
हजार चिरा पर्यो मुटु
हजारै बार सिएँ मैले
पाईरहें उपहार निरन्तर
आँखाभरी आँसु मैले
कसैले नारीमा नसजाउने गरी
फुटेको काँचको चुरा जस्तो भएछु
कसैको गलामा नसुहाउने गरी
टुटेको शिशाको माला जस्तो भएछु
फेरि कहिल्यै नउदाउने गरी
क्षितिजमा अस्ताएको घाम जस्तो भएछु
स्वार्थी मान्छेहरूको भीडमा
निस्वार्थता मरिसकेछ
फुल्ने रहर हुँदाहुँदै एक पछि अर्को
कोपिला झरिसकेछ
वि.सं.२०७४ मंसिर १८ सोमवार ०७:०१ मा प्रकाशित