिको समर्पणका साथै धैर्य, संयम र संकल्पप्रतिको विश्वासलाई देखाउन खोजिएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा विष्णुविभु घिमिरेले पुस्तकको बुधबार विमोचन गर्दै माया तथा प्रेमको माध्यमबाट प्राप्त हुने सन्तोष धन, सम्पत्ति वा कुनै पनि विषयवस्तुसँग दाँज्न नसकिने सन्देश पुस्तकमा पाइने बताउनुभयो ।

प्रा डा कृष्णप्रसाद दाहालले डायरी साइजमा ल्याइएको सो उपन्यासमा पाश्चात्य मुलुकमा विकास भएको सम्पन्नताको नाममा हुने सम्बन्ध र विच्छेद भन्दा फरक सन्देश नेपाली समाजको मौलिकताका रुपमा देखाउन खोजिएको छ, भन्नुभयो ।

लेखक गौतमले आधुनिक समाजमा बढ्दै गएको व्यस्तताका बीच पुस्तकमा भएका पात्र (युवा र युवती) मन मिलेपछि निरन्तर २५ दिनसम्मको भेटघाटबाट उनीहरु वैवाहिक जीवनमा प्रवेश गर्न सफल भएको कथालाई उपन्यासका रुपमा प्रस्तुत गरिएको जानकारी दिनुभयो ।

उक्त कृतिबाट आउने रोयल्टी रकममध्ये रु ५० हजार धुर्मुस सुन्तली फाउण्डेशनलाई उपलब्ध गराइने जानकारी दिइएको थियो ।

फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेलले दुःख पीडाले भरिएका नागरिकलाई सहयोग गर्ने उद्देश्यले देशका विकट स्थानमा आफ्नो संस्थाद्वारा बस्ती निर्माणका कार्य भइरहेको जानकारी गराउनुभयो ।

वि.सं.२०७४ कात्तिक ३० बिहीवार ०५:२३ मा प्रकाशित

झिल्का कविता

झिल्का कविता

वसन्त अनुभव वसन्तविहार, घोराही दाङ १. परिस्थिति रहोस् कस्तै प्रगाढ...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ,साम्ची,भुटान प्रणाम बुद्ध तिमीलाई हटाइदियौ अन्धकार बुद्ध...

कविता : श्रमिक

कविता : श्रमिक

अलख निरन्जन लोहार टीकापुर, कैलाली हाल : भारत आफ्नो पौरखले...

सुसेली: राजा दशरथ

सुसेली: राजा दशरथ

माधवप्रसाद रिजाल ( माधवानन्द ) वीरगञ्ज रधु कुलमा ‌जन्मे थे...

गजल

गजल

मिलनकुमार ढुङ्‍गाना, झापा गधा धोएर गाई हो नभन्नू म मात्रै...

गजल

गजल

वेद प्रसाद रिजाल,इलाम सुखी छैन मेरो कतै जिन्दगानी सुने हुन्छ...