back
CTIZAN AD

फ्रिजभित्र राखेको मासु मात्र प्रयोग गर्न सुझाव

वि.सं.२०७४ चैत २ शुक्रवार

963 

shares

२ चैत, ललितपुर । आलो मासु खाने भन्दै उपभोक्ताले अस्वस्थ मासु खाने गरेका छन् ।

मासु काटेपछि फ्रिजमा राखेर पछि खाँदा मात्रै स्वस्थकर हुने जिल्ला पशु विकास कार्यालयका प्रमुख मोगलप्रसाद साहले बताए । बाह्र घण्टासम्म फ्रिजमा राख्दा त्यसमा भएको कीटाणु मरेर मासु स्वस्थकर हुन्छ । उनले भने “पसलहरूले फ्रिजमा राख्न गाह्रो मान्ने भन्दा पनि उपभोक्ता नै आलो मासु खोज्छन् । यस विषयमा जनचेतना फैलाउन खाँचो छ । ”

नगरका अधिकांश पसलले टेबुलमा बाहिर खुला राखेर मासु बिक्री गर्छन् । कीटाणु भएको मासु लामो समयसम्म खुला राख्दा कीटाणु अझै बढ्छ । मासु पसल सञ्चालन गर्दा फ्रिज राख्नैपर्ने व्यवस्था छ । केही वर्ष पहिलेसम्म नभएकामा अहिले अधिकांस मासु पसलमा फ्रिज छ । फ्रिज भएकाहरूले समेत राख्न नचाहेको उनले बताए । उनी भन्छन्, ‘हामीले स्थानीयस्तरमा समेत जनचेतना फैलाउनु आवश्यक छ ।” ललितपुर महानगरपालिकाभित्र मात्रै तीन सयभन्दा बढी मासु पसल छन् ।

वि.सं.२०७४ चैत २ शुक्रवार ०९:५६ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण...

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

पर्वत । मोदी गाउँपालिका–६, तिलाहारका ५१ वर्षीय जीतबहादुर विकलाई आफ्नै...