back
CTIZAN AD

विकट गाउँमा गाउँघर क्लिनिकको भवन निर्माण

वि.सं.२०७४ चैत ११ आइतवार

735 

shares

clinic1

११ चैत, फलेवास, पर्वत । यहाँको एक विकट गाउँका नागरिकलाई स्वास्थ्य सेवाको पहुँच पु¥याउने उद्देश्यले गाउँघर क्लिनिक निर्माण गरिएको छ ।

गुड नेवर्स इन्टरनेशनलको करीव रु छ लाख ४१ हजार आर्थिक सहयोग र स्थानीय जनसमुदायको रु ११ हजार २०० बराबरको श्रमदानमा फलेवास नगरपालिका–९ भँगरा उल्लेरीमा सो क्लिनिक निर्माण गरिएको हो ।
उक्त क्लिनिक निर्माण समितिका अध्यक्ष होमबहादुर पौडेलका अनुसार क्लिनिक निर्माणका लागि स्थानीय सावित्रा रिजालले झण्डै ९ आना २ पैसा १ दाम बराबरको जग्गा दान दिएका थिए ।

छैन खकार परीक्षण सुविधा

दुई गाउँपालिकामा भएका स्वास्थ्य क्लिनिकमा खकार परीक्षणका लागि माइक्रोस्कोपको सुविधा नहुँदा क्षयरोग पहिचानमा कठिनाइ भएको छ ।

जलजला र मोदी गाउँपालिकामा रहेका स्वास्थ्य चौकीमा खकार परीक्षणका लागि माइक्रोस्कोपको अभाव हुँदा क्षयरोग पहिचानमा कठिनाइ भएको छ । स्थानीय स्वास्थ्यचौकी र उपस्वास्थ्यचौकीमा पुग्ने बिरामीको खकार परीक्षण सोही स्थानमा गर्दा सहज हुने गर्छ तर लामो समयदेखि यी दुई गाउँपालिकामा उक्त सुविधा नहुँदा क्षयरोगी पहिचान गर्न कठिन भएको हो ।
अहिले खकारको नमूना संकलन गरेर जिल्ला अस्पतालमा रहेको ल्याबमा ल्याउने गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । समयमै खकार ल्याउन नसक्दा जिवाणु नष्ट हुने र पहिचान गर्नसमेत समस्या हुने जनस्वास्थ्य अधिकृत सजिना महर्जनले बताए ।
जलजला गाउँपालिकाले यस वर्ष माइक्रोस्कोप खरिद गर्ने कार्यक्रम राखेको छ ।
जिल्लामा जलजला र मोदीमा खकार परीक्षणको सुविधा नहुँदा कम बिरामी देखिएको अनुमान छ तर लामो समयदेखि नै पैञ्यु र बिहादी गाउँपालिकामा बढी क्षयरोगी देखिएका छन् । यस वर्ष फागुनसम्म ५६ जना नयाँ क्षयरोगी भेटिएका छन् । गत वर्ष १०० बिरामी पहिचान भएकामा ८७ बिरामीलाई प्रत्यक्ष निगरानीमा राखेर उपचार गरेपछि निको भएको कार्यालयका क्षयकुष्ठ निरीक्षक जनार्दन गिरीले जानकारी दिए ।

वि.सं.२०७४ चैत ११ आइतवार १४:४६ मा प्रकाशित

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य...

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय...

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र...

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

कर्णाली । कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाडी...