back
CTIZAN AD

मिली बसे देश अवश्य बन्छ

वि.सं.२०७४ पुस २२ शनिवार

1.2K 

shares

प्यारो छ नेपाल सबै–सबैको
यो देश बन्दैन निजी कसैको
कुदृष्टि यस्मा कहिल्यै नलागोस्
यो पुष्प पृथ्वीभरि मग्मगाओस्

हिमालले पर्वतदेखि ईर्ष्या
गर्‍यो भने पर्छ ठूलो समस्या
पहाडदेखिन् नरुठोस् तराई
लागून् सबै देश सिँगार्नलाई

खा टाउको पुच्छर दे मलाई
भन्दै गरी आपसमा लडाइँ
के देश बाँकी रहला र हाम्रो
मिली बसे हुन्छ अवश्य राम्रो

हिमाल पग्लेर नदी बहन्छन्
र पो तराईभरि धान फल्छन्
मुस्काउँदा यी हरिया पहाड
भूस्वर्गझैँ लाग्दछ देश आज

आधार हो पर्वतको तराई
बाँचौं सबै आपसमा बचाई
के देह हिँड्ला जब टुट्छ पाउ
के चूक छर्केर पुरिन्छ घाउ ?

बाँडीचुँडी खान सिकौँ सबैले
फगत् बखेडा नझिकौँ कसैले
यो हो बगैँचा अनि फूल हामी
सबैजना छौँ अति भाग्यमानी

जुही, चमेली र गुराँस, जाई
फुलून् बगैँचाभरि मग्मगाई
सुनाखरी औ करवीर सारा
फुलून् बगाएर सुगन्धधारा

यौटा रिसाए अरु फूलसङ्ग
उद्यानको शान्ति हुनेछ भङ्ग
फुलौं सबै दिव्य सुगन्ध छर्दै
यो देश बन्ला अमरावतीझैँ

रङ्गीविरङ्गी सब फूल फुल्दा
उद्यान हाम्रो अति दिव्य बन्ला
मालीहरू बोट कुनै नभाँचून्
सबै सबै फूल अनन्त बाँचून्

छन्द-उपजाति

सर्वाधिकार : कवि पर्वतराज घिमिरे,
लामिडाँडा– ४, दोलखा, नेपाल

वि.सं.२०७४ पुस २२ शनिवार ०३:४१ मा प्रकाशित

कविता : आमा तिमी इश्वर

कविता : आमा तिमी इश्वर

अलख निरन्जन लोहार टीकापुर , कैलाली हाल : भारत आमा...

झिल्का कविताहरू

झिल्का कविताहरू

बाबुराम गौतम, गुल्मी १. सपना नछोड्नू कहिल्यै ताकेको लक्ष्य छुट्नसक्छ...

कविता : हे भानु आऊ अब

कविता : हे भानु आऊ अब

विदुर अधिकारी,रामपुर, चितवन जन्म्यौ भानु असार मास दिनको, उन्तीस जाँदा...

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कनकधारा स्वामी स्वदेशानन्द गुवाहाटी,असम ढाँटेकै मात्र पत्यायो मेरो जाति समाजले,...

असार १५ विशेष झिल्का कविता

असार १५ विशेष झिल्का कविता

ईश्वर साउँद(भिक्षु) रामाराेशन गापा ६ अछाम सदूरपश्चिम प्रदेश १ असारै...

कविता : पीडाका अगुल्टाहरू

कविता : पीडाका अगुल्टाहरू

भुवन शिवाकोटी “चौघरे”, काठमाडौँ बन्दुक बोकाएर लगेका मेरा बा फर्किएनन्...