back
CTIZAN AD

आजबाट सुरु भयो सार्क ‘विजनेश लिडर्स कनक्लेभ’

वि.सं.२०७४ चैत २ शुक्रवार

783 

shares

२ चैत, काठमाडौँ । दक्षिण एशियाको आर्थिक एवं व्यापारिक क्षेत्रको विकासमा नेतृत्वदायी भूमिकामा रहेका नीतिनिर्माता, उद्यमी, व्यापारी एवं प्राज्ञको ‘विजनेस लिडर्स कनक्लेभ’ आजबाट सुरु हुने भएको छ ।

दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) राष्ट्रका उद्योग वाणिज्य क्षेत्रका अग्रणी संघहरूको साझा संस्था सार्क उद्योग वाणिज्य संघको आयोजनामा हुने उक्त त्रिदिवसीय सम्मेलनमा सार्कका आठै राष्ट्रका उद्योग वािणज्यमन्त्रीका साथै औद्योगिक एवं आर्थिक क्षेत्रका वरिष्ठ व्यक्तिको सहभागिता रहने संघका अध्यक्ष सुरज वैद्यले जानकारी दिए ।

सम्मेलनलाई पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’, श्रीलंकाका पूर्वराष्ट्रपति चन्द्रिका कुमारातुंगाका साथै सार्क राष्ट्रका मन्त्रिपरिषद्का सदस्यले सम्बोधन गर्ने कार्यक्रम छ । आर्थिक एकीकरणबाटै दक्षिण एशिया समृद्धिको मार्गमा अग्रसर हुने सम्मेलनको विषय छ । सार्क क्षेत्रको साझा समृद्धि, सदस्य देशमा व्यापार र लगानी प्रवद्र्धन, आर्थिक र राजनीतिक संकट सल्टाउँदै सबैसँग सहकार्य गरी प्रगतिका पथमा अघि बढ्ने प्रणका साथै विश्व अर्थव्यवस्थामा सार्क राष्ट्रको भूमिका, ऊर्जा र सहकारीका माध्यमबाट सार्क मुलुकमा प्राप्त उपलब्धि र भावी कार्यदिशाबारे व्यापक विचारविमर्श हुनेछ ।

वि.सं.२०७४ चैत २ शुक्रवार ०९:४६ मा प्रकाशित

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारका शेयर कारोबार मापक नेप्से परिसूचक आज...

ब्रटिस काउन्सिल नेपालद्वारा आइइएलटिएस सञ्चालन गर्ने उत्कृष्ट साझेदार संस्थालाई सम्मान

ब्रटिस काउन्सिल नेपालद्वारा आइइएलटिएस सञ्चालन गर्ने उत्कृष्ट साझेदार संस्थालाई सम्मान

काठमाडौं । ब्रिटिस काउन्सिल नेपालले २५ जुन २०२६ मा आइइएलटिएस...

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

टिकाराम सुनार, सुदूरपश्चिम । माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली...

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...