back
CTIZAN AD

नाइट क्लबका सञ्चालक र कार्यक्रमका आयोजक पक्राउ

वि.सं.२०७४ मंसिर २८ बिहीवार

786 

shares

arrested

२८ मंसिर, काठमाडौँ : काठमाडौँ दरबारमार्गस्थित डेजाभु नाइट क्लबका सञ्चालक र कार्यक्रमका आयोजकसहित आठ जनालाई महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले आज पक्राउ गरेको छ ।

चर्चित अन्तर्राष्ट्रिय ‘डिस्को जक्की’ मार्समेलोले बुधबार क्लबमा प्रस्तुति दिने भन्दै क्लबका सञ्चालकले करिब पाँच हजार जना सेवाग्राहीबाट टिकटको रकम उठाएको तर मार्समेलो नआएपछि उठाएको रकम फिर्ता गर्न सञ्चालक र आयोजकले अटेरी गरेको उजुरी परेपछि उनीहरुलाई पक्राउ गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिपेश लोहोनीले जानकारी दिनुभयो ।

पृथु बाँस्कोटा, मयक खड्का, जयन श्रेष्ठ, आकाश न्यौपाने, विशाल डाँगी, मिलन श्रेष्ठ, राजीव महर्जन र रितेश माडवाडी रहेका छन् । उनीहरुले टिकटबापत रु दुई हजारदेखि पाँच हजारसम्म प्रतिव्यक्ति उठाएको महाशाखाका प्रमुख लोहनीले जानकारी दिनुभयो ।

पूर्व निर्धारित कार्यक्रमअनुसार बुधबार मार्समेलो बिमारी भएको भन्दै क्लबको कार्यक्रममा उपस्थित नभएपछि कार्यक्रममा आएका सेवाग्राहीले क्लबमा तोडफोडसमेत गरेका थिए ।

वि.सं.२०७४ मंसिर २८ बिहीवार १५:४० मा प्रकाशित

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

काठमाडौँ । ज्योति विकास बैंकले नेपालटार शाखा कार्यालयबाट प्रवाह भएको...

‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा शिक्षक महासङ्घको आपत्ति

‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा शिक्षक महासङ्घको आपत्ति

काठमाडौँ । नेपाल शिक्षक महासङ्घले आगामी भदौ ५ गतेबाट प्रदर्शन...

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित जुत्ता–चप्पलको निर्यात प्रवद्र्धनमा...

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

सोलुखुम्बु । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएका प्राकृतिक विपद्ले...

साउन महिना सुरु भएसँगै पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको लर्को

साउन महिना सुरु भएसँगै पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको लर्को

काठमाडौँ । साउन महिना सुरु भएसँगै बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा...

एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस

एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस

चितवन । जिल्लाका विभिन्न अस्पतालमा आएका बिरामीमध्ये ८९३ जनामा स्क्रब...