back

यस्तो छ कुपोषण हटाउने दोस्रो बहुपक्षीय पोषण योजना

वि.सं.२०७४ मंसिर २८ बिहीवार

393 

shares
IME Limited
NTC AD

२८ मंसीर, काठमाडौँ  : राष्ट्रिय योजना आयोगले कुपोषण भएका आमा तथा बच्चाको जीवन बचाउँदै स्वस्थ्य बच्चा हुर्काउनका लागि दोस्रो बहुपक्षीय पोषण योजना सार्वजनिक गरेको छ ।

आयोगले आज एक कार्यक्रमको आयोजना गरी सन् २०२२ सम्ममा कुपोषण अवस्था २४ प्रतिशतमा झार्ने गरी योजना सार्वजनिक गरेको हो ।

बहुपक्षीय पोषण योजना सार्वजनिक गर्दै स्वास्थ्यमन्त्री दिपक बोहराले बालकहरु पुड्को, ख्याउटे र एनिमिया नहुनका लागि यो योजनाले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

आगामी सरकारले कुपोषणको समस्यालाई प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा जोड दिदैं उहाँले नेपालले कुपोषणका क्षेत्रमा अरु देशले सिक्नेगरी काम गर्नुपर्छ भन्नुभयो ।

मन्त्री बोहराले नेपालको कुपोषणलाई हटाउन विभिन्न दातृ राष्ट्रले महत्वपूर्ण भूमिका खेलेको चर्चा गर्दै आगामी दिनमा पनि यसलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा स्वर्णीम वाग्लेले कुपोषणका कारण बर्सेनि हजारौँ मानिसहरुले ज्यान गुमाउनुपरेको बताउँदै यसलाई रोक्नका लागि यो योजनाले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

सन् २०२२ सम्ममा नेपालले लक्ष्य लिएको २४ प्रतिशत पु¥याउने गरी काम गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो ।

राष्ट्रिय योजना आयोगका सदस्य डा गीताभक्त जोशीले कुपोषणसम्बन्धी योजना ७७ वटै जिल्लामा लागू गर्ने गरी आयोगले काम गर्ने बताउनुभयो ।

नेपालका लागि अमेरिकन राजदूत अलाइन बी टेप्लीजले कुपोषणको समस्यालाई घटाउनका लागि सबै क्षेत्रको सहकार्य आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा आयोगका सदस्यसचिव विष्णुप्रसाद लम्साल, पोषणका लागि राष्ट्रिय सद्भावनादूत पारस खड्का, नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिका कोडी, युनिसेफ क्षेत्रीय निर्देशक जीन गर्फलगायतले बहुक्षेत्रीय पोषण योजना सफल बनाउन सामूहिक प्रयासको खाँचो रहेको औँल्याउनुभयो ।
पहिलो बहुपक्षीय पोषण योजना सन् २०१३ देखि २०१७ सम्म सञ्चालन भएको थियो ।

वि.सं.२०७४ मंसिर २८ बिहीवार १५:२७ मा प्रकाशित

बिरुवा गाउँसभाको १७औँ अधिवेशन : भौतिक पूर्वाधारमा सबैभन्दा धेरै बजेट

बिरुवा गाउँसभाको १७औँ अधिवेशन : भौतिक पूर्वाधारमा सबैभन्दा धेरै बजेट

स्याङ्जा । स्याङ्जाको बिरुवा गाउँपालिकाले गाउँसभाको १७ औं अधिवेशन सम्पन्न...

उत्तरपूर्वी युक्रेनमा रुसी ड्रोन हमलामा तीन जनाको मृत्यु

उत्तरपूर्वी युक्रेनमा रुसी ड्रोन हमलामा तीन जनाको मृत्यु

किएभ । उत्तरपूर्वी सहर सुमी नजिकै रुसी ड्रोन हमलामा पाँच...

‘लालीबजार’ मा स्वस्तिमा

‘लालीबजार’ मा स्वस्तिमा

काठमाडौँ । ‘जात्रा’ शृङ्खलामार्फत स्थापित भएको ब्यानर षट्कोण आट्र्सले निर्माण...

उपलब्ध स्रोतको सीमामा रहेर बजेट विनियोजन गरिएको होः गृहमन्त्री लेखक

उपलब्ध स्रोतको सीमामा रहेर बजेट विनियोजन गरिएको होः गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले उपलब्ध स्रोतको सीमामा रहेर बजेट...

‘भिजिट भिसा प्रकरणमा संलगन कोही पनि उम्कनु हुँदैन’

‘भिजिट भिसा प्रकरणमा संलगन कोही पनि उम्कनु हुँदैन’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का युवा नेता तथा...

‘भिजिट भिसा छानविन समितिले जिम्मेवारीपूर्वक काम गर्नेमा विश्वस्त’

‘भिजिट भिसा छानविन समितिले जिम्मेवारीपूर्वक काम गर्नेमा विश्वस्त’

काठमाडौँ । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले भिजिट भिसा...