back
CTIZAN AD

गजल २९

वि.सं.२०७४ माघ ५ शुक्रवार

1K 

shares

प्रेमको परिभाषामा पैसा कहाँ कहाँबाट आउँदो रहेछ
बतासले उडाउँछ कि मान्छेले आफै ल्याउँदो रहेछ

अस्ति घर गोठ देख्नु अघि खुब प्रेम गर्छु भन्थ्यो जसले
आज त्यही मायाले बेइमान बनेर झुक्याउँदो रहेछ

मान्छे बनाउन बाले आफ्नो सर्बस्व खन्याउनु भयो
इमानको सितनले जिन्दगी कहाँ बनाउँदो रहेछ

बेइमानको संगत गर्दिन भनेको आज उहीँ हाकिम भो
मान्छेले मान्छे भएर बाँच्न कहाँ पाउँदो रहेछ

अचेल आफन्तहरु पनि आफ्ना लाग्नै छोडिसके
आफ्नोले पनि पैसाकै सङ्गत मन पराउँदो रहेछ
इति

वि.सं.२०७४ माघ ५ शुक्रवार ०२:२२ मा प्रकाशित

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...

गजल

गजल

भूपाल अधिकारी, विराटनगर सत्यवादी खुब जहाँ लाचार हुन्छ धुन्धुकारीको त्यहाँ...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...