back
CTIZAN AD

कपिलवस्तुमा २७ हजार ६१७ मत बदर

वि.सं.२०७४ मंसिर २७ बुधवार

741 

shares

२७ मंसिर, कपिलवस्तु । मतदाता शिक्षा प्रभावकारी नहुँदा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा जिल्लामा खसेको मतमध्ये २७ हजार ६१७ मत बदर भएको छ ।

मतपत्रमा ल्याप्चे लगाउने, कोठा बाहिर छाप लगाउने, एउटै मतपत्रमा दुई मत चिह्नमा छाप लगाउने जस्ता मतपत्र बदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

मतदाता शिक्षाका लागि खटाइएका मतदाता स्वयंसेवीले प्रभावकारी मतदाता शिक्षा दिन नसक्दा र स्वयं उम्मेदवारले पनि आफ्ना मतदातालाई मत हाल्ने तरिका सिकाउन नसक्दा बदर मतको संख्या बढेको देखिएको छ । प्रतिनिधिसभातर्फबाट १३ हजार ८१४ र प्रदेशसभामा १३ हजार ८०३ मत बदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

जिल्लाका कुल मतदाता तीन लाख ११ हजार ७६० मध्ये ७३ दशमलव ७९ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख ज्ञानहरि घिमिरेले बताउनुभयो ।

वि.सं.२०७४ मंसिर २७ बुधवार ०२:३५ मा प्रकाशित

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

नेपालगञ्ज । बाँकेको सीमा क्षेत्रबाट हुने बोइलर कुखुराको अवैध ओसारपसार...

ज्योति विकास बैंकका एटिएमहरूमा ‘नेपालपे’ कार्ड चल्ने

ज्योति विकास बैंकका एटिएमहरूमा ‘नेपालपे’ कार्ड चल्ने

काठमाडौँ । ज्योति विकास बैंकका ग्राहक तथा सर्वसाधारणले अब बैंकको...

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

कर्णाली । सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन...

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

गण्डकी । बिना व्यावसायिक योजना निर्माण गरिएका कतिपय विमानस्थल सञ्चालनमा...

आँपको उत्पादन बढ्यो, घटेन मूल्य

आँपको उत्पादन बढ्यो, घटेन मूल्य

काठमाडौँ । आँपको उत्पादनको पछिल्लो तथ्यांक हेर्ने हो भने यसको...

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन । ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडक पूर्ण रूपमा...