३० फागुन, काठमाडौं । मृगौला रोगले पीडित गुल्मीका भुक्त बहादुर (लक्ष्मण) रानालाई गुल्मी समाज युकेले आर्थिक सहयोग गरेको छ ।
गुल्मी समाज यूकेका संस्थापक तथा हालका सल्लाहकार ओम थापा काउचा र कुमार रानाको पहलमा युकेमा रहेका नेपालीहरुद्धारा संकलन गरिएको २,८६,९५५ (दुई लाख छ्यासी हजार नौ सय पचपन्न रुपैयाँ) ललितपुरस्थित बिएफबिएस रेडियोको कार्यालयमा फागुन २९ गते आयोजित एक कार्यक्रममा सोलिडारिटी ट्रष्टकी अध्यक्ष ऐक्यबद्धता मासिककी प्रबन्ध सम्पादक चन्दा थापा (चन्द्रिका) र रेडियोका स्टेशन म्यानेजर तथा नेटवर्क डाइरेक्टर विनोदध्वज खड्काले संयुक्त रुपमा हस्तान्तरण गरेका थिए ।

१७ वर्षको उमेरमै दुबै मिर्गौला फेल भएका गुल्मी चन्द्रकोट शान्तिपुरका राना हाल टिचिङमा उपचार गराइरहेका छन् । गत पुसमा एक्कासी बान्ता हुने, हातखुट्टा सुन्निने र दम समेत आएपछि चितवन मेडिकल कलेजमा उपचार गराउन आएका थिए । त्यहाँ १३ दिनको उपचारमा यहि रोग भन्ने पत्ता नलागेपछि मेडिकल कलेजले कलंकीको निदान अस्पतल र निदानले सुमेरुमा पठाएको थियो । सुमेरुमा उपचार गराउने क्रममा उनको दुवै मिर्गौला विग्रिएको थाहा भएको उनका बुबा देउ बहादुर रानाले बताए ।
चितवन मेडिकल कलेज र सुमेरुमा उपचार गराउँदा झण्डै ७ लाख खर्च गरिसकेका उनीहरु २ हप्तादेखि टिचिङ अस्पताल महाराजगन्जमा उपचार गराइरहेका छन् ।
‘ जग्गा जमिने बेचेर घरबाट ल्याएको पैसा सबै सकियो,’ विरामीका बुबा देउमानले भने, ‘अब साथीभाई र इष्टमित्रको भरोसा हो, उहाँहरुको सहयोग भएमा मेरो छोराको ज्यान बचाउन सकिने थियो ।’ उनीहरुलाई हाल हङकङ, कतार, मलेसिया लगायतका देशमा रहेका शुभचिन्तकहरुले आर्थिक सहयोग पठाइरहेको बताए ।
भैरहवामा बसेर कोरियाका जानका लागि भाषा परीक्षाको तयारी गरिरहेका उनलाई एक्कासी यस्तो समस्या देखिएपछि उपचारका लागि भरतपुरको चितवन मेडिकल अस्पताल हुँदै सुमेरुमा ल्याइएको थियो ।
नख्खीपोटमा एउटा कोठा भाडामा लिएर छोराको उपचार गराउँदै आएका ६५ वर्षे देउमान आफैले छोरालाई किड्नी दिन लागेको बताए । ‘मेरो किड्नी मिल्छ की मिल्दैन भनेर टेष्ट भइरहेको छ । मिल्यो भने मेरै दिन्छु ।’ गहभरी आँसु बनाउँदै देउमानले सुनाए ।
हाल उनीहरुले हप्ताको दुईपटक सुमेरुमै डाइलोसिस गराउँदै आएका छन् । डाइलोसिसको सुरुमा ३ हजार तिरेको बताएका उनीहरुले २ हप्तादेखि भने सुमेरुले निःशुल्क डाइलोसिस गरिदिएको पनि बताए । तर, अबको उपचार टिचिङमै हुने र डाक्टरको सल्लाह लिइरहेको उनीहरुले बताए ।
रानाको जीवन बचाउ अभियानका लागि बिश्वभरीका गुल्मेलीहरूको तिब्र पहल भई राखेको छ । जसमा बिश्व हङ्गकङ्गबाट होम बहादुर श्रीस, अमेरीकाबाट राम थापा, युएईबाट बिष्नु श्रीस, साउदीबाट बम राना, फिनल्याण्डबाट सन्जु काउचा, बेल्जियमबाट बलाराम पुन, अष्ट्रेलियाबाट सदर गलामी, मलेशियाबाट नन्द राना, ओम राना कÞतार र उनका आफन्त स्वर्गीय भक्त बहादुर पुन रेमीका छोराछोरीहरू युके तथा हङ्गकङ्गबाट श्रीमती मैना थापा र बिभीन्न देशबाट बिशेष आफन्त र गुल्मेलीहरू साथै गैर गुल्मेलीहरूसँग स्वेच्छाले यस कार्यको निम्ती रकÞम संकलन भएको पनि बेलायतका संयोजक ओम थापाले जानकारी गराए ।
त्यस्तैे बिगतमा पनि यस्ता सहयोग कामहरु गर्दै आएको थापाले बताए । यस्ता समस्या र माग धेरै आउछन् । सबैलाई सहयोग गर्नु सकिदैन् तर एकदमै गरीव र भविष्यका कर्णधारहरू जुन सहयोगले समाजमा पनि मद्दत दिने जस्ताका लागि यस्ता पहल गरी दोस्रो जीवन दिन पनि थापाले अपिल गरेका छन् ।



वि.सं.२०७४ फागुन ३० बुधवार ११:४१ मा प्रकाशित






























