back
CTIZAN AD

नेपाल र लिक्टेन्सटिनबीच कूटनीतिक सम्बन्ध स्थापना

वि.सं.२०७४ पुस ८ शनिवार

633 

shares

८ पुस, काठमाडौँ  : पश्चिम युरोपेली मुलुक लिक्टेन्सटिनसँग नेपालले कूटनीतिक सम्बन्ध स्थापना गरेको छ ।

कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी संयुक्त दस्तावेजमा संयुक्त राष्ट्र संघका लागि नेपाल र लिक्टेन्सटिनका स्थायी प्रतिनिधि क्रमशः दुर्गाप्रसाद भट्टराई र क्रिष्चियन वेनाविसेरले हस्ताक्षर गर्नुभयो ।

राष्ट्र संघको प्रधान कार्यालयमा आज आयोजित समारोहमा दुवै मुलुकका राजदूतले उक्त दस्तावेजमा हस्ताक्षर गर्नुभएको न्यूयोर्कस्थित स्थायी नेपाली नियोगले जनाएको छ ।

उक्त नियोगका अनुसार नेपाल र लिक्टेन्सटिनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको जानकारी राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेसलाई दिइएको छ । यससँगै नेपालको कूटनीतिक सम्बन्ध १५५ मुलुकसँग विस्तार भएको छ ।

उक्त देश क्षेत्रफल र जनसंख्याका आधारमा विश्वका अत्यन्त साना राष्ट्रमध्येको एक हो । लिक्टेन्सटिन १६० वर्गमिटरमा फैलिएको छ भने सन् २०१५ को जनगणनानुसार त्यहाँको जनसंख्या ३७ हजार ३४० रहेको छ ।

वि.सं.२०७४ पुस ८ शनिवार १३:५१ मा प्रकाशित

नेप्से परिसूचक २६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २६ दशमलव १६...

नर्सिङ र एचए पढाउने गण्डकी प्रदेश सरकारको तयारी

नर्सिङ र एचए पढाउने गण्डकी प्रदेश सरकारको तयारी

गण्डकी । प्रक्रियागत ढिलाइका कारण गत वर्ष सुरु हुन नसकेको...

मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा

मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा

मुस्ताङ । यहाँको प्रदेश अस्पताल जोमसोममा पछिल्ला चार आर्थिक वर्षमा...

चौबीस घण्टामा ट्राफिक प्रहरीद्वारा दुई हजार ७४६ जना कारबाहीमा

चौबीस घण्टामा ट्राफिक प्रहरीद्वारा दुई हजार ७४६ जना कारबाहीमा

काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लो चौबीस घण्टामा दुई हजार ७४६...

नदीमा माछा पाइन छाडेपछि पुख्र्यौली पेसा सङ्कटमा

नदीमा माछा पाइन छाडेपछि पुख्र्यौली पेसा सङ्कटमा

चौतारा (सिन्धुपाल्चोक) । यहाँको इन्द्रावती गाउँपालिका–११ भिमटारका बाटुले माझी ४५...

व्यवसायी गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन आदेश

व्यवसायी गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन आदेश

काठमाडौँ । सर्वोच्च अदालतले व्यवसायी शेखर गोल्छालाई सूचना म्याद पाएका...