back
CTIZAN AD

तानसेनको खानेपानीको समस्या समधान गर्ने प्रतिबद्धता

वि.सं.२०७४ मंसिर १९ मंगलवार

876 

shares

som-prasad-pandey

१९ मंसिर, पाल्पा । नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा पूर्वमन्त्री सोमप्रसाद पाण्डेयले कालीगण्डकी लिफ्ट खानेपानीमार्फत तानसेनको खानेपानीको समस्या समाधान गर्ने बताउनुभएको छ ।

कालीगण्डकी लिफ्ट योजनाबाट तानसेनवासीलाई स्वच्छ खानेपानीको प्रबन्ध मिलाउन प्रभावकारी कदम चालिने उहाँले बताउनुभयो । तानसेनमा मतदातासँग कुराकानी गर्दै पाल्पा निर्वाचन क्षेत्र २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार पाण्डेय लिफ्टबाट पानी ल्याएपछि वर्षौदेखिको खानेपानीको समस्या समाधान हुने बताउनुभयो ।

तानसेनमा दैनिक १० लाख लिटर पानीको अभावले धारामा नियमित पानी नआउँदा उपभोक्ता समस्यामा परेका हुन् । पाल्पाली पहिचान बनेको करुवा र ढाकाजस्ता घरेलु उद्योगलाई प्रवद्र्धन गर्ने व्यवस्था मिलाइने उहाँले बताउनुभयो । तानसेन पर्यटकीय शहरका रुपमा विकास गरी पर्यटकका लागि आकर्षणको केन्द्र बनाउने योजना रहेको बताउनुभयो ।

तानसेन, गोर्खेकोट, ठूली उकाली, सानी उकाली, राम्दी, सुनगुफा, रानीघाट, बौघागुम्हा र और्वाश्रमलाई ट्रेकिङ रुट तथा जितगढी, नुवाकोट, भकारलुङ, मोहन्दी, भैरवस्थान, तानसेनलाई ट्रेकिङ रुट निर्माण गरी हाइकिङ पर्यटन प्रवद्र्धन गर्ने कार्यसूची अघि सारेको बताउनुभयो ।

वि.सं.२०७४ मंसिर १९ मंगलवार ०४:०९ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

पाल्हीनन्दन (नवलपरासी पश्चिम) । बर्दघाट सुस्तापश्चिम नवलपरासी क्षेत्रमा दुई हप्तादेखि...

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी...

यातायात व्यवसायी भारत भ्रमणमा

यातायात व्यवसायी भारत भ्रमणमा

काठमाडौँ । आधुनिक सार्वजनिक यातायात प्रणालीको विकास गर्ने उद्देश्यले यहाँका...

जङ्गली जनावरबाट पिडितलाइ राहत

जङ्गली जनावरबाट पिडितलाइ राहत

इनरुवा (सुनसरी) । जङ्गली जनावरबाट पीडित यहाँस्थित नागरिकलाई रु २३...