back
CTIZAN AD

कैलाली घटनाका अभियुक्त सार्वजनिक

वि.सं.२०७४ चैत २ शुक्रवार

678 

shares

२ चैत, कैलाली । जिल्ला प्रहरी कार्यालय कैलालीले बोक्सी आरोप लगाई कुटपिटमा संलग्न भएको आरोपमा पक्राउ परेकाहरूलाई विहिबार सार्वजनिक गरेको छ ।

कैलाली, घोडाघोडी नगरपालिका–५ देउकलिया गाउँकी राधा चौधरीलाई गत फागुन २४ गते बोक्सीको आरोपमा निर्घात कुटपिट गरेको अभियोगमा पक्राउ परेका सोही ठाउँका २३ वर्षीय भोलेबाबा भनिने रामबहादुर चौधरी र उनलाई सघाउने किस्मती चौधरी र स्मारिका चौधरीलाई पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो ।

घटनामा मतियारका रुपमा संलग्न सोही ठाउँका वेदप्रसाद चौधरी, चनकला चौधरी र सीतारानी चौधरीसमेतलाई पक्राउ गरी कानूनी कारवाही प्रक्रिया अघि बढाइएको प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिए । अभियुक्तलाई बोक्सी आरोप कसुर तथा सजाय ऐनअन्तर्गत मुद्दा दर्ता गरिएको छ ।

प्रहरी उपरीक्षक घिमिरेले फागुन २८ गते राति नगरपालिका प्रमुख ममताप्रसाद चौधरीलाई गोली तथा धारिलो हतियार प्रहारका घटनामा संलग्न चार जनालाई पनि पक्राउ गरेको छ । पक्राउ पर्नेमा घटनामा संलग्न नगरपालिकाका ४० वर्षीय कमल क्षत्री, ३६ वर्षीय भरतबहादुर शाह तथा ३० वर्षीय पूर्णप्रसाद खनाल र हृदयराज बोगटी छन् ।

नेकपासँग आबद्ध भनिएका उनीहरूलाई पनि पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको थियो । घटनास्थलमा संलग्न भई फरार थप नौ जनाको खोजी भइरहेको छ । घटनास्थलमा प्रहरीले गोलीको खोका र से२प ३६७१ नंको नक्कली मोटरसाइकल बरामद गरिएको थियो । नगर प्रमुख चौधरीलाई विभिन्न आरोप लगाई नेकपाले पटक पटक चन्दाका साथै विभिन्न माग राखी धाकधम्की दिने, प्रेस विज्ञप्ति प्रकाशन गर्नेलगायत कार्य हुँदै आएको अवस्थामा उनीमाथि आक्रमण भएको जनाइएको छ । घाइते नगरप्रमुख चौधरीको हाल काठमाडौँमा उपचार भइरहेको छ ।

वि.सं.२०७४ चैत २ शुक्रवार ०९:५० मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण...

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

पर्वत । मोदी गाउँपालिका–६, तिलाहारका ५१ वर्षीय जीतबहादुर विकलाई आफ्नै...