back
CTIZAN AD

क्षयरोगीको स्वास्थ्य परीक्षण गर्न अत्याधुनिक मेशिन जडान

वि.सं.२०७४ चैत १८ आइतवार

645 

shares

GENEXPART१८ चैत, दमौली, तनहुँ । तनहुँ जिल्लामा क्षयरोगीको निःशुल्क स्वास्थ्य परीक्षण गर्न दमौली अस्पतालमा अत्याधुनिक उपकरण जडान गरिएको छ । राष्ट्रिय क्षयरोग केन्द्र काठमाडौँबाट सो उपकरण उपलब्ध भएपछि क्षयरोगीका बिरामीले राहत पाउने भएका छन् ।

रु ४० लाखको लागतमा क्षयरोग परीक्षण गर्ने जिनेक्सपाट मेशिन जडान गरिएको अस्पतालले जनाएको छ । उक्त उपकरणले क्षयरोगका अति सूक्ष्म जीवाणु पनि परीक्षण गर्न सकिने जिल्ला स्वास्थ्य प्रमुख डा पवनजंग रायमाझीले बताए । नेपाल सरकारबाट क्षयरोगको निःशुल्क उपचार गर्ने भनिए पनि दमौली अस्पातालमा परीक्षण गर्ने उपकरण नहँुदा बिरामीलाई पोखरा, चितवन, काठमाडौँ लगायतका प्रमुख शहरमा पठाउनुपर्ने बाध्यता रहँदै आएको थियो ।

सो मेशिनबाट परीक्षण गर्दा एउटा बिरामी बराबर रु एक हजार ७०० लाग्दछ तर दमौली अस्पतालबाट यसको निःशुल्क रुपमा परीक्षण गर्ने व्यवस्था मिलाइएको डा रायमाझीले बताए ।
क्षयरोगीको खकार परीक्षणमा उक्त उपकरणले ९९ प्रतिशत जीवाणु पत्ता लगाउने छ । हप्ताको सात दिन क्षयरोगका बिरामीले यसको सेवा लिन सक्नेछन् । उक्त अस्पताललाई ३५ श्यया थप गरी ५० श्ययाको अस्पताल बनाउने तयारी भइरहेको सो अस्पतालका चिकित्सकहरुले बताएका छन् ।

वि.सं.२०७४ चैत १८ आइतवार १०:२७ मा प्रकाशित

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य...

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय...

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र...

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

कर्णाली । कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाडी...