back
CTIZAN AD

अन्तराष्ट्रिय नेपाली एकता समाजको ध्यानाकर्षण

वि.सं.२०७४ फागुन ८ मंगलवार

726 

shares

पत्रकार महासंघ कुवेत शाखाका अध्यक्ष हरिकृष्ण न्यौपानेमाथि भएको दुव्र्यवहारप्रति अन्तराष्ट्रिय नेपाली एकता समाजले ध्यानाकर्षण भएको जनाएको छ ।
समाजका महासचिव शोभाकान्त लामिछानेद्धारा फागुन ७ गते एक जारी गरिएको विज्ञप्तिमा म्यानपावर व्यवसायी तथा एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले पत्रकार न्यौपानेमाथि गरेको सांघातिक हमलाप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘गत लामो समयदेखि नेपाल र कुवेतका सरकारबीच श्रम सम्झौता नभएसम्म नेपाली श्रमिकहरुलाई कुवेतमा ल्याउनु हुँदैन भन्ने मान्यता राख्ने पत्रकार महासंङ्घ कुवेत शाखाका अध्यक्ष हरिकृष्ण न्यौपानेसित फेब्रुअरी १८, को साँझ भएको दुव्र्यबहारप्रति अन्तराष्ट्रिय नेपाली एकता समाजको ध्यान आकर्षित भएको छ ।
पत्रकार न्यौपानेलाई केही विषयमा छलफल गर्नुपर्ने भन्दै एकान्त कोठामा बोलाएर कुवेतका म्यानपावर व्यवसायी तथा एनआरएनए अध्यक्ष अर्जुन तामाङले आफ्ना केही समर्थकहरुको उपस्थितिमा साङ्घातिक हमला नै गरेका थिए । यसरी गरिएको हमला तथा कुटपिटबाट राष्ट्रको चौथो अङ्गमाथि नै चरम दुव्र्यवहार भएको स्पष्ट छ । यस घटनाको अन्तराष्ट्रिय नेपाली समाज घोर निन्दा गर्दछ र दोषिमाथि गम्भीर छानविन गरी कडाभन्दा कडा कारबाहीका लागि पनि सम्बन्धित निकायसँग जोडदार माग गर्दछ ।’

वि.सं.२०७४ फागुन ८ मंगलवार १२:१६ मा प्रकाशित

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...

अन्तर्राष्ट्रिय मञ्चमा उदाउँदै नेपाली प्रतिभा: उरुषा पाण्डे गिनिज वर्ल्ड रेकर्डतर्फ

अन्तर्राष्ट्रिय मञ्चमा उदाउँदै नेपाली प्रतिभा: उरुषा पाण्डे गिनिज वर्ल्ड रेकर्डतर्फ

काठमाडौं । नेपाली मोडल तथा अभिनेत्री उरुषा पाण्डे अन्तर्राष्ट्रिय स्तरमा...