Logo
३ भाद्र २०७९, शुक्रबार
     Fri Aug 19 2022
E-paper
  English Edition
   Unicode
Logo

मगर संघ मलेसियाले यसरी मनायो माघे सकराती



नेपाल मगर संघ मलेसियाले भव्यरुपमा माघेसकराती पर्व मनाएको छ । नेपाल मगर संघ, मलेसियाले मगर समुदायको भासा, संस्कृति र पहिचान स्थापित गर्नको लागि नेपाल मगर संघ मलेसियाले बर्सेनी माघे सकरातीको अवसरमामा बिबिध कार्यक्रम गर्दै आई रहेको छ ।
यसै सन्दर्भमा नेपाल मगर संघ, मलेसियाको क्षेत्रीय समिती जोहोरले रास्ष्ट्रिय पर्ब माघे सकराति विशेष सांस्कृतिकका कार्यक्रमका साथ धुमधामसँग मनाएको छ । नेपाल मगर संघ जोहोर क्षेत्रीय समितिका अध्यक्ष याम बलाल मगरको सभापतित्वमा नेपाल मगर संघ मलेसियाकी केन्द्रीय अध्यक्ष पुस्मिता ठाडा मगरको प्रमुख अतिथ्यमा कार्यक्रम भब्य रुपमा सम्पन्न गरीएको छ ।
जोहोरमा रहेका विभिन्न जातिय संस्थाका प्रतिनिधिहरुको पनि बाक्लो उपस्थिति रहेको यस कार्यक्रममा नेपाल मगर सॉंस्कृतिक संघ मलेसिया शाखाको उद्घाटन समेत गरिएको छ । सो अबसरमा मगर संघका ६० जना कलाकारहरुले आ–आफ्ना प्रस्तुति पस्कन सफल भएको थियो ।

कार्यक्रममा नेपालीपन झल्काउन क्षेत्रिय आयोजक समितिले उपस्थित सम्पूर्ण सहभागीहरुलाई सेलरोटी, अचार, तरुलका प्रकारहरुको खाजा ब्यवस्था समेत गरेको थियो ।
कार्यक्रममा आयोजक क्षेत्रीय कमिटिका अध्यक्ष यम बलाल मगरले कार्यक्रममा सहभागी बनि शोभा बढाइदिएकोमा सबै क्षेत्रबाट सहभागी महानुभावमा हार्दिक आभार व्यक्त गरेका छन् ।
सोहि अवसरमा जुनु पुन मगरद्वारा संचालित ‘सृजनशील समाज नेपाल’ बाल बालिका अनाथ आश्रमको लागी नेपाल मगर संघ मलेसिया र मगर लाफा फेसबुक पेज (ग्रुप)द्वारा संचालित संयुक्त सहयोग अभियानलाई नेपाल मगर संघ मलेसिया क्षेत्रिय कमिटि जोहोरको सहयोगमा उपस्थित महानुभावहरुबाट सहयोग रकम संकलन गरिएको थियो ।


उक्त सहयोग संकलन रकम जम्मा आरएम ८५७ (२१ हजार ३६० रुपैयाँ) तत्कालै जुनु पुन मगरको नाममा आइएमईमार्फत नेपाल पठाईएको बताइएको छ ।
संयुक्त अभियान बाहेक हरेक महिना न्यूनतम नेपाली पॉंच हजार नेपाल मगर संघ मलेसिया क्षेत्रीय कमिटि जोहोर अथवा व्यक्तिगत रुपमा सहयोग गर्ने जोहोर क्षेत्रिय अध्यक्ष यम बलालले प्रतिवद्दता जनाएका छन् ।
यस माघे सकराती पर्व बिश्वभरी छरिएर बसेका मगर सामुदायले विभिन्न तामझाम का साथ सम्पन्न गरेका छन् । मगर समुदाय लगायत आदिबासिहरुले मनाउने यस पर्वलाई राष्ट्रियरुपमा मनाउदै आईएको छ । मगरहरुको रितिरिवाज लोप हुँदै गैरहेको अबस्थामा जातीय पहिचानको संरक्षण र सम्बर्दन गर्ने उधेश्यका साथ लागि पर्दै मगर समुदायका श्रमिक हरुलाई अब राज्यले बेलैमा उचित सम्मानका साथ ध्यान दिनु पर्ने जोड पनि मगर संघ मलेसियाले अनुरोध गरेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले आगामी मंसिर ४ को निर्वाचनका लागि उम्मेदवार चयन

काठमाडौँ । वैदेशिक रोजगारीका लागि नेपाली युवा लाखौँ खर्चन बाध्य रहेको अवस्थामा मलेसियामा रहेको

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेकोछ । राष्ट्र बैंकको विदेशी