back
CTIZAN AD

सिक्लेस–पार्छे कल्याण कोष बेल्जियमले सम्झियो चेलिबेटी

वि.सं.२०७४ पुस २० बिहीवार

981 

shares

सिक्लेस- पार्छे कल्याण कोष बेल्जियमले सदाका वर्षहरुमा जस्तै यसवर्ष पनि आफ्ना चेलीबेटीहरुलाई सम्झिएको छ ।
अपनत्व,आफ्नोपन तथा आपसी नाता सम्बन्ध गाढा बनाउने अभिप्रायले हरेक बर्ष सिक्लेस पार्छे कल्याण कोष, बेल्जियमले आफ्नो चेलीबेटिहरुको सम्मानमा रि–चह्मी कै पिवा’ कार्यक्रम सम्पन्न गरेको छ ।
सामाजिक सद्भाव तथा पारस्परिक पर्वका रुपमा मनाउने यस पर्व कोषले १ जनवरीका दिन ल्युभेनस्थित केस्सेलोको एक हलमा संस्थाको अध्यक्ष चोकराज गुरुङको सभापत्तित्वमा कार्यक्रम सम्पन्न गरेको हो ।
प्रमुख अतिथी बेलायतबाट पाल्नु हुने जेष्ठ नागरिक श्रीमती मन कुमारी गुरुङको हातबाट दिप प्रज्वलन गरी उद्घाटन गरिएको थियो । उक्त अवशरमा नेपालबाट पाल्नु भएकी जेष्ठ नागरिक श्रीमती आस माया गुरुङ श्रीमती चन्द्रकला गुरुङ (बेलायत),श्रीमती चुङा गुरुङ् (जर्मनी),डा. निमा लामा (एमबिबिएस),स्टाफ नर्स, कमला गुरुङ लगायत ताङ्तिङ, थाक मौजा लगायतका चेलीबेटिहरुको पनि अतिथिको रुपमा उपस्थिति रहेको थियो ।
संस्थाका स्थापक अध्यक्ष गम बहादुर गुरुङ र पूर्वअध्यक्ष होम गुरुङ्ले संस्थाका बारेमा आ–आफ्नो मन्तव्य राखेका थिए भने आगन्तुक पाहुनाहरुलाई सल्लाहकार बुद्धिराम गुरुङ्ले स्वागत मन्तव्यद्वारा स्वागत गरेका थिए ।
उपस्थित चेलीबेटिहरुको तर्फबाट श्रीमती सोनी गुरुङ र श्रीमती टिका गुरुङ (मिसिरी) बाट समेत आफ्नो धारणा प्रकट गर्दै सबै माइती दाज्युभाइहरुमा धन्यबाद व्यक्त गरेकी थिइन् । उक्त सभाको सन्चालन सस्थाका महासचिब ओमराज गुरुङ्ले गरेका थिए । खानपिन सहित कार्यक्रमको अन्त्यमा सांस्कृतिक कार्यक्रमद्वारा उपस्थितिमा मनोरन्जन प्रदान गरिएको थियो ।

वि.सं.२०७४ पुस २० बिहीवार ०५:३२ मा प्रकाशित

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...

अन्तर्राष्ट्रिय मञ्चमा उदाउँदै नेपाली प्रतिभा: उरुषा पाण्डे गिनिज वर्ल्ड रेकर्डतर्फ

अन्तर्राष्ट्रिय मञ्चमा उदाउँदै नेपाली प्रतिभा: उरुषा पाण्डे गिनिज वर्ल्ड रेकर्डतर्फ

काठमाडौं । नेपाली मोडल तथा अभिनेत्री उरुषा पाण्डे अन्तर्राष्ट्रिय स्तरमा...