back
CTIZAN AD

घर निर्माणको काम सुस्त, प्राधिकरण भन्छ– १७ हजार पुग्यो

वि.सं.२०७४ पुस ८ शनिवार

804 

shares

 ८ पुस,चरिकोट  : स्थायी आवासका लागि तीन हजार ५६६ जना भूकम्पपीडितले मात्र सरकारले दिने तीन लाख रकमको सबै किस्ता बुझेको कोष तथा लेखा नियन्त्रक कार्यलय दोलखाले जनाएको छ ।

हालसम्म पहिलो किस्ता ५५ हजार ८१ र दोस्रो किस्ता १४ हजार ८०७ जनाले मात्रै बुझेको कोष तथा लेखा नियन्त्रक कार्यालय दोलखाका प्रमुख रमेश शिवाकोटीले बताउनुभयो ।
तर पुनः निर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालय दोलखाका प्रमुख सागर आचार्यले दोलखामा करिब १७ हजार नागरिकले घर निर्माण गरिसकेको बताएका छन् ।

उहाँले केही घर निर्माण गरिसकेका जनताले दोस्रो तथा तेस्रो किस्ताका अनुदान रकम लिनका लागि प्रक्रिया अगाडि बढाएको र केहीले घर निर्माण सम्पन्न गरे पनि रकम लिन नआएका कारण कोष तथा लेखा नियन्त्रकले सार्वजनिक गरेको तथ्याङ्कमा कम घर निर्माण गरेको जस्तो देखिएको बताए ।

प्रमुख आचार्यले भन्नुभयो, “५५ हजार ८१ जनाले प्रथम किस्ता बुझेका छन्, रकम बुझेर घर निर्माण नगरे कारबाही हुन्छ, पुनः निर्माणमा सरकारले जनतालाई र जनताले सरकारलाई सहयोग गर्नुपर्छ यो सरकारको मात्रै काम होइन ।”

दोलखामा पुनः निर्माणको काम सुस्त देखिएपछि पुनः निर्माण प्राधिकरणले पनि सक्रियता बढाएको छ । प्राधिकरणका प्रमुख आचार्य भन्छन्, “गैरसरकारी संस्थाको काम नियन्त्रण बाहिर गयो, उनीहरु सरकारी संयन्त्रको कुरा नै टेर्दैनन् ।” गैरसरकारी संस्थाले पनि केही घर निर्माण गरेका छन्, त्यो तथ्याङ्क कोष तथा लेखा नियन्त्रकको कार्यालयमा हुँदैन ।

त्यसैगरी, आव ०७४÷७५ मा दोलखामा करिब आठ प्रतिशत मात्रै रकम खर्च भएको कोलेनिकाले जनाएको छ । कोलेनिका प्रमुख शिवाकोटीका अनुसार सरकारी कार्यालयमा कम बजेट खर्च हुनुका कारणमध्ये निर्वाचन पनि हुन सक्ने बताउँछन् । दोलखाको ३१ वटा सरकारी कार्यालयको खर्च रकम शुन्य प्रतिशतसमेत रहेको कोलेनिकाले जनाएको छ ।

वि.सं.२०७४ पुस ८ शनिवार १३:५९ मा प्रकाशित

नेप्से परिसूचक २६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २६ दशमलव १६...

नर्सिङ र एचए पढाउने गण्डकी प्रदेश सरकारको तयारी

नर्सिङ र एचए पढाउने गण्डकी प्रदेश सरकारको तयारी

गण्डकी । प्रक्रियागत ढिलाइका कारण गत वर्ष सुरु हुन नसकेको...

मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा

मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा

मुस्ताङ । यहाँको प्रदेश अस्पताल जोमसोममा पछिल्ला चार आर्थिक वर्षमा...

चौबीस घण्टामा ट्राफिक प्रहरीद्वारा दुई हजार ७४६ जना कारबाहीमा

चौबीस घण्टामा ट्राफिक प्रहरीद्वारा दुई हजार ७४६ जना कारबाहीमा

काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लो चौबीस घण्टामा दुई हजार ७४६...

नदीमा माछा पाइन छाडेपछि पुख्र्यौली पेसा सङ्कटमा

नदीमा माछा पाइन छाडेपछि पुख्र्यौली पेसा सङ्कटमा

चौतारा (सिन्धुपाल्चोक) । यहाँको इन्द्रावती गाउँपालिका–११ भिमटारका बाटुले माझी ४५...

व्यवसायी गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन आदेश

व्यवसायी गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन आदेश

काठमाडौँ । सर्वोच्च अदालतले व्यवसायी शेखर गोल्छालाई सूचना म्याद पाएका...