back
CTIZAN AD

भोली मंगलबार देशभरीका निजी विद्यालय बन्द हुने

वि.सं.२०७४ पुस २४ सोमवार

813 

shares

२४ पुस, काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) नेपालले आगामी मंगलबार देशभरिका निजी विद्यालय बन्द गर्ने भएको छ ।

प्याव्सनका पूर्वअध्यक्ष डा बाबुराम पोखरेलेको निधनमा प्याब्सनको आइतबार र बसेको आकस्मिक बैठकले देशभरिका निजी विद्यालय बन्द गर्ने निर्णय गरेको प्याब्सनका महासचिव राजेन्द्र बानियाँले जानकारी दिए ।

प्याब्सनका पूर्वअध्यक्ष पोखरेलेको आइतबार बिहान नर्भिक अस्पतालमा निधन भएको थियो ।

बैठकले आगामी मंगलबार, बुधबार र बिहीबार तीन दिनसम्म प्याब्सनका झण्डा झुकाउनेसमेत निर्णय गरेको उनले बताए । पोखरेलको निधनप्रति दुःख व्यक्त गर्दै प्याब्सनले यही पुस २९ गतेसम्म कुनै पनि औपचारिक कार्यक्रम नगर्नेसमेत निर्णय गरेको छ ।

मुटु रोगबाट पीडित रहेका पोखरेल प्याब्सनका सल्लाहकारसमेत रहेका थिए । ६७ वर्षीय डा पोखरेलको मंगलबार नै दाहसंस्कार गरिने भएको महासचिव बानियाँले बताए । विनायकसुधा (भिएस) निकेतनका संस्थापक प्रधानाध्यापकसमेत रहेका थिए ।
विसं २०७० को दोस्रो संविधानसभा निर्वाचनमा उनी तत्कालीन मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) बाट समानुपातिक सभासद् रहेका थिए ।

वि.सं.२०७४ पुस २४ सोमवार ०२:४८ मा प्रकाशित

नेप्से परिसूचक २६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २६ दशमलव १६...

नर्सिङ र एचए पढाउने गण्डकी प्रदेश सरकारको तयारी

नर्सिङ र एचए पढाउने गण्डकी प्रदेश सरकारको तयारी

गण्डकी । प्रक्रियागत ढिलाइका कारण गत वर्ष सुरु हुन नसकेको...

मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा

मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा

मुस्ताङ । यहाँको प्रदेश अस्पताल जोमसोममा पछिल्ला चार आर्थिक वर्षमा...

चौबीस घण्टामा ट्राफिक प्रहरीद्वारा दुई हजार ७४६ जना कारबाहीमा

चौबीस घण्टामा ट्राफिक प्रहरीद्वारा दुई हजार ७४६ जना कारबाहीमा

काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लो चौबीस घण्टामा दुई हजार ७४६...

नदीमा माछा पाइन छाडेपछि पुख्र्यौली पेसा सङ्कटमा

नदीमा माछा पाइन छाडेपछि पुख्र्यौली पेसा सङ्कटमा

चौतारा (सिन्धुपाल्चोक) । यहाँको इन्द्रावती गाउँपालिका–११ भिमटारका बाटुले माझी ४५...

व्यवसायी गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन आदेश

व्यवसायी गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन आदेश

काठमाडौँ । सर्वोच्च अदालतले व्यवसायी शेखर गोल्छालाई सूचना म्याद पाएका...