back
CTIZAN AD

म्याग्दी भ्रमण वर्ष मनाइने

वि.सं.२०७४ पुस ५ बुधवार

954 

shares
vo/ef/gL yfgtkm{ eQmhg DofUbLsf] lzv uflj;df kg]{ ;d'Gb|L ;txb]lv rf/ xhf/ 5 ;o #) ld6/ prfOdf cal:yt vo/ef/gL yfgdf hg}k"l0f{dfsf] cj;/df k"hfcfhfsf] nflu hfFb} u/]sf eQmhg . tl:a/ M sdn vqL, DofUbL, /f;;
बाबियाचौर, म्याग्दी ।  जिल्लाको पर्यटन प्रवद्र्धनका लागि २०७५ साललाई म्याग्दी भ्रमण वर्षका रुपमा मनाइने भएको छ ।

म्याग्दी उद्योग वाणिज्य संघको मंगलबार बेनीमा बसेको बैठकले ‘म्याग्दी भ्रमण वर्ष २०७५’ मनाउने निर्णय गरिएको हो ।

स्थानीय तह, सरोकारवाला संघसंस्थासँग सहकार्य गरेर म्याग्दी भ्रमण वर्ष मनाउन लागिएको संघका महासचिव लीलाराम गौतमले बताउनुभयो । म्याग्दीको पर्यटकीय सम्भावनाको पहिचान, प्रवद्र्धन र आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने भ्रमण वर्षको उद्देश्य छ । जिल्लामा घुम्न लायक ऐतिहासिक, सांस्कृतिक, प्राकृतिक र पौराणिक महत्वका धेरै सम्पदा छन् । म्याग्दी हँुदै मुस्ताङ भ्रमणमा जाने आन्तरिक तथा बाह्य पर्यटकलाई जिल्लाका पर्यटकीयस्थलमा घुमाउने लक्ष्य रहेको छ ।

धौलागिरि, अन्नपूर्ण चक्रिय पदमार्ग, अन्नपूर्ण धौलागिरि सामुदायिक पदमार्ग, गुरिल्ला, धौलागिरि आइसफल, धौलागिरि सेञ्चुरी, पश्चिम धौलागिरि, अन्नपूर्ण आधार शिविर, तातोपानी कुण्ड, घोडेपानी, खोप्रा, मोहोरडाँडा, टोड्के, रुइसे, संसारकै गहिरो अन्ध गल्छीलगायत पर्यटकीयस्थल रहेका छन् ।

आगामी पुस २८ गतेदेखि माघ ८ गतेसम्म बेनीमा सञ्चालन हुने छैटौँ म्याग्दी महोत्सवमा विभिन्न जातजातिको मौलीक वेशभूषा र झाँकीको प्रदर्शनका साथै प्रतिस्पर्धा गरिने भएको छ । उत्कृष्ट झाँकी प्रस्तुत गर्ने समूहलाई पुरस्कारको व्यवस्था गरिएको संघका अध्यक्ष उत्तम कर्माचार्यले बताउनुभयो ।

वि.सं.२०७४ पुस ५ बुधवार ०९:३० मा प्रकाशित

पर्यटन बोर्डमा पाँच सञ्चालक सदस्य नियुक्त

पर्यटन बोर्डमा पाँच सञ्चालक सदस्य नियुक्त

काठमाडौँ । नेपाल पर्यटन बोर्डको सञ्चालक समितिमा खुला प्रतिस्पर्धामार्फत मङ्गलबार...

टुर्गानको ३३औँ साधारणसभाबाट अध्यक्षमा प्रभा लक्ष्मी प्रधानाङ्ग निर्वाचित

टुर्गानको ३३औँ साधारणसभाबाट अध्यक्षमा प्रभा लक्ष्मी प्रधानाङ्ग निर्वाचित

काठमाण्डौ । प्रभा लक्ष्मी प्रधानाङ्गको नेतृत्वमा नयाँ कार्य समितिको चयनसँगै...

वनफूलले चिटिक्कै परेको ढोरपाटनले बोलाउँदैछ पर्यटक

वनफूलले चिटिक्कै परेको ढोरपाटनले बोलाउँदैछ पर्यटक

ढोरपाटन (बागलुङ) । समथर मैदानमा फूलेका थरिथरिका फूल । कतै...

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

कञ्चनपुर । सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको शुक्लाफाँटा राष्ट्रिय...

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

कञ्चनपुर । सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको शुक्लाफाँटा राष्ट्रिय...

गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

जनक श्रेष्ठ, लमजुङ । कुनै समय गाउँका युवायुवती साँझपख रोधीघरमा...