back
CTIZAN AD

बालिका अपहरण गरेर भागेका युवाको भीरबाट लडेर मृत्यु

वि.सं.२०७४ चैत १८ आइतवार

726 

shares

१८ चैत, फलेवास, पर्वत । पर्वतको कुस्माबजारमा शनिबार दिउँसो एक अढाइ वर्षीया बालिकालाई अपहरण गरेर भाग्दै गर्दा भिरबाट लडेर ‘अपहरणकारी’को मृत्यु भएको छ ।

बालिका अपहरण गरेर भाग्दै गर्दा स्थानीयवासीले देखेपछि भागेका बागलुङ नगरपालिका वडा नं १, रामरेखाका ३६ वर्षीय भूपेन्द्र रुचालको मृत्यु भएको हो ।

रुचालको कुस्मा नगरपालिका वडा नं ५ चाक्लेडिलको भिरबाट खसेर मृत्यु भएको हो । कुश्मा नगरपालिका–४ चाक्लेडिल नजिकै बस्दै आएकी निशा परियारकी साढे दुई वर्षीया छोरी सुवानी परियारलाई नजिकै खोल्सामा मुख थुनेर राखेको र बच्चा रोइरहेको स्थानीयवासी चिरञ्जीवी केसीले देखेका थिए । केसीले सोधखोज गर्न थालेपछि मृतक रुचाल भाग्न खोज्दा भिरबाट खसेका थिए ।

बालिका छाडेर भाग्ने क्रममा भिरबाट खसेका ती युवा भिरबाट २०० मिटर तल पुगेका थिए । भिरबाट उद्धार गरी पर्वत जिल्ला अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको पर्वतका प्रहरी निरीक्षक दीपक थापाले जानकारीदिए ।

भिर र वरपर खोजी गर्दा करीब एक घण्टापछि चाक्लेडिल भिरको करीब २०० मिटर तल फेला परेका थिए । मृतकको शव परीक्षणका लागि प्रहरीले जिल्ला अस्पताल पर्वतमा राखेको छ ।

खोल्सामा बच्चालाई रोइरहेको र एकजनाले मुख थुनेर बसेको देखेका थिए । स्थानीयवासी वृद्ध चिरञ्जीवी केसीले । उनले भने, ‘म घाँस काट्न बाटोमा हिँड्दै थिएँ । तल खोल्साबाट बच्चा रोएको सुनेँ । यसो हेरेको त तल कसैले नदेख्ने भड्खालोमा लगेर त्यो मान्छेले बच्चाको मुख थुनिरहेको थियो । बच्चा रोइरहेकाले मैले छेउमा निस्केर हेर्दा उसले मलाई देख्यो म तल ओर्लेर बच्चा ल्याएँ, ऊ त्यहीँबाट यताउता भाग्न खोज्दै थियो, त्यसपछि देखिएन ।’

बालिकाकी आमा निशा परियार भन्छीन् ‘एउटा नचिनेको मान्छे घर वरपर चार पाँचपटकसम्म यताउता ग¥यो । मलाई शुरुमा नै यस्तो मान्छे किन आएको होला ? भनेर सोचेकी थिएँ । म अलिअलि बिरामी भएर सुतिरहेकी थिएँ । छोरी र अन्य दुईजना बच्चा बाहिर खेलिरहेका थिए । उसले त्यही बेलामा छोरीलाई तल भिरमा लगेछ ।’

उक्त व्यक्तिले ती बालिकालाई घरबाट लिएर भाग्नुभन्दा झण्डै आधा घण्टा पहिला केही पर रहेको एक पसलबाट बियर चोरेर हिँडेको पनि खुलेको छ । व्यापारी लक्ष्मी क्षेत्री भन्छीन्, “पसलमा आउँदा दुईजना केटा पनि साथमा लिएर आएको थियो । ती बच्चालाई हिँड मलाई गुम्बा देखाइदेउ भन्दै थियो, तर ती बच्चाले नाइँ हामी गुम्बामा जाँदैनौँ भनेपछि उनीहरूलाई फ्रुटी किनेर हामीलाई पैसा दियो, पैसा राख्न लागेको बेलामा बियर नै चोरेछ पछि थाहा पाएर पिछा गर्दै भेटृाएर पैसा माग्यौँ ।”

वि.सं.२०७४ चैत १८ आइतवार १०:०० मा प्रकाशित

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य...

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय...

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र...

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

कर्णाली । कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाडी...