back
CTIZAN AD

चिसोले जनजीवन प्रभावित, भरतपुर–काठमाडौँ र पोखरा उडान रद्ध

वि.सं.२०७४ पुस २३ आइतवार

1K 

shares

२३ पुस, रत्ननगर, चितवन । एक सातादेखि बढेको चिसोका कारण चितवनलगायत आसपास क्षेत्रको जनजीवन प्रभावित भएको छ ।

चिसो र बाक्लो हुस्सुले मौसम प्रतिकूल हुँदा स्थानीयवासी ठाउँठाउँमा आगो तापेर जाडो छल्ने प्रयास गरिरहेका छन् ।

शनिबार जिल्लाबाट काठमाडौँ र पोखराको उडानसमेत रद्ध गरिएको भरतपुर विमानस्थलका प्रमुख पवनकुमार गौतमले जानकारी दिए  । अहिले १२ बजेसम्म कुनै पनि उडान हुन सकेको छैन ।

भरतपुर विमानस्थलका अनुसार चितवनमा शुक्रबार तापक्रम ९ डिग्री थियो । शनिबार ७ डिग्रीमा झरेको तापक्रम आज बिहानसमेत ७ डिग्री यथावत् थियो । आज १० बजेको तामक्रम भने १० डिग्री पुगेको विमानस्थलले जनाएको छ ।

गौतमका अनुसार कम्तीमा दुई हजार ५०० मिटर दूरी (तेस्रोे) भिजिवलिटी तथा ठाडो ४५० मिटर भएमा मात्रै उडान गर्न मिल्छ तर १० बजे जम्मा एक हजार ५०० मिटर तेर्सो े र ३०० मिटर ठाडो मात्रै भिजिवलिटी रहेको गौतमले बताए  । शनिबारभन्दा आज अलि राम्रो भएकाले उडान हुने आशा रहेको गौतमको भनाइ छ ।

भरतपुर विमानस्थलबाट बुद्ध, यति र सिम्रिकले उडान भर्दै आएको छ । बुद्धले काठमाडौँ, भरतपुर छदेखि सात वटासम्म उडान भर्छ । केही महिनादेखि बुद्धले पोखरामा समेत दुई वटा उडान भर्दै आएको छ ।

सिम्रिकको चितवन–काठमाडौँ एउटा उडान छ भने यतिको चार वटा उडान हुन्छ । भरतपुर विमानस्थलमा दैनिक ५०० यात्रु हवाई यात्रामा जाने गरेको विमानस्थलले जनाएको छ ।

बुद्धको आज १२ बजेसम्म पाँच वटा उडान भर्नुपर्ने थियो तर अहिलेसम्म एउटा पनि उडान भएको छैन । हिजैका यात्रु उडाउनुपर्ने अवस्था छ ।

“अब दिउँसो विमान चल्छ कि भन्ने आश लागेको छ”, बुद्ध एयर चितवनका प्रबन्धक भक्तबहादुर बस्नेतले बताए  । उहाँका अनुसार हावा चलेर घाम लागेमा उडान हुन्छ ।   चिसोले मानिसको आवतजावत तथा हिँडडुलमा समेत कमी देखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

वि.सं.२०७४ पुस २३ आइतवार ११:२१ मा प्रकाशित

नेप्से परिसूचक २६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २६ दशमलव १६...

नर्सिङ र एचए पढाउने गण्डकी प्रदेश सरकारको तयारी

नर्सिङ र एचए पढाउने गण्डकी प्रदेश सरकारको तयारी

गण्डकी । प्रक्रियागत ढिलाइका कारण गत वर्ष सुरु हुन नसकेको...

मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा

मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा

मुस्ताङ । यहाँको प्रदेश अस्पताल जोमसोममा पछिल्ला चार आर्थिक वर्षमा...

चौबीस घण्टामा ट्राफिक प्रहरीद्वारा दुई हजार ७४६ जना कारबाहीमा

चौबीस घण्टामा ट्राफिक प्रहरीद्वारा दुई हजार ७४६ जना कारबाहीमा

काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लो चौबीस घण्टामा दुई हजार ७४६...

नदीमा माछा पाइन छाडेपछि पुख्र्यौली पेसा सङ्कटमा

नदीमा माछा पाइन छाडेपछि पुख्र्यौली पेसा सङ्कटमा

चौतारा (सिन्धुपाल्चोक) । यहाँको इन्द्रावती गाउँपालिका–११ भिमटारका बाटुले माझी ४५...

व्यवसायी गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन आदेश

व्यवसायी गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन आदेश

काठमाडौँ । सर्वोच्च अदालतले व्यवसायी शेखर गोल्छालाई सूचना म्याद पाएका...