back

तानसेनको खानेपानीको समस्या समधान गर्ने प्रतिबद्धता

वि.सं.२०७४ मंसिर १९ मंगलवार

444 

shares
IME Limited
NTC AD

som-prasad-pandey

१९ मंसिर, पाल्पा । नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा पूर्वमन्त्री सोमप्रसाद पाण्डेयले कालीगण्डकी लिफ्ट खानेपानीमार्फत तानसेनको खानेपानीको समस्या समाधान गर्ने बताउनुभएको छ ।

कालीगण्डकी लिफ्ट योजनाबाट तानसेनवासीलाई स्वच्छ खानेपानीको प्रबन्ध मिलाउन प्रभावकारी कदम चालिने उहाँले बताउनुभयो । तानसेनमा मतदातासँग कुराकानी गर्दै पाल्पा निर्वाचन क्षेत्र २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार पाण्डेय लिफ्टबाट पानी ल्याएपछि वर्षौदेखिको खानेपानीको समस्या समाधान हुने बताउनुभयो ।

तानसेनमा दैनिक १० लाख लिटर पानीको अभावले धारामा नियमित पानी नआउँदा उपभोक्ता समस्यामा परेका हुन् । पाल्पाली पहिचान बनेको करुवा र ढाकाजस्ता घरेलु उद्योगलाई प्रवद्र्धन गर्ने व्यवस्था मिलाइने उहाँले बताउनुभयो । तानसेन पर्यटकीय शहरका रुपमा विकास गरी पर्यटकका लागि आकर्षणको केन्द्र बनाउने योजना रहेको बताउनुभयो ।

तानसेन, गोर्खेकोट, ठूली उकाली, सानी उकाली, राम्दी, सुनगुफा, रानीघाट, बौघागुम्हा र और्वाश्रमलाई ट्रेकिङ रुट तथा जितगढी, नुवाकोट, भकारलुङ, मोहन्दी, भैरवस्थान, तानसेनलाई ट्रेकिङ रुट निर्माण गरी हाइकिङ पर्यटन प्रवद्र्धन गर्ने कार्यसूची अघि सारेको बताउनुभयो ।

वि.सं.२०७४ मंसिर १९ मंगलवार ०४:०९ मा प्रकाशित

प्रतिनिधिसभाः बजेटका विविध पक्षमा सांसदहरूको समीक्षात्मक टिप्पणी

प्रतिनिधिसभाः बजेटका विविध पक्षमा सांसदहरूको समीक्षात्मक टिप्पणी

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको बजेटका विविध...

फेदीखोलामा देशमै पहिलो पटक वनमा आधारित सहकारीको अवधारणा

फेदीखोलामा देशमै पहिलो पटक वनमा आधारित सहकारीको अवधारणा

स्याङ्जा । फेदीखोला कृषि वन उद्यम सहकारी संस्था लिमिटेडको प्रारम्भिक...

निष्पक्षताका लागि लोक सेवा आयोगप्रति जनविश्वास प्रबल छ : प्रधानमन्त्री ओली

निष्पक्षताका लागि लोक सेवा आयोगप्रति जनविश्वास प्रबल छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निष्पक्षता कायम गर्ने कुरामा...

पर्यटक भित्र्याउन धार्मिक पर्यटन प्रवर्द्धन अपरिहार्य : मन्त्री पाण्डे

पर्यटक भित्र्याउन धार्मिक पर्यटन प्रवर्द्धन अपरिहार्य : मन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मुलुकका...

टेलिकमद्वारा लुलाङमा मोबाइल फोन सेवा विस्तार

टेलिकमद्वारा लुलाङमा मोबाइल फोन सेवा विस्तार

म्याग्दी । नेपाल टेलिकमले म्याग्दीको धवलागिरि गाउँपालिका–२ लुलाङमा मोबाइल फोन...

चट्याङ लागेर एक जनाको मृत्यु

चट्याङ लागेर एक जनाको मृत्यु

चन्द्रपुर (रौतहट) । चट्याङ लागेर गरुडा नगरपालिका–१ जयनगरटोलका ६५ वर्षीय...