back
CTIZAN AD

‘बाउन्सर’को प्रयोग गरेर आफ्नै साथीको हत्या

वि.सं.२०७४ फागुन ३० बुधवार

810 

shares

३० फागुन, सुरुङ्गा, झापा । विर्तामोडमा रहेको ऋद्धिसिद्धि ज्वेलर्सका सञ्चालक पारसकुमार देवले आफ्नै साथीको हत्या गरेको खुलासा भएको छ ।

उनले आफ्नै पसलमा राखेका ‘वाउन्सर’को प्रयोग गरेर देवा ज्वेलर्सका सञ्चालक साजन मुखियाको हत्या गरेको खुलासा भएको हो । गत फागुन २० गतेदेखि बेपत्ता बनेका साजनलाई पारसले विर्तामोडस्थित आफ्नै घरमा पु¥याएर हत्या गरेको प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरी घटनाका विषयमा जानकारी गराएको हो ।

घटनामा संलग्न भएको भन्दै ऋद्धिसिद्धि ज्वेलर्सका सञ्चालक २९ वर्षीय देवसहित विर्तामोड–८ त्रिवेणी टोल निवासी १९ वर्षीय दीपेश पौडेल र तेह्रथुमको छातेढुंगा– ८ घर भई विर्तामोड– ३ सैनिक मोड बस्दै आएका २३ वर्षीय प्रकाश भनिने चिरञ्जीवी ओलीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

उनीहरूलाई मानव अपहरण तथा शरीर बन्धक, खुन डाका र संगठित अपराधअन्तर्गत मुद्दामा म्याद थप गरी अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक विष्णुकुमार केशीले जानकारी दिए । पक्राउ परेका ओली माओवादीका पूर्व लडाकु भएको बताइएको छ । उनी ऋद्धिसिद्धि ज्वेलर्समा ‘वाउन्सर’का रुपमा कार्यरत रहेको बताइएको छ ।

प्रहरीले उनीहरूका साथबाट घटनामा संलग्न भएको एक थान स्कुटर र सुनका गहरगहना , सिमसहितका छ थान मोबाइल सेटसमेत बरामत गरेको प्रहरी उपरीक्षक केसी बताए । घटनामा संलग्न अन्य व्यक्ति पनि रहेकाले उनीहरूको खोजी गरिरहेको प्रहरीले जनाएको छ । हत्यामा संलग्नमध्ये ओलीलाई प्रहरीले तेह्रथुमको संग्रान्ती बजारबाट सोमबार नियन्त्रणमा लिएको जनाएको छ ।

गत फागुन २० गते श्रीमतीलाई मार्केट पुगेर आउँछु भन्दै हिँडेका उनी एकाएक बेपत्ता भएका थिए । बेपत्ता बनेका मुखियाको धारिलो हतियार प्रयोग गरी हत्या गरेको अवस्थामा सोमबार मात्र शव फेला परेको थियो । उनको शव इलामको रोङ गाउँपालिका–३ कोल्बुङ (मेची राजमार्गको लसुने–अर्यालचोक सडकखण्डको जमुने डाँडा)मा सडकबाट करिब १०० फिट तल जुटको बोरामा राखेर फालिएको अवस्थामा भेटिएको थियो ।

यता सुन व्यवसायीको हत्याको विरोधमा आज विर्तामोड उद्योग वाणिज्य संघ र नेपाल सुनचाँदी व्यवसायी संघ झापाले विर्तामोड बजार बन्द गराएका थिए ।

वि.सं.२०७४ फागुन ३० बुधवार ०२:४३ मा प्रकाशित

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य...

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय...

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र...

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

कर्णाली । कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाडी...