back
CTIZAN AD

एक अर्ब बढीको म्युचुअल फण्डको कारोबार हुँदै

वि.सं.२०७४ पुस २४ सोमवार

846 

shares

२४ पुस, काठमाडौँ । नेपालको पूँजी बजारमा नयाँनयाँ अवसर तथा लगानीका स्रोतहरुको पहिचान हुँदै गरेको सन्दर्भमा म्युचुअल फण्डमा आर्कषण बढ्दै गएको छ ।

पूँजी बजारमा लगातार विभिन्न बैंक तथा वित्तीय कम्पनीका सहायक कम्पनीले म्युचुअल फण्डको बिक्री गर्ने क्रम बढ्दै गएपछि लगानीकर्ताको समेत आर्कषण बढेको हो । नेपाल स्टक एक्सचेन्जमा कुल ११ कम्पनीका त्यस्ता फण्डको कारोबार भइरहेको छ ।

यस्तै निकट समयमै ग्लोबल आइएमई ब्यालेन्स फण्डले रु एक अर्ब २० करोड बराबरको १२ करोड इकार्ई र एनआइबिएल सहभागिता फण्डले रु ५० करोड बराबरको पाँच करोड इकाई बिक्रीको प्रतीक्षामा रहेको छ ।

पछिल्लोपटक सिटिजन्स् बैंकको सहायक कम्पनी सिबिआइएल क्यापिटलले रु एक अर्ब बराबरको सामूहिक लगानी कोषको इकार्ई बिक्री गर्ने भएको छ । सो क्यापिटलले रु १० प्रतिइकाईका दरले १० करोड इकाई बिक्री गर्न लागेको हो । जसमध्ये १५ प्रतिशत अर्थात् एक करोड ५० लाख इकाई कोष प्रवद्र्धक सिटिजन्स् बैंक इन्टरनेसनल लिमिटेड र बाँकी आठ करोड ५० लाख इकाई सर्वसाधारणका लागि निष्कासन खुल्ला गरेको हो ।

कम्पनीले आज दिएको जानकारीअनुसार प्रतिइकाई रु १० का दरले न्यूनतम १०० इकाई अर्थात रु १०० र अधिकतम २० लाख इकाई अर्थात रु दुई करोड बराबरको आवेदन दिन सकिने छ ।

क्यापिटलले ल्याएको सातवर्षे बन्दमुखी यो सामूहिक लगानीकोषमा आगामी माघ २ गतेदेखि छिटोमा माघ ७ र ढिलोमा माघ १७ सम्म आवेदन दिन सकिने जनाइएको छ ।

बजार बढ्यो, कारोबार घट्यो

यस्तै साताको पहिलो दिन आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ७.९७ अंकले बढेर एक हजार ४३१ दशमलव ८० अंकको बिन्दुमा पुगेको छ ।

नेप्से परिसूचक सुधारिएको भए पनि कारोबार रकम भने रु ३६ करोड १६ लाख २५ हजार १२९ रहेको छ । कुल १५७ कम्पनीको शेयर कारोबार भएको बजारमा बीमा १६५, लघुवित्त, २० होटल १४, बैंकिङ एक, विकास बैंक नौ, उत्पादन १० र जलविद्युत समूह चार अंकले बढेको छ ।
त्यसैगरी फाइनान्स समूह एक र अन्य समूह भने ०.५७ अंकले घटेका छन् ।

वि.सं.२०७४ पुस २४ सोमवार ०२:५६ मा प्रकाशित

नेप्से परिसूचक ३३ अङ्कले घट्यो

नेप्से परिसूचक ३३ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ...

यस्तो आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । वै नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको...

पेट्रोलियम पदार्थको मूल्यवृद्धि

पेट्रोलियम पदार्थको मूल्यवृद्धि

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ...

नयाँ उद्देश्य, लक्ष्य र मूल्यमान्यताका साथ अघि बढ्दै नबिल बैंक

नयाँ उद्देश्य, लक्ष्य र मूल्यमान्यताका साथ अघि बढ्दै नबिल बैंक

काठमाडौं। नबिल बैंक लिमिटेडले नयाँ वर्ष २०८३ को सुरुवातसँगै चार...

एन आई सी एशिया बैंकद्वारा आमा घर सेवा आश्रममा आरओ वाटर प्युरिफायर जडान

एन आई सी एशिया बैंकद्वारा आमा घर सेवा आश्रममा आरओ वाटर प्युरिफायर जडान

काठमाडाैँ । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक...