Logo
३० श्रावण २०७९, सोमबार
     Mon Aug 15 2022
E-paper
  English Edition
   Unicode
Logo

अमेरिकामा गाडी चलाउदा यि कुरामा ध्यान दिनुहोस्



ड्राइभिङ्ग गर्दा आफ्नो साबधानी र होशियारिले मात्रै पुग्दैन र सुरक्षित होइदैन, अर्को ड्राइभर वा पैदल यात्रिका गल्तिका कारणले पनि दुर्घटना मात्रै होइन ज्यान समेत जान सक्छ भन्दा नाक दुखे पछि मात्र नाकको, कान दुखे पछि मात्र कानको, आखा दुख्न थाले पछि मात्र आखाको र भुँडि पेट दुखन थाले पछि मात्र पिडा र दर्दको महसुस र महत्व बुझ्ने पोस्ट बुझक्कडवालाहरुले एक कानले सुनेर अर्को कानले उडाउने गर्दछन । तर, यथार्थता चाहि ड्राइभिङ्ग गर्दा ज्यान बचाउने र बचाइदिने काम चाहि आफैबाट र हरदम सम्बेदनशिल छ र अधिकाश हाम्रै आनिबानी ब्यहोरा, चालचलन, प्र्रवृत्तिहरु जिम्मेवार छन ।
अमेरिकाका सडक जति खुल्ला, चौडा, सफा, फराकिला र निर्देशित छन त्यत्तिकै जोखिम छ ज्यान बचाउन र दुर्घटनाबाट बच्न । कानुन यतिसारो कडा छ कि ट्राफिक नियम पालना नगर्दा जति कार्बाहिको जति जोखिम मोल्नु पर्छ त्यत्तिनै गाडी हाक्दा पनि ।
हातमा ड्राइभर लाइसेन्स, गाडि र गाडीको बिमा, गाडीको ट्याग, कर तिरेको प्रमाण र नबिकरण सहितको बार्षिक स्टिकर टासिएको र गाडीको बार्षिक इन्सेपेक्सन गरेको प्रमाण काफि छ गाडी कुदाउन कानुनी रुपमा अमेरिकी सडकहरुमा । यि कानुनी प्रक्रिया, चालक अनुभब र गाडी मात्रै भएर पुग्दैन गाडी चलाउदा आबश्यक पर्ने होशियारि, जोखिमताको ख्याल, साबधानी नभए एकै छिनमा प्राण पक्रेरु उडन सक्छ ब्युतिनै नसकिने गरि ।

अमेरिकामा थुप्रै नेपालीहरुले ज्यान गुमाइसकेका छन र अधिकाशले आफ्नै असाबधानी, लापर्बाहिका कारण छन भने केहि अर्को चालकका गल्तिका कारणले बेफ्वाकमा ज्यान खेर जानेहरुको पनि सख्या कम छैन भन्दा भयो । खराब मौसममा क्रान्तिकारिता देखाइ द्रुत गतिमा गाडी हाक्ने, इमोशनल भएर गाडी स्पिड लिमिट भन्दा माथि गै ठोक्किएर ज्यान खेर फाल्ने थुप्रै छन अमेरिकामा नेपालीहरु । यो भन्दा पनि टन्न जाड, रक्सी, वाइन, बियर, ह्विस्की, लिक्कर खाएर मदहोसमा गाडी चलाएर ज्यान फाल्ने, अङ्गभङ्ग हुने नेपालीहरु पनि प्रशस्तै पुगे भन्दा धेरैले जिब्रो काड्लान तर यथार्थता यहि हो । पढने बिद्यार्थी पार्टी, फन, भोज र आगु औषधका लतमा फसि गाडी चलाएर दुर्घटनाबाट ज्यान फाल्नेहरु पनि थुप्रै भैसके । पिल्स, लागु औषध, रक्सि, पेनकिलर वा मन्द दिमाग र शिथिल शरिर बनाउने औषधिहरुको सेवन र मापसेहरु बढि बिद्यार्थी, युवा र केहि त समाजकै अभियन्ताहरु पनि अमेरिकिन प्रहरीको फन्दामा जाकिसकेका छन र थुप्रै डलर मात्रै क्षति भएन अदालत, निगरानी, प्रोबेसन र गाडी हाक्न गरिने निषेधले पिडा जन्माइदिन सक्छ नराम्ररी ।

अर्को ठूलो समस्या त टेक्स गर्ने फेसबुक चलाउने, इमेल गर्ने, सामाजिक सन्जाल खेलाउने, फोनको बार्तालाप र फोनको दुरुपयोग हुदा थुप्रै नेपालीहरुले ज्यान खेर फालिसके अमेरिकामा र अङ्गभङ्ग घाइतेको त मैले हिसाबै गरेको छैन । मालबाहक ट्रकको लेनमा बस्ने, उछिन्न खोज्ने, धौर्यता नलिने, ट्रक ड्राइभरसङ्ग गति बढाउने, यताउता गरि लापर्बाही गर्ने, सेतो र पहेलो रेखा नाघ्ने, रेकस्लेस ड्राइभिङ्ग गर्ने, फ्रि वेमा मर्ग गर्दा ध्यान नदिने, नपर्खिने, राइट यिल्ड गर्दा ध्यान नपुर्याउने, अमेरिकी ट्राफिक नियम र कानुनको अध्ययन र ख्याल नगर्ने, आमेरिकी प्रहरी, हाइवे ट्राफिक, स्थानीय सेरिफ र सिटी प्रहरी एबंम अन्ड्ररकभर प्रहरीको ख्याल नगरि गाडी दौडाउने, स्पिड लिमिटको ख्याल नगर्ने, आफूलाइ मैमत्ता ठान्ने, थकित हुँदा समेत गाडी चलाउने, निन्द्राले च्याप्दा पनि नजिकैको पेट्रोल स्टेशन वा सेफ जोनमा गै तरल पदार्थ लिने र निन्द्रा मार्ने नगर्दा थुप्रै नेपालिहरुले दुर्घटनाबाट ज्यान खेर ओहाकिसकेका छन ।

टायर अबलोकन नगर्ने, तेल चेन्ज समयमा नगर्ने, गाडीको फ्लुड, ब्रेक एबंम अन्य मर्मत सम्भारलाइ बेवास्ता गर्दा पनि जोखिम मोलिरहेका छन नेपालीहरुले अमेरिकामा । समस्या परिहाले रोड एसिस्टेन्टको बिमा सुबिधा नलिने, सामान्य भन्दा सामान्य जानकारीको अभाबमा थुप्रै नेपालीहरु समस्याको चपेटामा परिरहेका छन अमेरिकि लामा एबम छोटा दूरिका सडकहरुमा ।

आफू के गर्दैछु, मैले गाडी चलाउदा के के कुराहरुमा ध्यान दिनु पर्छ र मैले कानुन मान्ने मात्रै होइन मेरो आफ्नै हिफाजत आफैले गर्नु पर्दछ भन्ने हेक्का नहुनेले अमेरिकि सडकमा गाडी नचलाए भयो । तनाब बोकेर, मदहोस भएर, कानुन नटेरेर, गाडीको मर्मत सम्भार नगरि, शिथिल र लखतरान भै ट्राफिक नियम पालना नगरे तपाइ त खेर जानु नै हुन्छ तर आफू पछिका जिम्मेवारी बोधको नजरअन्दाज नगर्नु होला गाडी चलाउँदा ।

ट्राफिक नियमको भ्वाइलेशन गर्दा डलरको फाइन, कार्वाही, खराब ड्राइभर रेकर्ड, अदालत धाउनु पर्ने, वकिल हायर गर्नु पर्ने, लाइसेन्स रिभोक हुनसक्ने र अन्ततोगत्वा ड्राइभिङ्ग प्रिभिलेजबाट हात धुनु मात्रै नभएर पिस हराउने, स्ट्रेस हुने र जेल एबम कम्युनिटि सभिर्स गर्नु पर्ने जस्ता अमेरिकि कडा कानुनको हरदम हेक्का राख्नुहोला । जसका कारण परिवार र आफ्नो रोजिरोटी र हैसियतमा ठूलो धक्का लाग्न सक्छ अलिकति नजान्दा, अलिकति बिराउदा, अलिकति साबधानी न अपनाउदा र गैरजिम्मेवार हुँदा । यि सबै तपाइकै हातमा छ आफूलाइ यि संकटबाट बचाउने मात्र होइन, ज्यानै जान सक्ने जोखिमताबाट बचाउन । एकबारको सुन्दर जिन्दगी होश गर्नुहोला । यस जनचेतनालाइ सक्दो शेयर गरि आफू पनि बचौ र अरुलाइ पनि बचाऔ हुनसक्ने सवारी दूर्घटनाबाट ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

कोरोना कहर पछाडि विस्तारै तंग्रदै गरेको अर्थतन्त्रमा केही आशाका किरण पनि देखा पर्न थालेका

काठमाडौं । एक पछि अर्को गर्दै पार्टी परिवर्तन गरिरहेका नेपाल समाजवादी पार्टीका संयोजक डा.