back
CTIZAN AD

जिल्ला अस्पताल रोल्पाको आधुनिक भवन बन्दै

वि.सं.२०७४ माघ ५ शुक्रवार

723 

shares

५ माघ, रोल्पा । जीर्ण अवस्थामा रहेको भवनबाट स्वास्थ्य सेवा लिन बाध्य रोल्पाका बिरामी अब भने आधुनिक सुविधा सम्पन्न भवनबाट स्वास्थ्य सुविधा लिन पाउने भएका छन् ।

जिल्ला अस्पताल, रोल्पाको नयाँ भवन एक महिना अगाडि बन्न थालेपछि यस्तो सुविधासहित उपचार गर्न पाउने आशा पलाएको हो । २०४१ सालमा निर्माण गरिएको टिनको छाना रहेको सो भवन जीर्ण रहेसँगै बिरामीले त्रासपूर्ण अवस्थामा उपचार गराइरहेका थिए ।

हाल निर्माणाधीन नयाँ भवन बनेपछि अस्पतालले ५० श्ययाको सेवा दिने जिल्ला अस्पताल सञ्चालक समितिका अध्यक्ष टीकाकुमारी बुढा थापाले जानकारी दिनुभयो । श्यया थपसँगै विशेषज्ञ सेवा पनि उपलब्ध हुने भएकाले सामान्य शल्यक्रियाका लागिसमेत जिल्ला बाहिर जानुपर्ने समस्याबाट जिल्लावासी मुक्त हुने थापाले बताउनुभयो ।

पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने सम्झौता रहेको सो भवनको लागत भ्याटसहित करिब रु ३५ करोड र भ्याटबाहेकको रकम करिब रु २९ करोडको रहेको अध्यक्ष थापाले बताउनुभयो ।

हाल विशेषज्ञ डाक्टर नभएको जिल्ला अस्पतालमा नयाँ भवन बनेसँगै विशेषज्ञ सेवा प्रदान गरिने जिल्ला अस्पतालका सिनियर अहेव कुलबहादुर डाँगीले जानकारी दिनुभयो । श्यया थपसँगै प्रविधि र जनशक्ति पनि थपिने भएकाले जिल्ला अस्पतालको सेवा पनि विस्तार हुने डाँगीले बताउनुभयो ।

हाल १५ श्ययाको सेवा दिइरहेको जिल्ला अस्पताल, रोल्पाको भवन २०४१ सालमा निर्माण गरिएको थियो । भवन पुरानो हुनुका साथै छाना तथा ढोकासमेत गलेका र भित्ता समेत प्वाल परेका छन् । उक्त भवनमा उपचार गराउन आउने बिरामीले असुरक्षित महसुस गर्दै आएका थिए ।

वि.सं.२०७४ माघ ५ शुक्रवार ०५:३९ मा प्रकाशित

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले अन्तरराष्ट्रिय...

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

गोरखा । उँभौली पर्व सुरु भएसँगै छ महिनाअघि बेशी झरेका...

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटन (बागलुङ) । ढोरपाटन नगरपालिकाले यहाँका ४८ जना किसानलाई ५०...

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

बन्दीपुर । गाउँ पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले तनहुँको प्रसिद्ध पर्यटकीय...

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले सिद्धार्थ गौतमबुद्धका उपदेश र मार्गदर्शनले...

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब...