back
CTIZAN AD

यस्तो छ कुपोषण हटाउने दोस्रो बहुपक्षीय पोषण योजना

वि.सं.२०७४ मंसिर २८ बिहीवार

768 

shares

२८ मंसीर, काठमाडौँ  : राष्ट्रिय योजना आयोगले कुपोषण भएका आमा तथा बच्चाको जीवन बचाउँदै स्वस्थ्य बच्चा हुर्काउनका लागि दोस्रो बहुपक्षीय पोषण योजना सार्वजनिक गरेको छ ।

आयोगले आज एक कार्यक्रमको आयोजना गरी सन् २०२२ सम्ममा कुपोषण अवस्था २४ प्रतिशतमा झार्ने गरी योजना सार्वजनिक गरेको हो ।

बहुपक्षीय पोषण योजना सार्वजनिक गर्दै स्वास्थ्यमन्त्री दिपक बोहराले बालकहरु पुड्को, ख्याउटे र एनिमिया नहुनका लागि यो योजनाले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

आगामी सरकारले कुपोषणको समस्यालाई प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा जोड दिदैं उहाँले नेपालले कुपोषणका क्षेत्रमा अरु देशले सिक्नेगरी काम गर्नुपर्छ भन्नुभयो ।

मन्त्री बोहराले नेपालको कुपोषणलाई हटाउन विभिन्न दातृ राष्ट्रले महत्वपूर्ण भूमिका खेलेको चर्चा गर्दै आगामी दिनमा पनि यसलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा स्वर्णीम वाग्लेले कुपोषणका कारण बर्सेनि हजारौँ मानिसहरुले ज्यान गुमाउनुपरेको बताउँदै यसलाई रोक्नका लागि यो योजनाले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

सन् २०२२ सम्ममा नेपालले लक्ष्य लिएको २४ प्रतिशत पु¥याउने गरी काम गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो ।

राष्ट्रिय योजना आयोगका सदस्य डा गीताभक्त जोशीले कुपोषणसम्बन्धी योजना ७७ वटै जिल्लामा लागू गर्ने गरी आयोगले काम गर्ने बताउनुभयो ।

नेपालका लागि अमेरिकन राजदूत अलाइन बी टेप्लीजले कुपोषणको समस्यालाई घटाउनका लागि सबै क्षेत्रको सहकार्य आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा आयोगका सदस्यसचिव विष्णुप्रसाद लम्साल, पोषणका लागि राष्ट्रिय सद्भावनादूत पारस खड्का, नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिका कोडी, युनिसेफ क्षेत्रीय निर्देशक जीन गर्फलगायतले बहुक्षेत्रीय पोषण योजना सफल बनाउन सामूहिक प्रयासको खाँचो रहेको औँल्याउनुभयो ।
पहिलो बहुपक्षीय पोषण योजना सन् २०१३ देखि २०१७ सम्म सञ्चालन भएको थियो ।

वि.सं.२०७४ मंसिर २८ बिहीवार १५:२७ मा प्रकाशित

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

नेपालगञ्ज । बाँकेको सीमा क्षेत्रबाट हुने बोइलर कुखुराको अवैध ओसारपसार...

ज्योति विकास बैंकका एटिएमहरूमा ‘नेपालपे’ कार्ड चल्ने

ज्योति विकास बैंकका एटिएमहरूमा ‘नेपालपे’ कार्ड चल्ने

काठमाडौँ । ज्योति विकास बैंकका ग्राहक तथा सर्वसाधारणले अब बैंकको...

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

कर्णाली । सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन...

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

गण्डकी । बिना व्यावसायिक योजना निर्माण गरिएका कतिपय विमानस्थल सञ्चालनमा...

आँपको उत्पादन बढ्यो, घटेन मूल्य

आँपको उत्पादन बढ्यो, घटेन मूल्य

काठमाडौँ । आँपको उत्पादनको पछिल्लो तथ्यांक हेर्ने हो भने यसको...

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन । ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडक पूर्ण रूपमा...