back
CTIZAN AD

शंखुवासभा समाज कतारको प्रथम साधारणसभा सम्पन्न

वि.सं.२०७४ फागुन ३० बुधवार

876 

shares

कतार । कतारमा कार्यरत संखुवासभाबासीहरु एकीकृत हुँदै “संखुवासभालीको पहिचान, बिश्व सामु चिनाउने हाम्रो अभियान” भन्ने मुल नाराका साथ संस्थाको पहिलो साधारणसभा तथा बृहत बनभोज सम्पन्न गरेका छन् ।
२ फेब्रुअरी शुक्रबारका दिन वक्रा स्थिति फेमिली पार्कमा लोक बहादुर राईको सभापतित्वमा सम्पन्न भएको छ ।
उक्त प्रथम साधारणसभाबाट अध्यक्ष लोक बहादुर राईको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति समेत चयन भएको छ । जस्मा प्रथम उपाध्यक्ष खगेन्द्र कार्की, उपाध्यक्ष द्रोण कार्की महासचिव निरन नेपाल, सचिब शिव प्रसाद दाहाल, सचिब बिष्णु श्रेष्ठ, कोषध्याक्ष पदम तामाङ, सहकोषध्याक्ष ज्ञानु राई, सदस्यहरुमा ऋषि ढकाल, शंकरमान राई,राम कुमार ठटाल,शिव खत्री, राजकुमार सुबेदि, युवराज कालाखेती, नबराजपौडेल चयन भएका छन् ।
एनआरएनए एनसीसी कतारका अध्यक्ष नवीन पोख्रेलको प्रमुख आतिथ्यमा समाजसेवी सागर नेपाल संस्थाका प्रमुख सल्लाहकार नरेश श्रेष्ठ, पत्रकार नबराज बि.क समाजसेवी अशोक तामाङको विशेष उपस्थितिरहेको थियो ।
शुभकामनाको क्रममा बक्ताहरुले समाजले गरेका कार्यक्रमहरु प्रसंशा गर्दै सामाजिक रूपमा अगामी दिनहरूमा अझ बढी प्रगतिको कामना सहित देश तथा बिदेशमा नया आयम थप्न सकोस् भन्ने शुभकामना दिएका थिए ।
कार्यक्रममा अन्य उपस्थितमा एनआरएनए एनसीसी कतारका सदस्यहरु अरुण के.सी., रामकुमार मण्डल, नारायण बिष्ट, बुद्ध पाण्डे, नरेश प्रशाद जैशी सस्थाका सल्लाहकारहरु प्रशुराम दाहाल, मान बहादुर तामाङ, सुबर्ण कुबेर श्रेष्ठ, गणेश महतरा, खेमराज भट्टराई, केशरसिंह गुरुङ, गणेश लिम्बु लगायतको उपस्थित रहेको थियो ।
औपचारिक कार्यक्रमको शुरुवात दीप प्रज्वलन सहित ब्यानर अनवरण सगै रास्ट्रिय गान बाट शुरु गरिएको थियो । अतिथिहरुलाई स्वागत मन्तव्य सहित संखुवासभाको चिनारी खगेन्द्र कार्कीले प्रस्तुत गरेका थिए ।
कार्यक्रममा संस्थामा महत्वपूर्ण योगदान दिएबापत समाजसेवी सागर नेपाललाइ मानार्थ सदस्य सहित खादा तथा दोसल्लाद्वारा सम्मान गरिएको थियो त्यस्तै सम्मानित हुनेमा प्रमुख सल्लाहकार नरेश श्रेष्ठ र समाजसेवी रामजी खत्री रहेका थिए ।
कार्यक्रमको संचालन महासचिव द्रोण कार्कीले गरेका थिए भने कलाकारहरुले गीत गजल तथा नृत्य लगायतका प्रस्तुति समेत दिएका थिए ।

वि.सं.२०७४ फागुन ३० बुधवार १०:५९ मा प्रकाशित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...