back
CTIZAN AD

पत्रकार महासंघ भारत शाखाले राखेको अन्तक्रियामा दूतावास अनुपस्थित

वि.सं.२०७४ चैत १२ सोमवार

798 

shares

interaction programme in delhi21

देवेन्द्र केसी, नयाँ दिल्ली
भारतमा कार्यरत पत्रकारहरुको छाता सड्गठन नेपाल पत्रकार महासंघ भारत साखा केन्द्रीय समितिले प्रवासी नेपालीहरुको समस्या समन्धमा, नेपाल सरकारको ध्यानाकर्षण बिषयेक अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा नेपाली दुतावासका कार्यबहाक राजदुत भरत रेग्मीलाई मुख्य अतिथिको रुपमा निमन्त्रण गरेपनि राजदुतले उपस्थिति जनाएनन ।

कार्यक्रममा मुलप्रवाह अखिल भारत नेपाली एकता समाजका अध्यक्ष दुर्गाबहादुर केसी, सचिव ठाकुर खनाल, नेपाली जनसम्पर्क समितिका केन्द्रीय सदस्य प्रमोद खरेल, ढुवानी सेवाका अध्यक्ष बाबुराम महत, पशुपति सम्पर्क मञ्चका सँस्थापक अध्यक्ष तुलसी राम ढकाल, समाजसेवी दिल खत्री, पिताम्वर खत्री, ऐभरेष्ट चेम्बर अफ कमर्सका कोषाध्यक्ष बिन बहादुर केसी, कान्तिपुर दैनिकका पत्रकार सुरेशराज न्यौपाने र अन्नपुर्ण पोस्टकी पत्रकार आशा थपलिया लगाएतले आफ्ना भनाई राखेका थिए। कार्यक्रममा बोल्दै मुलप्रवाहका ठाकुर खनालले प्रवासी नेपालीहरु समस्या प्रति दुतावास सकरात्मक नभएको आरोप लगाउनुभयो ।

interaction programme in delhi 1कार्यक्रममा बोल्दै अतिथि दुर्गा केसीले प्रवासी नेपालीहरुले देशका नेताहरु र दुतावासप्रति गर्व गर्ने दिन कहिले आउला भनि प्रश्न गर्नुभयो । कार्यक्रममा बोल्दै पत्रकारद्वय थपलिया र न्यौपानेले नेपाल पत्रकार महासंघ भारत साखा लाई प्रवासी जनता र नेपाल सरकार बिच पुलको काम गर्न अनुरोध गर्नुभयो । नेपाल पत्रकार महासंघको कार्यालय हलमा सम्पन्न कार्यक्रमको अध्यक्षता महासंघका सभापति लोकेश शाह ‘आर्यन’ले गर्नुभएको थियो भने सञ्चालन महासचिव गोबिन्द पोख्रेल तथा स्वागत भाषण महासंघ प्रवक्ता देबेन्द्र केसीले गर्नुभएको थियो । कार्यक्रममा भारतमा कार्यरत करिव पचास राजनैतिक, जनवर्गिय तथा सामाजिक संस्थाहरुका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा सोधिएका प्रश्नहरुको जवाफदेहिता नेपाल सरकारको रहने भएकोले राजदुतावासले जवाफ दिने व्यवस्था मिलाईएपनि कार्यवाहक राजदुत भरत रेग्मी अन्तरकृया मै उपस्थित भएनन। दुतावासका डेक्स रिलेसन अफिसरलाई भेटेरै महासंघका पदाधिकारीहरुले लिखित निमन्त्रण दिएपनि राजदुतले किन उपस्थिति जनाएनन यसबारै महासंघ सहसचिव अर्जुन खनालले प्रतिकृया लिन खोज्दा कार्यक्रम बारे थाहै नपाएको भनि पन्छिए । दुतावासकै जिम्मेदार अफिसरलाई दिईएको पत्र बारे किन राजदुतलाई जानकारी भएन ?  हरी ओडारीले पत्र बारे राजदुतलाई जानकारी नगराएकै हुन त ? या कार्यक्रममा सोधिने तिखा प्रश्नहरु फेस गर्न राजदुत तयार भएनन ? कुरो जेसुकै भएपनि पत्रकारहरुलाई नै नटेर्ने दुतावासले आमजनताका कुरा सुन्छ भनेर खै कसरी पत्याउनु कार्यक्रम मै एक प्रतिनिधि दुखेसो पोख्दै थिए।

वि.सं.२०७४ चैत १२ सोमवार १५:०५ मा प्रकाशित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...