back

कविता : छोडेर जानेहरु

वि.सं.२०७४ माघ १४ आइतवार

408 

shares
NTC AD
Global IME AD

 

हुर्काएका थिए स्वाभिमानको वृक्ष ।

आलुबखडामा चचहुइ खेल्थ्यो बसन्त याम
जूनलाई नुहाएर आकाश चम्काउँथे चराचुरुङ्गी
घाम छेकेर लहरै उड्थे कर्याङकुरुङका बथान
इन्द्रेणीमा तुर्लुङ्ग झुण्डिएर पिङ खेल्थे भुराभुरी
मस्त पोखरीमा नुहाएर तन्नेरी भर्इ निस्कन्थे केटाकेटी ।

एकाएक उनीहरुको धुरीमा खसेर गयो पुच्छ्रेतारा
र, भत्किए उनीहरु ।

उनीहरुले गाउने घण्टीफूलको गीत खसिरहेछ पँधेरामाथि
जुरुक्क अग्लिएर, उनीहरुलाई डाकुँला झैं गर्छ यो मनोहर उपत्यका
उनीहरुसँगै जाउँलाझैं गरी उड्न खोज्छन ढुङ्गामा कुँदेका हलेसोका चित्र ।

जाने बेलामा ढोगेथे, कूलपित्रको आर्शिवादलाई
भाकलको पैतालामा चढाउन पालेथे भाले र बोको
भेटीपाति उठाएर गएका उनीहरु फर्किएनन अझै ।

जाँदै गर्दा

आफ्नै जहानजस्तो राते कुकुर
खोरका सुँगुर र कुखुरा
दाम्लोका गार्इवस्तु
लिएर गए कि छोडेर गए ?

अलिअलि गर्दै च्यातिएका थिए हृदयका पत्र
दुःख्यो भन्न पाए कि पाएनन ?

अमुक शत्रुले कुवामै रेटीमारेको
गाउँका तन्नेरीहरुको काँचो वायु र छायाँ
कुवाको पानीमा डब्डबाउँछ भन्थे
उनीहरुकै हंश कुवाभित्रबाट चिच्च्याउँदै भाग्छ भन्थे
त्यो भूतकुवाको पानी खान नसकेर
तिर्खाले प्याकप्याक गर्दै कुन नदीतटतिर गए ती सेता हाँसहरु ?

बेखबर तिनीहरुका घरजहान
रातबिहान बर्बराउँदै कुद्थे गल्लीगल्ली
आफ्नै आँगनको त्रासदीले, कहाँ लखेट्यो उनीहरुलाई ?

बर्खा झरेर जीउभरिका कपडा च्यातेथ्यो
बाढीमा सोहोरिँदै नाङ्गै गए कि केहि लाउन पाए ?

केराको थाममा खुकुरी गाडेर खोलाको पानीसँगै बगे, भन्थे
दोभानबाट हराएका ती जोडिहरुको वयस्कपन
कसैले भेटे या भेटेनन ?

छानोबाट मझेरीमा तारा झरुञ्जेलसम्म
ढोकामै बसेर रुँदै थिए भोका नानीहरु
रातैभरि भोकै रोइरहे कि खान पाए ?

ढाकरमा पृथ्वी बोक्ने बूढा घामजूनजस्ता बाआमै
अझै छन् कि ढाकर बिसाएर धरतीपारि गए ?

माहुरीको घारजस्तो पुख्र्यौली थलो
बचेरा हुर्किएको गुँडजस्तै टुहुरो देउराली
उनीहरुकै आस्थामा उभिने शितल बर–पिपल
हरिया पात हल्लाउँदै हेरिरहेछन
उनीहरुले भञ्ज्याङ तरेर गएको बाटो ।

आँटमाथि बल्दाबल्दैको दियालो हातमा बोकेर
आफ्नै पाखुरामाथि उभ्याएको घर काँधमा राखेर
खुनले आर्जेको सृष्टि बिधातालाई बुझाएर
उक्काएर आफ्नै पैतालाको छाप
यो सम्पूर्ण बस्तीलाई माया मारेर
विरही तालमा सहनाइ बजाउँदै
कहाँ गए छोडेर जानेहरु ?

 

इति

वि.सं.२०७४ माघ १४ आइतवार ०४:०८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
कविता : निखार काव्य ए कवि

कविता : निखार काव्य ए कवि

स्वर्ण शिखा, दाङ नवीन यामको अहो सुरम्य बिम्ब देखियो, नवीन...

कविता : शब्द दुरुपयोग

कविता : शब्द दुरुपयोग

निम्बतरु,अर्घाखाँची कालेलाई काले भन्न मिल्दैन सेतेलाई सेते भन्न मिल्दैन नेप्टे...

कविता : आत्मबोध

कविता : आत्मबोध

शान्ता न्यौपाने, बेलबारी, मोेरङ सधैं तिमी मर्छुमर्छु भन्छौ तर तिमीलाई...

कविता : नयाँ बर्ष

कविता : नयाँ बर्ष

भूपाल अधिकारी, बिराटनगर सही सोच राखौँ न उल्टाहरूले , सधैँ...

कविता : अनादर नगरौँ

कविता : अनादर नगरौँ

पौडेल विमुन्स, कास्की आफैंले दिनरात जप्न सकियो मन्त्रादि नानाथरि जप्दा...

टुक्का कविताहरू

टुक्का कविताहरू

ईन्दु श्रेष्ठ,चितवन १. जीवनमा मोक्ष पाउन गर्नु पर्छ कर्म दीन...