back

गास, बास र कपासको सुनिश्चित गर्नेलाई मतदान

वि.सं.२०७४ मंसिर १५ शुक्रवार

303 

shares

१५ मंसिर, इनरुवा । सुनसरी सदरमुकाम इनरुवा–३ का मुसहर बस्तीका स्थानीयले आफूहरुको गाँस, बाँस र कपासको ग्यारेण्टी गर्नेलाई मतदान गर्ने बताएका छन् ।

जिल्लामा पटकपटक आफूहरुलाई विभिन्न राजनीतिक दलहरुले ठगेर, ढाँटेर र झुठो आश्वासन दिएर भोट लिएकाले यसपटक आफूहरुको गास, बास र कपासको आधारभूत आवश्यकता पूरा गर्नेलाई मतदान गर्ने बताएका छन् ।

आफूहरुलाई जहिले पनि उम्मेदवार र नेताहरुले दोस्रो दर्जाको नागरिकको रुपमा हेपाहा प्रवृत्तिबाट हेरिरहेकाले आफूहरु यसपटक झुटो आश्वासनबाट जोगिएर मतदान गर्ने स्थानीयवासी शान्ति सदाले प्रतिक्रिया दिनुभयो ।

निर्वाचन आफ्नो प्रतिनिधि चयन गर्ने महान अभियान भए पनि आफूहरुलाई मासु र रक्सीमा फकाउन आउनेबाट जोगिएर इमान्दार र विकासप्रेमी तथा आफूहरुको गास, बास र कपासको तत्काल व्यवस्थासहितको सुनिश्चित गर्नेलाई मतदान गर्ने स्थानीय आशिक सदाले बताउनुभयो ।

उहाँले रक्सी र मासु खुवाउनेको मासु भात खाने तर मतदान आफूले चाहेको इमान्दार, विकास प्रेमीलाई मतदान गर्ने बताउनुभयो । पुरुषले गास, बास र कपासको सुनिश्चित गर्नेलाई मतदान गर्ने भनिए पनि महिलाले भने गाउँमा जाँड, रक्सी रोक्नेलाई मतदान गर्ने स्थानीयवासी सरिता ऋषिदेवले बताउनुभयो ।

गाउँमा जाँड, रक्सीकै कारण महिला पीडित बनेको र काम गरेर पनि पेटभरि खान नपाएकाले रक्सी रोक्ने उमेदवारलाई मतदान गर्ने स्थानीय सुमित्रा सदाले बताउनुभयो ।

इनरुवा–३ की सदाले आफूहरुलाई जहिले पनि ठगेर भोट लाने गरेकाले यसपालि रक्सी पूर्णरुपमा बन्द गर्ने र बसोवासका लागि जग्गाको व्यवस्था मिलाउनेलाई मतदान गर्ने सुनाउनुभयो ।

इनरुवाको मुसहर बस्ती र सुकुम्बासीको माग सम्बोधन गर्ने कोही पनि उम्मेदवार नआएको तथा केही ठेकेदार तथा बिचौलीयाले मासु र रक्सी खुवाएर मत आफ्नो पक्षमा पार्ने दाउमा रहेको स्थानीय सीता सदाले खुलासा गर्नुभयो ।

मुसहर भएकै कारण अहिलेका जनप्रतिनिधिले भोट लिएर पनि विभेद गरेको तथा बालबालिकाको जन्मदर्तासमेत बनाउनलाई आनाकानी गरिरहेको मुसहरले गुनासो पोखेका छन् । त्यसैगरी सो बस्तीका ३०० भन्दा बढी मतदाता रहेको भए पनि कसैले पनि माध्यमिक तहको कक्षा पास गरेका छैनन् ।

समुदायमा दलितलाई विभिन्न प्रलोभन देखाएर भोट लिने गरेको भए पनि विकासको काम र शिक्षाजस्तो अति आवश्यकीय माग सम्बोधन नगरेको स्थानीय रामकुमार सदाले बताउनुभयो ।

वि.सं.२०७४ मंसिर १५ शुक्रवार १०:१५ मा प्रकाशित

GLOBAL IME AD
पाँच केजीभन्दा बढी सुनसहित विमानस्थलबाट तीन जना विदेशी नागरिक पक्राउ

पाँच केजीभन्दा बढी सुनसहित विमानस्थलबाट तीन जना विदेशी नागरिक पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच किलो सात सय ग्राम...

आज छठको दोस्रो दिन ‘खरना’

आज छठको दोस्रो दिन ‘खरना’

महोत्तरी । लोक आस्थाको महापर्व छठको दोस्रो दिन आज बर्तालु...

सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु, दुईको अवस्था गम्भीर

सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु, दुईको अवस्था गम्भीर

भरतपुर (चितवन) । रत्ननगर नगरपालिका-२ सब्जिमण्डीस्थित पूर्वपश्चिम राजमार्गमा सवारी दुर्घटना...

लामिछानेको म्याद फेरी १० दिन थपियो

लामिछानेको म्याद फेरी १० दिन थपियो

काठमाडौँ । राष्ट्रिय स्वत्रन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको म्याद फेरी...

छठ पर्व समाज चिनाउने खुला सङ्ग्रहालय

छठ पर्व समाज चिनाउने खुला सङ्ग्रहालय

धनुषा । केरवा ज फरल घउरस वोपर सुगा मडराय ।...

लोप र मोहले बढाएको आत्महत्या

लोप र मोहले बढाएको आत्महत्या

काठमाडौँ । जीवनउपर आफैँले रोक लगाउनु वा आफूले आफैँलाई मार्नु...